आउँदा दिनहरु
-
१९वैशाख
-
२०वैशाख
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ५ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ६ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ७ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १३ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १५ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २० दिन पछि
-
९जेठअपरा एकादशी व्रत २१ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २२ दिन पछि
-
११जेठसिथि चःह्रे २३ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २४ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २६ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २७ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २९ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३० दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३२ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३६ दिन पछि
-
२५जेठप्रदोष व्रत ३७ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३९ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४० दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४१ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४३ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४५ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४६ दिन पछि
-
४असारगोरखकाली पूजा ४७ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४९ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ५१ दिन पछि
-
९असार
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
साउन शुक्ल पूर्णिमा
जनै पूर्णिमा | रक्षा बन्धन | क्वाति खाने दिन | संस्कृत दिवस | गाईजात्रा/ऋषितर्पणी
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।
जनै वा यज्ञोपवीत को महत्त्व
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
नेवा संस्कृतिमा जनै पूर्णिमा
" आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात् "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
राखी लगाउने चलन
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, "रक्षा" र "बन्धन"। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ "सुरक्षाको गाँठो" हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।
जनै पूर्णिमा को बिशेष मेलाहरू
आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
डोराका शिखाहरूको महत्त्व
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।
जनैको धारण र गायत्री मन्त्रको उच्चारण
परिवर्तित परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामर्थ्यको वृद्धि हुने विश्वास छ ।
साथै यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
ब्राह्मण पथ र यज्ञोपवीतको सम्बन्ध
यज्ञोपवीतले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मण पथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगको भलो अनि अध्यनशिलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मण पथमा आलीन हुन सक्दछन् ।
क्वाति खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
ऋषितर्पणी
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।
संस्कृत दिवस
संस्कृत दिवसको पृष्ठभूमि
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ सालदेखि स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (ऋषि तर्पणी) अर्थात जनैपूर्णिमाको दिन जरो किलो प्रतिष्ठान नेपाल लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा विश्व संस्कृत दिवस आयोजना गर्ने गरिन्छ। यस वर्ष छैठौँ विश्व संस्कृत दिवस मिति २०८० भदौ १४ गते तदनुसार अगस्ट ३१ तारिख ऋषि तर्पणी, बिहिबारको दिन मनाइदैछ । विद्यालय, विश्वविद्यालय, गुरुकुल, विहार, मठ, मन्दिर, गुम्बा लगायत सम्पूर्ण शैक्षिक, धार्मिक, सामाजिक तथा भाषिक क्षेत्रमा काम गर्न स्थापित संघ संस्थाहरूलाई छैठौँ विश्व संस्कृत दिवस भव्यताका साथ मनाउन आह्वान गरिएको छ ।
संस्कृत भाषाको वस्तुगत महत्त्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको हो । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिन मै वेद पाठनको सुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।
अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।
सापारु पर्व अर्थात गाईजात्रा
यस वर्ष गाई जात्रा पनि जनपूर्णिमाको दिन पर्न गएको छ । वर्ष विसं २०८० सालको गाई जात्रामा सबैलाई स्वागत छ ।
गाई जात्राको पृष्ठभूमि
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।
राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने सुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन । "हिन्दु धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।सापारू पर्वलाई नेपाली भाषामा गाई जात्रा भनिन्छ।"सा" को अर्थ गाई र "पारू" को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ।
गाई जात्रामा के के गरिन्छ ?
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । हास्य कलाकारहरु आ-आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । पछिल्ला समयमा 'सिस्नु पानी नेपाल'ले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाँकेर आम नागरीकहरूको बिचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी, देख्ने गरी व्यङ्ग्यात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने गर्दछन् । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यस अवधिभर गाईजात्रामय हुने गरेका छन् । यसपालाको गाईजात्रा सप्ताहमा पनि राजनैतिक नेतृत्वका असक्षमता, परनिर्भरता, लम्पट वाद लगायत भर्खरै भएका र आगामी चुनावका प्रसङ्गले महत्त्व पाउनेछन् । खाडी देखि अमेरिका, युरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।
काठमाडाैँमा भने भदाै १५ गते शुक्रबार सुपारु अर्थात गाईजात्रा मनाइने भएको छ र सो दिन काठमाडाैँ महानगरपालिकामा सार्वजनिक बिदा हुनेछ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१९वैशाख
-
२०वैशाख
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ५ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ६ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ७ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १३ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १५ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २० दिन पछि
-
९जेठअपरा एकादशी व्रत २१ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २२ दिन पछि
-
११जेठसिथि चःह्रे २३ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २४ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २६ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २७ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २९ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३० दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३२ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३६ दिन पछि
-
२५जेठप्रदोष व्रत ३७ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३९ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४० दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४१ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४३ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४५ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४६ दिन पछि
-
४असारगोरखकाली पूजा ४७ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४९ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ५१ दिन पछि
-
९असार
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ

Liked by: