आउँदा दिनहरु
-
१४कार्तिक
-
१५कार्तिक
-
१७कार्तिकसोम प्रदोष व्रत ३ दिन पछि
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ८ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ९ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस १० दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत १५ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस १६ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस २० दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस २१ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा २८ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस ३१ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३७ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस ३८ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३९ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४० दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस ४१ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ४२ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ४५ दिन पछि
-
१पुषधनु संक्रान्ति ४६ दिन पछि
-
२पुषप्रदोष व्रत ४७ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४८ दिन पछि
-
५पुषतोल ल्होसार ५० दिन पछि
-
६पुषविश्व ध्यान दिवस ५१ दिन पछि
-
१०पुषक्रिसमस-डे ५५ दिन पछि
-
१३पुषगोरखकाली पूजा ५८ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
भदौ कृष्ण औंसी
बुबाको मुख हेर्ने दिन/कुशे औंसी/मोतीराम भट्ट जन्मजयन्ती
स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात्: नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्मावलम्बीहरूले महत्त्वका साथ हेर्दछन् ।
वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक महत्त्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्व कालमा पाठशालामा अध्ययनरत शिष्य शिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अब्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुवैमा अनिवार्य वनस्पति हो ।
कुशको प्रमाणित वैज्ञानिक महत्त्व
एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पीढीले हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञान तः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्: आमा, बुवा, गुरु सबै भगवान् हुन् ।
कुशे औँसी
आज औँसी अर्थात् चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराण मासमेत वर्णन गरिएको छ । हिन्दु धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।
बुवाको मुख हेर्ने औँसी
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।
हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।
सबैलाई शुभेच्छा ।
मोतीराम भट्ट जन्म जयन्ती

कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे
कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युवा कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौँ ।
मोतीराम भट्टको जन्म
कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।
मोतीराम भट्टको शिक्षा
दरबार हाइस्कूलमा गनिएका राणा खानदानका बीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशललाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रता मात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छ:
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा
यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।
मोतीराम र भानुभक्त
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यसपश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृत्तिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।
नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा लगायतका आज पनि उपयोगी र महत्त्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देव शमशेर जङ्गबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीर समसेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरूका लागि हाम्रो पात्रोमा:
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ
हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ
यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी
विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई
नेपाली गजल को श्रीगणेश
नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान् मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी सङ्गत र सामीप्ययता पाइन्छ । शृङ्गार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभ लाग्दा छन् :
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका शृङ्गार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।
यिनै मोतीराम प्रति कोटी कोटी साधुवाद
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१४कार्तिक
-
१५कार्तिक
-
१७कार्तिकसोम प्रदोष व्रत ३ दिन पछि
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ८ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ९ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस १० दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत १५ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस १६ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस २० दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस २१ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा २८ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस ३१ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३७ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस ३८ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३९ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४० दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस ४१ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ४२ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ४५ दिन पछि
-
१पुषधनु संक्रान्ति ४६ दिन पछि
-
२पुषप्रदोष व्रत ४७ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४८ दिन पछि
-
५पुषतोल ल्होसार ५० दिन पछि
-
६पुषविश्व ध्यान दिवस ५१ दिन पछि
-
१०पुषक्रिसमस-डे ५५ दिन पछि
-
१३पुषगोरखकाली पूजा ५८ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन