दिन संघर्षशील रहनेछ साथै उत्साहमा कमी आउनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

अन्तर्राष्ट्रिय नारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥"
मनुस्मृति अध्याय ३, श्लोक ५६
भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र त्यसैले यो वर्ष हामी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसलाई संयुक्त राष्ट्र सङ्घले आधिकारिक मान्यता कहिले दिएको थियो ?
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२५ को नारी दिवसको नारा
२०२५ को नारी दिवसको नारा चाहिँ Accelerate Action अर्थात् कार्यहरूलाई गति दिऔँ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
यस दिनको अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल








