Gorakhkali Puja/UN day/World Development Information Day | गोरखकाली पूजा/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस | २०८१ कार्तिक ८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2024
    २०८१ कार्तिक

    बिहिवार
    Oct 24, 2024
    कार्तिक कृष्ण अष्टमी
    गोरखकाली पूजा/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस ( Gorakhkali Puja/UN day/World Development Information Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    गोरखकाली पूजा/संयुक्त राष्ट्रसंघ दिवस / विश्व विकास सूचना दिवस





    गोरख सन्देश
    गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

    देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
    अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।


    हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।

    बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा महत्त्व
    बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

    यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।

    संयुक्त राष्ट्र संघ दिवस
    संयुक्त राष्ट्र सङ्घको स्थापनाको पृष्ठभूमि
    जब दोस्रो बिश्वयूद्धको समापन भएर विश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोसिमा, नागासाकी लगायत अमेरिकाको पर्ल हार्बर लास अनि बारुदको अवशेषसँग लतपतिएको थियो । विश्व युद्धले थाकेर मानवता स्वयम हताशमा भएका बेला दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।

    संयुक्त राष्ट्र सङ्घ एउटा अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पूर्ण सदस्य राष्ट्रहरूबिच समन्वय र सहयोग कायम राख्दछ । दोस्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरू लिग अफ नेशनले गर्ने गरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापना अनि पहिला र दोस्रा विश्व यूद्धजस्ता आततायी युद्धहरू पुनः हुन नदिनका लागी संयुक्त राष्ट्र सङ्घको स्थापना गरिएको हो ।

    दोस्रो विश्व युद्धको विध्वशं र विनाशले अमेरिका , बेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मन, इटाली, जापान र अन्य केही युद्धरत राष्ट्रहरूबाहेक २६ वटा राष्ट्रहरूले सन १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रूपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा बढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ दिवसका रूपमा लिइन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, बेलायत, चीन, फ्रान्स लगायतका देशहरूले पनि पुष्टि र सहमति जनाएका हुन् ।

    विश्व विकास सूचना दिवस
    पृष्ठभूमि
    सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने सङ्कल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।

    यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.