नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व पृथ्वी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व पृथ्वी दिवसको पृष्ठभूमि
पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको सुरुवातका रूपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो ।
किन मनाइन्छ विश्व पृथ्वी दिवस ?
राष्ट्र सङ्घको निर्णयपछि हाल एक सय ९२ बढी देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । सन १९७० वाट सुरुवात गरिएको त्यस वेलासम्म पृथ्वीको प्रदूषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ ।

के तपाईं व्यक्तिगत रूपमा पृथ्वी संरक्षणका लागि कुनै कदम चाल्नुहुन्छ?
पृथ्वीको बढ्दो तापक्रमको प्रभाव
बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।
ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो । यी सबै कुराहरूको रक्षा, सदुपयोग अनि उचित प्रयोगका बारेमा आज विश्व भरि कार्यशाला गोष्ठीहरू र अन्य कार्यक्रम गरिँदै १९३ बढी देशहरूमा मनाइन्छ ।
विश्व पृथ्वी दिवस २०२५ को नारा
"Our Power, Our Planet "
मेरो शक्ति मेरो पृथ्वी भन्ने अर्थ लाग्दछ ।
यस वर्षको नाराले मानव र ग्रहको स्वास्थ्यको लागि सचेतना जगाउने उद्देश्य राखेको छ। यसअघिका घटनाहरूले जलवायु परिवर्तन र स्वच्छ ऊर्जादेखि लिएर प्रजातिहरूको संरक्षण र रूख रोप्ने फाइदाहरूसम्मका विभिन्न वातावरणीय मुद्दाहरूलाई समेटिएका छन्।
प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरि छ, यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचुरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल




काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगर...
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै छैटौं जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ द...

सोलुखुम्बु। रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको संकटमा परेको बताएका छन्।

भारतको जम्मू-कश्मीरमा भएको आक्रमणमा नेपालका सन्दीप न्यौपानेसहित २६ पर्यटकको मृत्यु १२ मिनेट अघि A A एजेन्सी : भारतको जम्मू कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणबाट एक नेपालीसहित २६ भन्दा बढी...
पुलिस लुम्बिनी कपको फाइनलमा नेपालगञ्ज (हाम्रो खेलकुद )- विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आ...

भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ। हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ। थुप्रै घाइते भएका छन्। भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहर...
९ वैशाख, काठमाडौं । केएल राहुल र अभिषेक पोरेलले अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । मंगलबार दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले ह...

जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकी हमलामा परि २६ जनाको ज्यान गएको छ। हमलामा परि एक नेपाली नागरिकको पनि ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका ...