तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
                                    तुला राशि हुनेहरूको लागि यो समय उत्तम रहेको छ। लग्नस्त सूर्यबाट मानसम्मानमा वृद्धि हुनेछ। सानो परिश्रमले पनि ठूलो लाभार्जन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव पर्ढ्नेछ। सूर्यको सप्तम भावमा दृष्टिले साझेदारी व्यापारमा सावधानी राख्नुपर्ने हुन्छ। वैवाहिक जीवनमा जीवनसाथीसँग उतारचढाव आउन सक्छ। माहको मध्यदेखि सूर्य शुक्रको योगले आर्थिक पक्ष सबल बन्ने वा आयस्रोत बढ्नेछ। व्यक्तिगत खर्चमा वृद्धि हुनेछ। वाहन लाभका संकेत देखिएका छन्। बोलीमा शब्द चयनको ध्यान राख्नुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना उत्तम रहनेछ। पुरानो रोग वा बिमारीबाट मुक्ति मिल्नेछ। अध्ययन अध्यापनको लागि समय राम्रो रहेको छ। विद्यार्थीहरूको रचनात्मक वा आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यपारमा राम्रो परिणाम हात लाग्ला। नोकरी वा पेशामा अधिकारी वर्गहरुलाई आफ्नो कामले प्रभावित पार्न सक्नुहुनेछ।
                                
View All monthly Rashifal
 
                        
Liked by:
 
               
             
             
             
             
            