International Transgender Day of Visibility | पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस | २०७६ चैत १८ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Mar/Apr 2020
२०७६ चैत
१८
मंगलवार
Mar 31, 2020
सप्तमी
पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस ( International Transgender Day of Visibility )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस





हरेक वर्ष मार्च ३१ तारिखमा पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । यस दिवसको सुरुवात संयुक्त राष्ट्र अमेरिकाकी एक पारलिङ्गी महिला रचेल क्रनडलद्वारा सन् २००९ मा गरेका थिए । पारलिङ्गी जनसंख्याको दृश्यता र नेतृत्व पछाडी परेको हुनाले यस दिवसले पारलिङ्गी दृश्यता बढाएर सामाजिक स्वीकार्यता र अधिकार स्थापनालाई तीव्रता दिनका निम्ति यस दिवसको सुरुवात भएको हो । नेपालमा पहिलो पटक सन् २०१९ मा फिब्वःख्यः ( माइतीघर मण्डला ) मा भेला भई यो दिवस मनाइएको थियो ।

आफ्नो जैविक लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई जनाउन प्रयोग गरिने शब्द 'पारलिङ्गी' हो । कुनै पनि व्यक्ति जसको जैविक लिङ्ग स्त्रीलिङ्गी र लैङ्गिक पहिचान पुरुष हो भने ऊ पारलिङ्गी पुरुष ( transgender man / transman ) र कुनै पनि व्यक्ति जसको जैविक लिङ्ग पुलिङ्गी र लैङ्गिक पहिचान महिला हो भने ऊ पारलिङ्गी महिला ( transgender woman / transwoman ) भनिन्छ । पारलिङ्गी हुनु एक लैङ्गिक पहिचान हो र यसको सम्बन्ध उसको यौन अभिमुखिकरणसँग छैन, अर्थात् पारलिङ्गी जनसंख्यालाई को तर्फ यौन आकर्षण हुन्छ भन्ने विषय पनि विविध हुन्छ । पारलिङ्गी व्यक्तिहरू विषमयौनिक ( हेट्रोसेक्सुअल ), समयौनिक (होमोसेक्सुअल), द्वयौनिक (बाइसेक्सुअल), सर्वयौनिक (प्यानसेक्सुअल), अयौनिक (एसेक्सुअल), इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । पारलिङ्गी जनसंख्या तेस्रोलिङ्गी वा गैर-द्वयसांखिक (नन्-बाइनेरी) भन्दा फरक विषय हो । पारलिङ्गी व्यक्तिहरू आफूलाई महिला र पुरुष भन्दा फरक भनी पहिचान गर्दैनन् ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.