आउँदा दिनहरु
-
२४फागुननारी दिवस ४ दिन पछि
-
२५फागुनविजया एकादशी ५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ७ दिन पछि
-
१चैतमीन संक्रान्ति १० दिन पछि
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ११ दिन पछि
-
९चैतजल दिवस १८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस २० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत २१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) २४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ३१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ३२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ३५ दिन पछि
-
२९चैतघोडेजात्रा ३८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ३९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४२ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ४५ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ४९ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५१ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ५३ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ५५ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस ५६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ५८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ६० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ६१ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस ६३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत ६४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ६५ दिन पछि
-
२६वैशाखकानुन दिवस ६६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ६८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ७१ दिन पछि
-
१जेठ
साहित्य / ब्लग
- दुइँहात जोडेर
- माया ममता के थाहा
- अलार्म क्लक
- World Wildlife Day, 2021
- विश्व वन्यजन्तु दिवस
- नबुझेपछि हो
- ढल्कियो जवानी
- पुकार
- काम बनिहाल्छ
- के के गर्याे हाेला ?
- पिए पछि
- समस्याको घेरामा छ
- दह्रो छ यन्त्र
- अत्याचार
- मीन संक्रान्ति
- महाशिवरात्री | नेपाली सेना दिवस
- International women's day
- Zero discrimination day 2021
- शून्य भेदभाव दिवस
- Shree Swasthani Brata Samapti | Magh Snan Sampati | World NGO Day
- विजया एकादशी
- अन्तर्राष्ट्रिय नारी दिवस
- झेल भएको छ
- भुल्नै पर्छ हजुर
- पछि लागी रहन्छ !
- बदलिएकी थिई
- Bhisma Dwadashi
- के हाेला खै
- धड्कनमा राखिन्छ
- थोरै भएपनि
- रमाउन सिक्नुछ कहिलेकाही
- जीवन कटाउला सानू
- छुरी राखेर
- नसा बनाइ पिउने भाछु
- मनलेनी डुबेर गर्नु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- चिसो याद
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- श्रद्धाञ्जली
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- आमाको थोते दातमा सुहाएको मुस्कान
- यादमा कति तड्पे
- “मतलब “नभएको मान्छे
- उडान
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- वाह ! राष्ट्रियता
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- पीडा
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
Shasthi
नयाँ वर्ष २०७७ | बिस्का: जात्रा | मेष संक्रान्ति

नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं र यो नव वर्ष अन्य नव वर्षहरु भन्दा फरक अवश्य छ। यसपाली नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं। यो नव वर्षको उत्साहलाई हामी घुमफिर गरेर हैन, घरकै आँगनसम्म सिमित राख्दैछौं। विश्वभर फैलिएको कोरोना महामारीको रोकथामको निमित्त सरकारले गरेको लकडाउनको ससम्मान पालना गर्दै सम्पूर्ण नेपाली मनहरु घरमै सतर्क अनि सुरक्षित बसेर यो नयाँ वर्षमा एउटा नयाँ उदाहरण बन्ने छौं। हाम्रो समाजमा एउटा भनाइ निक्कै चर्चित छ "नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ" । यस अर्थमा हामीले बुझ्न सक्छौं आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसे सायद हामी वर्षभरी नै यो महामारीबाट सुरक्षित रहनेछौं।
आउनुहोस् नेपालीहरुको नव वर्षको यो दिनमा सम्पूर्ण नेपाली मनहरुलाई मात्र नभई विश्वभर कै मानव जातीको सुस्वास्थ्यको कामना गरौं। हामीले कोरोना विरुद्ध यो लडाई छिट्टै जित्नेछौ। यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य साबित होस्।
नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना! हर पाइलाले सफलता चुमी रहोस् ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ वर्षको यो नयाँ सस्करणमा ।
शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छ हाम्रो पात्रो, नव बर्ष २०७७ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!
विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार विविध परीकारहरु देखि , विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्... तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।
जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो ? अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि स्वस्थ्य र कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है ।
आराध्यदेव, राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन्, सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।
फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु-कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता-मिठा यादहररूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात-हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड 'हाम्रो पात्रो' यहाँहरूकालागि बि.सं. २०७७ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हाैसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छाैं । बि.सं. २०७७ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म डोर्याओस्, फलोस फुलोस अनि फक्रिओस् ।
संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतकारुपमा विशेषतः पूर्वीय दर्शन अनि पाैराणीक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । बिक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् AD भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । बिक्रम सम्बत् समग्र तिथी मितीहरु पृथ्वी र चन्द्रबिचको कोण अनि अवस्थितीमा फरक पर्दछन्, शायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्दछ ।
कसरी मापन गरिन्छ त चन्द्रमासमा समयलाई ?
चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ । पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अँध्यारो निष्पट्ट समय सम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन राजा विक्रमादीत्यले शुरुवात गरेका यो सम्वत् नेपालको औपचारीक, आधिकारीक सम्बत् पनि हो जसको औपचारीक आत्मसाथ नेपालले श्री ३ चन्द्र शम्शेरको पालादेखि गरीआएको छ । विक्रम सम्बत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्बत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जब पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुनस्चः मेष राशीमा प्रवेश गर्ने गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ, जसलाई सूर्यको शुन्य अंश पनि भनिन्छ ।
बैशाखको घामसँगै प्रारम्भ भएको यो सम्बत् क्रमशः वर्षाको रोपाँई, गोडमेल अनि दशैं तिहारको रौनक हुँदै अन्नवाली भित्राईदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आएर अन्त्य हुन्छ । यो बिचमा अन्य धेरै कुराहरु हुन्छन्, विशेष तिथी मिती लगायत अनगीन्ती चाडपर्वहरुले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्दछन् ।
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वि तराईमा जुटशितल भनेर एकर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरु खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात सोईजनको तरकारी खाने चलन आजको दिनमा ब्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरु किन्ने आज केटाकेटीहरुका लागी विशेष रौनक रहन्छ । तराईमा कहिकतै छिटै पाकेका गहुँहरु त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरु भित्राईसकियो कि बाँकी छ ?
पहाडका खेतका गराहरूमा छरिएका मकैहरु चराहरुले नखाउन भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्दछ । चराहरुले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरु, अनि त शहरमा तपार्इ मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिंदै pop corn को मज्जा लिन पाउनुहुनेछ, टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मिठो खाएर, राम्रो लाएर यस दिनको उमङ्ग साटासाट गर्ने गरिन्छ । बैशाखका शुरुवाती ३ दिनहरुमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भनेर यी शुरुवाती दिनलाई मिठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा लिईन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबै तिर नयाँ वर्षको शुभकामनाहरु छाएका छन् ।
नेपाल आमालाई दुःखि बनाएको विगत बिर्षिएर स्वस्थ साँस अनि खुशी, सुखी आफ्ना सन्तानले काँधमा काँध थापी विकास सहकार्यमा अघि बढ्दै गरेको देखाउनु छ । के मद्येशी, के पाहाडी, के हिमाली, के शुद्र, के ब्राम्हण, के जनजाती, के कालो, के गोरो सबैलाई एकताको सुत्रमा बाँध्नसक्ने नेपाल आमाको यो आङ्गन झन रङ्गीन अनि बलीयो बनाउनसक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सीमाना सुरक्षित बनाउनु छ, सबै नेपालीजनमा हामी एक थियाैं, छाैं र अनन्त एक भई रहिरहनेछाैंः
के रङ्गीन चरा ताज भिर्छ यहाँ र?
जो जगमा उसकै राज चलोस्
काली कोइली सुमधूर बोली छर्छे गज्जबको
हिम्मत छ कसैले त्यो छल्न सकोस्...
अर्थात् रङ्गकै भरमा कोही समाजको अगुवा कदापी बन्न सक्दैन,
समाज सिङ्गार्ने सुमधूर धूनको सर्जक जोसुकै हुनसक्छ, जस्तो सुकै हुन सक्छ ।
रगत हैन पसिना बगोस, वालीनाली खुबै सप्रिओस अनि हृदयमा शान्ती र शरीरमा कान्ती छाओस् । संसारैभरि यस वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०७७ को मंगलमय शुभकामना !
----
शुभेच्छुकः
हाम्रो पात्रो परिवार
प्रस्तुतिः सुयोग ढकाल
कविताः एस.के. देवकोटा
बिस्का: जात्रा
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणकै कारण यस वर्षको बिस्का जात्रालाई पूजामै मात्र सीमित गर्ने निर्णय गरिएको छ।
जात्रा, पर्व अनि तिथीमिती त कसैले नेपालबाट सिकोस् । हरेक दिनलाई हामी पर्व झैं मनाउछौं, हरेक हर्ष अनि उत्सवको उत्सर्गमा मनाउने यो चलन यो वर्ष सम्भव नभएपनि यस वर्ष भन्दा बाहेक सदासर्वदा कायम रहोस् ।
विक्रम सम्बतको नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाण्डौ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरुमा बिस्का जात्रा मनाइन्छ । बिस्का यस जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवतको प्रथम दिनमै यस जात्रा परेतापनि यो जात्रा मनाउने कारणहरु विक्रम सम्बतसंग जोडिएको पाइदैन् । बिल्कुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरु प्रस्तुत छः
ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ, किंवदन्तीका अनुसार नागको मृत्यूसंग यस जात्राको सम्बन्ध रहेको बताइन्छ । बिस्काको अर्थ नै सर्पको मृत्यू भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथलाई तानेर खल्ला टोल लगिन्छ, टाैमडीस्थित न्यातपोल मन्दिर अघिल्तीर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लोभागका वासिन्दाले आआफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो, बडो गज्जबको प्रतिस्पर्धाका बिच यस जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । उता ठिमीमा भने सिन्दुर जात्रा पनि निकालिन्छ, लयाकुमा ठिमीका वासिन्दाले आआफ्नै ससाना रथ ल्याउने गर्दछन्, धिमे बाजाको मधुर संगीतमा सिन्दुरी नयाँ वर्ष झनै गज्जब हुन्छ । उता वोडे मा चाँही जिब्रो छेड्ने कार्यक्रम गरिन्छ, नयाँ वर्ष शुरु गर्ने उत्साहजनक परिवेश यस जात्राले प्रदान गर्दछ ।
यी विभिद क्रियाकलाप अनि उत्सर्गको यस जात्रा नयाँ वर्ष प्रारम्भ हुनु ४ दिन अगावै शुरु हुने गर्दछ । यस जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ, जात्रामा भक्तिभाव सहितको सहभागिता जनाउनाले शत्रुक्षय हुने पनि बताइन्छ ।
सुरक्षाका हिसाबले यस जात्रा संवेदनशील मानिन्छ तसर्थ सुरक्षानिकायहरु यस जात्रामा विशेष रुपमा तैनाथ गरिन्छन् ।
कला, संस्कार, परम्परा अनि इतिहास बोकेको यो जात्रा जुगौजुग अघि बढोस्, नवपुस्ताले यसको महत्व र गरीमा बुझ्न सकून, सबलाई सुख होस्, सबको जय होस्, मंगल होस् ।
मेष संक्रान्ति
बैखाख १ गते अर्थात मेष सक्रान्ति पनि हो । १२ वटा राशिहरुका आधारमा १२ वटा महिना निर्धारण गरिएको छ । बैशाख अर्थात प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात १२ वटा मध्य प्रथम राशि मेष राशिको सक्रन्ति । यस संक्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषत तराईका भू-भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत शुरु भएको छ ।
गहुँ काटेपछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरुको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्यपहाडी भू-भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरुमा आजको यो मेष संक्रान्ति सबैभन्दा रंगीन संक्रान्ति हो ।
नयाँ कक्षामा बढोत्तरी हुने बिधार्थी देखि जागिरे जिवनमा नयाँ वर्षको प्रवेश सम्म , अबको वर्षमा गरिने योजना अनि सफलता सुत्रहरु नेपाली जिवनशैलीमा मेष सक्रान्तिकै दिनमा शुरु गरिन्छ ।
माया गर्नेहरु तल नपरुन, सपना देख्ने आँखा संगै पाइला पनि अघि बढून्, यस वर्ष विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।
---
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२४फागुननारी दिवस ४ दिन पछि
-
२५फागुनविजया एकादशी ५ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ७ दिन पछि
-
१चैतमीन संक्रान्ति १० दिन पछि
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ११ दिन पछि
-
९चैतजल दिवस १८ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस २० दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत २१ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) २४ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ३१ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ३२ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ३५ दिन पछि
-
२९चैतघोडेजात्रा ३८ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ३९ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ४० दिन पछि
-
१वैशाख
-
२वैशाखगौरी व्रत ४२ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ४५ दिन पछि
-
७वैशाख
-
८वैशाखश्री राम नवमी व्रत/छन्द दिवस ४८ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ४९ दिन पछि
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस ५१ दिन पछि
-
१२वैशाख
-
१३वैशाखपूर्णिमा व्रत/विश्व बौद्धिक सम्पत्ति दिवस ५३ दिन पछि
-
१४वैशाख
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ५५ दिन पछि
-
१६वैशाखविश्व नृत्य दिवस ५६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ५८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ६० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ६१ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस ६३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत ६४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस ६५ दिन पछि
-
२६वैशाखकानुन दिवस ६६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ६८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती ७१ दिन पछि
-
१जेठ
साहित्य / ब्लग
- दुइँहात जोडेर
- माया ममता के थाहा
- अलार्म क्लक
- World Wildlife Day, 2021
- विश्व वन्यजन्तु दिवस
- नबुझेपछि हो
- ढल्कियो जवानी
- पुकार
- काम बनिहाल्छ
- के के गर्याे हाेला ?
- पिए पछि
- समस्याको घेरामा छ
- दह्रो छ यन्त्र
- अत्याचार
- मीन संक्रान्ति
- महाशिवरात्री | नेपाली सेना दिवस
- International women's day
- Zero discrimination day 2021
- शून्य भेदभाव दिवस
- Shree Swasthani Brata Samapti | Magh Snan Sampati | World NGO Day
- विजया एकादशी
- अन्तर्राष्ट्रिय नारी दिवस
- झेल भएको छ
- भुल्नै पर्छ हजुर
- पछि लागी रहन्छ !
- बदलिएकी थिई
- Bhisma Dwadashi
- के हाेला खै
- धड्कनमा राखिन्छ
- थोरै भएपनि
- रमाउन सिक्नुछ कहिलेकाही
- जीवन कटाउला सानू
- छुरी राखेर
- नसा बनाइ पिउने भाछु
- मनलेनी डुबेर गर्नु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- चिसो याद
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- श्रद्धाञ्जली
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- आमाको थोते दातमा सुहाएको मुस्कान
- यादमा कति तड्पे
- “मतलब “नभएको मान्छे
- उडान
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- वाह ! राष्ट्रियता
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- पीडा
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा

Liked by: