Mata tirtha Aunshi/Loktantra Diwas/World Book and Copyright Day | मातातीर्थ औंसी/लोकतन्त्र दिवस/अन्तर्राष्ट्रिय पुस्तक दिवस / प्रतिलिपि अधिकार दिवस | २०७७ वैशाख ११ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2020
    २०७७ वैशाख
    ११
    बिहिवार
    Apr 23, 2020
    वैशाख कृष्ण औंसी
    मातातीर्थ औंसी/लोकतन्त्र दिवस/अन्तर्राष्ट्रिय पुस्तक दिवस / प्रतिलिपि अधिकार दिवस ( Mata tirtha Aunshi/Loktantra Diwas/World Book and Copyright Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मातातिर्थ औंसी | लोकतन्त्र दिवस | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस




    मातातिर्थ औंसी विशेष अडियो सामाग्री

    मातृदेवो भव ।
    पितृदेवो भव ।।
    आचार्यदेवो भव ।।।

    'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी'
    'कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’


    उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा

    हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
    अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा

    बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

    तपाँई पनि आमावाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनुभएका दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।

    आजभोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आँउछ, वगेको समयमा आफ्नो दायीत्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।

    मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनस् अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशस् हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

    मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, , गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

    लोकतन्त्र दिवस


     


    ६२र ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सम्झना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १४ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना ।

    राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । २०६२ र६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

    जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।

    ६२ अनि ६३ कोआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो ।

    वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो । देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रीक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्छ । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।

    यस अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गर्ने गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गरेका छन् ।

    धेरै पछि लोकतन्त्रान्त्रमक नेपालले निर्वाचीत बहुमतको सरकार पाएको छ अनि संगै चुलिएका छन् लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु । आँउदा वर्षमा नेपाली भूमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् ।

    सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गए । शहिद र घाइतेका परिवारहरुका पिडा उस्तै छन् । लोकतन्त्रलाई सच्चा अर्थमा लोकतन्त्र साबित गराईयोस्, छोराछोरीलाई विदेश पठाएर ल्याएको ज्यालालाई रेमिट्यान्स या विपेष्रण जे भने पनि, दिगो हुँदैन । नेपालीहरु ज्यालादारी गरेर कमाउन जाने मजदुर मात्र हैनन, विश्व परिपेक्ष्यमा नेपालीहरुको गहकिलो उपस्थितीलाई लोकतन्त्रले उजागर पनि त गर्न सकेको छैन । न्याय र समृद्धीको वास होस् । हरेक चुल्होमा आगो बलोस्, आँगनमा फुल फूलोस अनि मनमा नेपालीपन होस् ।

    लोकतन्त्र दिवसको शुभकामना !!

    विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस

    माथी प्रकाश होस्, विचमा वस्तु होस् अनि छाँया त बन्छ नै, कि कसो ? हो यसै छाँया अनि वस्तुको अवस्थितीलाई ध्यानमा राखेर विश्व भरि कागज अनि अन्य वस्तु, विचार अनि शब्दाशंहरुको प्रतिलिपि या छाँया लिपि वनाउने चलन छ । सामान्य भाषामा हामी कपी, या फोटोकपी या जेरोक्स भन्दछौ, आज अप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउदछ, आउनुहोस हामी पनि यसै सेरोफेरोमा बात मारौ ।

    कार्यलय अनि अध्यन संकायहरु अगाडी हुल देखिन्छ, मानिसहरुको । यस्तै हुल छ विदेश जाने लाईनमा भएकाहरु, कामकाजी हरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात फोटोकपीको सहजता सँगै वढ्दै गएको छ वैचारीक अनि शब्दाशं चोरीगर्ने क्रम ।

    फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भईसकेको छ, हैन र ? तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनकालागी हाम्रो दिमागी लगानी र ती विचार प्रतिको हाम्रो स्वामीत्व कपी पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आँउदै गएको छ । पुस्तकको दायरालाई फराकीलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ किनभने पुस्तक को मोटाई, गोलाई, रगं अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार र प्रतिबिम्बको महत्व वढी हुन्छ । स्मरण गरौ, विश्वमै सर्वाधीक विक्रि भएका पुस्तकहरुपनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा एतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो, समाज जागरणको शिलास्तम्भ हो । वाल्मीकी देखि वेद ब्यास सम्म, शेक्स पियर देखि वर्डस वर्थ सम्म, म्याक्सीम गोर्की देखि चेकभसम्म लेखकले समाजलाई समाजकै एैना देखाईदिएका छन् ।

    नेपाली परिवेशका यूगकवी मोतीराम भट्टलाई आज संझना गर्न चाहयौ जो विना आदिकवी भानुभक्तका धेरै कृतीहरु हामीमाझ आउने थिएनन । उन्को निस्वार्थ भाव र लेखक या सर्जक प्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका रुपमा हामीमाझ छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनुनै आजको दिनको उदेश्य हो । मुलभुत रुपमा कागजी, वैचारीक र अभिब्यक्ति का कुराहरु आजका दिनले सम्बोधन गर्दछ ।

    शब्द किन्ने र चोर्ने नभईकन शब्दको सम्मान गर्न सिक्नु पर्दछ, शब्द त केवल भावनाको प्रतिरुप हो र भावनाको किनवेच अक्षम्य र असंभवप्राय छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्दछ, हाम्रो पात्रोले आजको दिन ।

    कसैको विचार साभार गरेर लेख्दैमा हामी साना हुदैनौ नि, हैन र ? त्यसमाथी विश्व साहित्यका विभिन्न कृतीहरुलाई अनुवाद गर्दै आआफ्ना भाषामा उतार्न पनि एउटा कला हो, लेखक लाई साभार गर्दै अनुवाद गर्नु भन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु राम्रो हैन । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै कुराहरुलाई पनि याद गराँउछ ।

    विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो, सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । यूनेस्को ले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।

    आजको दिन त्रीपक्षीय रुपमा दायित्व वोध गर्दै मनाईन्छ, प्रकाशक, विक्रीकर्ता र पुस्तकालयहरु । यिनै तिन पक्षहरुनै मुलभुत रुपमा पुस्ततक र पाठक विचका सेतुहरु हुन् । आजको दिन पठन, देखन अनि प्रतिलिपिको अधिकार र सिमाका वारेमा विश्वभरिनै जानकारी गराईन्छ । पुस्तकहरु मानिसका अनन्य मित्रहरु हुन्, पढ्ने चलन नघटोस । पुस्तकालय अगाडीको पाठकको सख्याँ नघटोस अनि लेख्नेलाई लेखेर खान सक्ने र चिनिन सकिने वातावरण श्रृजना होस् ।

    सुन्नेलाई सुनको माला, पढ्नेलाई फुलको माला
    प्रतिलिपि अधिकार र पुस्तक दिवसको विश्वलाई शुभकामना
    -----
    हाम्रो पात्रोकालागी सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.