आउँदा दिनहरु
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३ दिन पछि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ७ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ९ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ११ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत १२ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १३ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १४ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १५ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १७ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस २१ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २३ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २६ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २८ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २९ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत ३० दिन पछि
-
११जेठसिथि चःह्रे ३१ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३२ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३५ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३७ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३८ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ४० दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४४ दिन पछि
-
२५जेठप्रदोष व्रत ४५ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४७ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४८ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४९ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ५१ दिन पछि
-
१असार
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- वि.सं २०७२ सालको महाभूकम्पको सम्झना | विश्व औंलो दिवस | प्रदोष व्रत
- World Day for Safety and Health at Work
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Matatirtha Aaunsi (Mother's Day)
- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)
- World Intellectual Property Day
- Loktantra Diwas | Varuthini Ekadashi | World Immunization Week
- विश्व बौद्धिक सम्पत्ति दिवस
- 2072 Earthquake rememberance day | World Malaria Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
पुष शुक्ल पूर्णिमा
श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।
हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वास्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रतकथाका ३१ अध्यायहरु पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरुले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरु पूर्ण साकाहारी हुन्छन् ।
श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।
आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रतकथाबारे थप कुरा उल्लेख गरौं । अष्टमातृका अर्थात् आठ वटा देवीको बीचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
शुद्ध चित्त अनि सफा संकल्प लिएर भक्ति अनि श्रद्धाकासँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चारवटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरवार अनि कमलको फूल छन् ।
वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यताक्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दू भएको दस्तावेजहरूमा उल्लेख छन् ।
यी अष्टमातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्टमातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दू संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबीचको संवाद छ । स्वस्थानी व्रतकथामा शिव भगवानका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनी बीचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनि....’
श्री स्वस्थानी कथा आराध्यदेव भगवान शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा श्रृंखलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दू परिवारहरूमा साँझ या विहान चोखो निधो हुँदै ब्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।
प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।
स्वस्थानी व्रतालुहरू काठमाडौंको साखुँस्थित शालीनदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शालीनदीमा ब्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भीडभाडमा रोक लागेको छ । यो शालीनदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसूस हुन्छ ।
सतीदेवी दक्ष प्रजापतीकी छोरी हुन् । दक्ष प्रजापती यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतिदेवीकी पति आराध्यदेव भगवान महादेवको अपमान गर्छन । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गर्छिन् ।
सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भावविह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अंगहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अंगहरू पतन भएका ठाउँहरू पछि शक्तिपीठका रूपमा चिनिन्छन् ।
सतीदेवीको शरीरको अन्तिम अंश झरेर गुहेश्वरी शक्तिपीठ बनेको विश्वास गरिन्छ । त्यस्तै उनको कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको मानिन्छन् । जम्मु कश्मीरको त्रिसन्देश्वर पीठमा सतीदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरू अझै छन् । दैलेख जिल्लाको नाभि खोलाको तीरमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ । त्यो ठाउँमा परापूर्वकालदेखि ज्वाला बलिरहेको मन्दिर छ, जसलाई ज्वालास्थान भनिन्छ ।
हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रतकथालाई सामाजिक मुद्दामा जोडदै नारी समानताका सवालसहित ब्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।
गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालबिवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालबिबाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजजन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित ब्याख्या गरेको यो व्रतकथाले गणेशको शीरभेदन, संसारको श्रृष्टी अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत् धेरै ठाउँमा नारी–पुरुषबीचको लैगिक समातनाको वकालत पनि गरेको छ ।
स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।
हिउँदमा पूजा गरिएका नदी किनारहरूले वर्षामा सबैको रक्षा गरुन् । लैगिंक समानताका लहरहरू समाजमा साकार रूपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्टमातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !
माघ स्नान सुरु
माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको संकल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजाअर्चना गर्नु र सकेसम्म सात्विक, अल्पहार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।
माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।
नेपाल नर्सिङ्ग दिवस
कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा खटे । यसअर्थमा राष्ट्रिय नर्सिङ्ग दिवसको परिवेश यो वर्ष निकै महत्वपूर्ण छ ।
बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो । मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए । सानो टुकी बालेर ‘फ्लोरेन्स नाईटएगंल’ घाइतेहरूको सेवामा हरपल तत्पर खटेकी थिइन् ।
गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्व दिएर आदरणीय रूपमा हेरिने नर्सहरूबारे कुरा गरौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कानसहितको पहिचानका प्रतीक मानिन्छ, ‘स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्सलाई ।’
नर्स भन्नासाथ अस्पतालको याद आँउछ, अनि स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । त्यहीकारण हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा पनि ‘नर्स दिवस’ मनाइन्छ ।
नर्सिङ्ग सेवाको इतिहास नेपालमा खासै पुरानो भने छैन । तर महामारी त्रासको परिपेक्ष्यमा नर्सहरूको महत्व छ । हामी नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ ।
जब राणा शासक वीर शमशेरले विक्रम सम्बत् १९४७ साल साउनमा ‘वीर अस्पताल’को स्थापना गरे । वीर शमशेरले स्थापना गरेको हुँदा ‘वीर अस्पताल’ रहन गएको हो । जुन अस्पताल नेपालको पहिलो सार्वजनिक अस्पताल थियो ।
त्यसपछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेर्सिङ्ग लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे ।
नर्सिङ्ग सेवाको नेपाली इतिहास चाहिँ विसं २०१३ बाट शुरु भएको देखिन्छ । केही गृहणीहरू लगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङ्गको तालिम लिएपछि यो सेवा सुरु भएको हो । राणा शासनका बेला सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङ्गको सुरुवात भएको विश्वास गरिन्छ ।
राणाशासनकै बेला चार नेपाली चेली विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली चेलीहरूले भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ्ग कोर्स गरेर आउने चलन बढेको पाइन्छ ।
आज टोल–टोलमा क्लिनिक र अस्पताल देख्न सकिन्छ । अनि नर्सहरूको उपस्थिति पनि बाक्लै देख्न सकिन्छ । शहर–शहरमा नर्सिङ्ग कलेजहरू खुलेका छन् । अझ विदेश जान सहज हुने भएकाले नर्सिङ्गप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।
नर्सिङको अचम्मको कुरा के छ भने यो पेशामा पुरुषहरू नगण्य मात्रामा संलग्न छन् । केही समय अघि केही नर्सिग कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ्ग तालिम दियो । तर पछि पुरुषहरू पेशा त्यति आकर्षित नभएको पाइयो ।
शायद माया, स्नेह अनि ममतामयी काममा महिलाको मधुर उपस्थिति नै अत्युत्तम लागेको हुन सक्छ । विरामी हामीमध्ये जो कोही पनि पर्न सक्छौ । मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुन्छ भन्ने विश्वास पलाउँछ ।
हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ । शुरु शुरुमा नर्सिङ्गलाई दुःख लाग्दो पेशा मानिन्थ्यो । हुन पनि रोगीको स्याहार सुसार गर्नु सजिलो काम होइन । एकातिर रोगीको सुसारे हुनुपर्ने अर्कातिर रात्रीकालीन ड्यूटी पर्ने हुँदा दुःखको पेशा भनिएको हुनुपर्छ ।
विरामी अनि घाउ–रगतसँग निको पार्ने काम गर्नुपर्ने सजिलो होइन । त्यस्तो सेवालाई पनि उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति आकर्षण रूपमा लिने गरिन्छ । राष्ट्रिय नर्स दिवसको शुभकामना ।
----
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: