आउँदा दिनहरु
-
५चैत
-
७चैत
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ६ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ९ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १० दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ११ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १२ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १४ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २१ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २३ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २४ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा २७ दिन पछि
-
२वैशाखविश्व कला दिवस २८ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २९ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३१ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३३ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३४ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ३५ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ३६ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३९ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४० दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४१ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४२ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४३ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४४ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४६ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ४८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- गल्ली-गल्ली
- मनको वेदना
- World Tuberculosis Day
- विश्व क्षयरोग दिवस
- World Meteorological Day | SEE 2081-Compulsory Maths
- विश्व मौसम विज्ञान दिवस | SEE २०८१-अनिवार्य गणित
- World Oral Health Day | International Day of Happiness | SEE 2081-Compulsory English
- World Water Day | Gorakhkali Puja | Shitalashtami Vrata
- विश्व जल दिवस | गोरखकाली पूजा | शीतलाष्टमी व्रत
- अन्तर्राष्ट्रिय खुसी दिवस | SEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
- International Day of Happiness | SEE 2081-Compulsory English
- SEE 2081-Compulsory Nepali | World Poetry Day
- SEE २०८१ -अनिवार्य नेपाली | विश्व कविता दिवस
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
माघ शुक्ल प्रतिपदा
सोनाम ल्होसार | ग्याल्पो ल्होसार | श्रीबल्लभ जयन्ती | मकर स्नान समापन

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता–विधिता बोक्ने मुलुक हो ।
आउनुहोस्, सोनाम ल्होछारअन्र्तगत गोरु–वर्षमा यहाँहरुलाई स्वागत छ । सोनाम नयाँ वर्ष हर्षाेल्लासका रुपमा मनाऔं, अनि शुभकामना साटासाट गरौं ।
पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाँउथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरु खडा भएका हुन् ।
तामाङ समुदायबारे लेखिएका पुस्तकहरु अनि शोधहरु अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थ, साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।
यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छन् । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।
सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ ।
नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलवा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँछन् ।
गुरुङले मनाउने ल्होछारलाई ‘तोला ल्होछार’, तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम ल्होछार’, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपालसहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।
आजको दिन यी देशहरुका अधिकांश बौद्ध–विहारहरु उल्लासमय हुन्छन् । रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज बौद्ध–विहार बडो आकर्षक देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्ध–विहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्छ र असिम आनन्दको अनुभूति गराउँछ ।
आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत अनुरुप भने सोनाम ल्होछार हो । ल्होछारको महिनाभरि सबैलाई शुभकामना छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँ र गाउँमा लामा र मुखियाको उपस्थितिमा सबैजना एकै ठाउँमा भेला भई नाच–गानसहित रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर वडो मधुर रुपमा गाइने सेलोका भाकामा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया–प्रेमका भावनाहरु पनि समावेश हुन्छ ।
डम्फू चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ । उनीहरु परम्परागत तामाङ पहिरनमा सजिन्छन् । उनीहरु अरु समुदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई खुल्ला हृदयले स्वागत गर्छन् ।
नकारात्मक तत्व हटाउन, आशा जगाउने सकारात्मकपन र शक्ति डाँक्न तान्त्रिक विधिअनुरुप नृत्य पनि गरिन्छ ।
लामाहरुसँग आशिष् लिएर आजको दिन वर्षभरिका लागि शुभ साइतको अपेक्षा राखिन्छ । काठमाण्डौमा टुँडिखेलबाट -याली र महोत्सव समेत गरिन्छ । महोत्सवमा तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति र भेषभूषाको पनि प्रदर्शन गरिन्छन् । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामना आदान–प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।
सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरु तयार पार्दै विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन छ । समुदायका सबैजना एकै ठाउँमा भेला हुँदै सामूहिक रुपमा चाडबाड मनाइन्छ । अनि सरल, सभ्य रुपमा मिलनसार शैलीको सन्देश दिन तामाङ समुदायहरु वास्तवमै एउटा अनुकरणीय मानिन्छन् ।
सोनाम ल्होछारको शुभकामना । असल कामनाहरु अनि आशाहरुले सबैलाई पछ्याओस् ।
ग्याल्पो ल्होसार
हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् ।
ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । अर्थात् यो नयाँ वर्ष २१४८ प्रवेश दिन पनि हो । यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । यो वर्ष ‘गोरु वर्ष’का रूपमा मनाउँदैछ ।
हुन त, यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज ।
देवकोटाको मुनामदनको कथादेखि सरुभक्तको थाङ्गलासम्म, अनि विदेशी चलचित्रहरूः क्याराभान, दुई वर्षअघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएको चलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरू हिमाली भू–भाग अनि जीवनशैलीका प्रतिरूप हुन् ।
संसारको शीरभाग अर्थात् हिमाल वरपर हिमशयलको देश नेपालमा आज प्रकृति अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिँदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरू अनि तिनमा अंङ्कित शान्ति छर्ने मन्त्रहरू हिमालका तिनै चिसो हावाले दिने गतिका साथ फहराउनेछन् ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् । शेर्पा समुदायले ल्होसार शुरु हुनु एकमहिना अघि आ–आफ्नो घर रङ्ग्याउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्छन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरूले घर सजाउने गर्छन् ।
तीन प्रकारका ल्होसारमध्ये शेर्पा समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ । तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पाका अनुुसार, यो दिन बिहानै घरभित्र पूजाआजा हुन्छ । त्यसपछि आफन्त कहाँ जाने-आउने हुन्छ । शुद्ध रूपमा तयार पारिएको परिकार खाने गरिन्छ । आफन्तलाई पैसा, कोसेली दिने गरिन्छ । कोसेलीमा लुगाफाटा र विद्युतीय सामान हुन्छ । परिवारका सबभन्दा बरिष्ठ व्यक्तिको घरमा जाने चलन छ ।
आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ ।
यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीका रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदी बहिनीलाई साथ दिनेछन्, यी लोपूलहरूले सबैको कल्याण गरुन् ।
ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ ।
यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्छन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ ।
उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के प¥यो भनी सबैले खोलेर हेर्छन् । जसमा सेतो कपडाको टुक्रा प¥यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा छ ।
आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई आज परिवर्तन गरिन्छ । हिमाली चीसो हावाले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरू हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरूले संसारभरि शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्छन् ।
यस्ता झण्डाहरूबारेमा केही थप जानकारी प्रस्तुत गरौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखि माथिसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरूमा स–साना चारकुने झुण्डाइएका झण्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीयन भाषामा यसको अर्थ हवाई घोडा हो ।
एक किंवदन्ती अनुसार, भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबीच लडाइँ भइरहेको थियो । तर लडाईमा देवताहरू असुरसँग पराजित हुन्छन् । त्यही बेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ‘भगवान इन्द्र’का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यही विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।
ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ । तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ ।
साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपालसहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।
गज्जब अनि ध्वजाहरू जस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना ।
श्रीबल्लभ जयन्ती
वैष्णव सम्प्रदायका एक महान धार पुष्टिमार्गका मार्गदर्शक र शुद्धाद्वैत दर्शनका स्थापक आचार्य बल्लभलाई युगले जन्मजन्मान्तर सम्झना गर्नेछ । श्रीकृष्ण भगवानका प्रभावशाली भक्त अनि कृष्ण दर्शनका पूर्नब्याख्या गरेका आचार्य बल्लभको जयन्ती आज विश्वभरिका सनातन सम्प्रदायले आज धुमधामसाथ मनाउँदैछन् ।
एक महान दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता आचार्य वल्लभलाई ‘साकार ब्रह्मवादैक स्थापकका स्वरुपमा पनि चिनिन्छ । बल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरुको रचना गर्नुभयो । जसमध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदिलाई उहाँको चर्चित रचनाहरुको रुपमा स्मरण गरिन्छ ।
त्यसबाहेक बल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरुलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो । आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो ।
सन् १४७९ मा आचार्य बल्लभको जन्म बनारसमा भएको थियो । सानै उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर बल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टा कहाँ पठाए । तेह्र वर्षको उमेरमा श्री बल्लभले वेद–वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभइसकेको थियो ।
श्री बल्लभको उमेर बढ्दै गएसँगै उहाँको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री बल्लभले शंकराचार्यको उपदेशहरुको खण्डन गर्दै ब्रम्हाले पनि यो जगतको सत्यता नबुझेको भनि बताउनुभयो । यसैकारण श्री वल्लभका दार्शनिक सोचलाई ‘शुद्धाद्वैत’ पनि भनियो । उहाँको दार्शनिक सोचहरुबाट अति प्रेरित हुँदै त्यसबेलाका विजयनगरका राजाले बल्लभलाई श्रीमद् आचार्यको उपाधिबाट विभूषित गरेका थिए । त्यसबेलादेखि नै बल्लभ महाप्रभु बल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ ।
मकर स्नान समापन
कृष्णगण्डकी र त्रिशुली नदिको संगम देवघाटको वेणीमा विधिपूर्वक बाँसको लिगों गाडेर शुरु गरिएको मकर स्नानको आज औपचारीक समापन भएको छ । माघेसंक्रान्तिको अघिल्लो दिन यसरी दोभानमा बाँसको लिगों गाडेपछि मकर स्नानको औपचारीक् आरम्भ हुन्छ । उक्त दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्ने हुँदा यस दिनलाई मकर सक्रान्ति र त्यस दिनवाट शुरु हुने स्नानलाई मकर स्नान भनिएको हो । माघ महिनाभरि चलेको यस पवित्र स्नानमा तिर्थालुहरुको सहभागिता रहन्छ । अन्यवर्षहरु झैं यस वर्ष चाँही देवघाटमा तिर्थालुको सहभागिता कम भएको बताइन्छ । यस वर्षको मकर स्नानले हाम्रो पीडा र संकटको मोचन गरोस् ।
सबको जय होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: