आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाखछन्द दिवस भोलि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत २ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ६ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ७ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ८ दिन पछि
-
१६वैशाख
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस १० दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत १५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण २० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा २२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत २५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस २६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ३१ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ४१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ४२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ४३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ४७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ४८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वृष संक्रान्ति/गङ्गा सप्तमी व्रत
- अन्तर्राष्ट्रिय परिवार दिवस
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- International Day of Families
- Brish Sankranti/Ganga Saptami Vrata
- Aadhyaguru Shankarachaarya Jayanti/Ramanujacharya Jayanti/International Nurses Day
- आद्यगुरु शंकराचार्य जयन्ती/रामानुजाचार्य जयन्ती/अन्तर्राष्ट्रिय नर्स दिवस
- Lalitpur MacchindraNath Ratha Yatra
- ललितपुर मच्छिन्द्रनाथ रथ यात्रा
- Akshaya Tritiya Vrata/Parshuram Jayanti/Mahila Jyotish Sangh Sthaapana Diwas
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- झ्याउकिरी
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
माघ शुक्ल द्वितीया
कुम्भ संक्रान्ति | विश्व रेडियो दिवस
तातो राप स्वागत गर्दै रंगीन फाल्गनु
हिउँदका कठ्यांग्रिदो जाडो र चीसो छिचोल्दै अब हामी फाल्गुनको रँङ्गीन दैलोमा प्रवेश गरेका छौं । सौर्यमण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आमबोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई संक्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ ।
फाल्गुनको यो संक्रान्तिले अर्थात् फाल्गुने संक्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रँङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ ।
हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका विरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट विरूवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो बसन्त र बालीनालीले पहेँलपुर पारेका मैदानहरूले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बिजारोपण गर्न सकोस् ।
आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा बसन्त ऋृतुको स्वागत गरेर मनाइने चलन छ ।
बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज ‘पोहेला फाल्गुन’ अथवा ‘वसन्तो उत्सव’ मनाउने गर्छन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यसअर्थमा फाल्गुनको प्रथम दिन अर्थात् संक्रान्तिका रूपमा मनाइएको प्रष्ट हुन्छ ।
नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तैः आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् । उनीहरु वसन्त उत्सवका रूपमा मनाउँछन् ।
यो वसन्तको महिना फाल्गुनले तपाईलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् ।
खेतमा गहुँ अब पाक्दैछन् । तराई क्षेत्रमा गहुँका बालाले खेतहरू पहेँलपुर भइसकेका छन् । अब कठ्यांग्रिदो चिसोले छोट्याएको समयलाई चिर्दै अब कोइलीको कुहु कुहुले न्यानो अनि लामा दिनहरूलाई संगीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ ।
वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋृतुको समय । यो फाल्गुन महिना सबैका लागि लाभकारी रहोस्, शुभ रहोस् ।
जीवनका अनेक आरोह अवरोहहरूमा उत्साहका रँङ्गहरू कतै कम नहोउन् अनेक आशाका रँङ्गीन आयामहरू जोडिँदै जाउन् । अनि मुस्कानले हौसला बढाउँदै लगोस् ।
---
हाम्रो पात्रोकालागि सुयोग ढकाल
विश्व रेडियो दिवस
आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले 'विश्व रेडियो दिवस्' को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान छ रेडियोको ।
रेडियोले एउटा ईतिहास बोकेको छ, सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलोहर्जसम्मको ध्वनी तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधी बाहिरका रेडियो तरङ्गहरुलाई हामी रेडियो मार्फत् सुन्दछौं ।
सन् २०११ मा UNESCO ले विश्व समूदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदानस्वरूप यससंग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरुको सम्मानमा आजको विशेष दिनलाई विश्वभर 'विश्व रेडियो दिवस्' को रूपमा मनाउन थालेको हो र यसकै निरन्तरता स्वरूप आज सातौ विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससंग जुटेका अर्बौं श्रोताका लागि विशेष बनेको छ ।
प्रथम रेडियोको स्थापना
नेपालको १०४ वर्ष लामो जहानीया राणा शासनको जरो उखेली २००७ साल फाल्गुण ७ गते एतिहासिक निर्दलीय प्रजातन्त्र प्राप्तिको एक मिहना नबित्दै वि.सं. २००७ साल चैत्र २० गते देशको पहिलो रेडियोका प्रमुख तारीणी प्रसाद कोइरालाले, "यो प्रजातन्त्र रेडियो हो..." भनेसंगै जनताले सहज सूचना प्राप्तिको श्रोतको रूपमा "प्रजातन्त्र रेडियो" प्राप्त भयो । अनि प्रारम्भ भयो पहिलो विद्यूतीय सञ्चार माध्यम जुन ५०० वाट क्षमताको Short Wave मार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भएको थियो ।
खुमलटार स्टूडियोको उद्घाटन गर्नुहुँदै तत्कालिन राजा विरेन्द्र । संग्रहित तस्बिर पुनः खिचिएको हो ।
यस्तै जनतालार्इ सञ्चारमा सहज पहुँचको उद्देश्यले सरकारी सञ्चार विस्तारको क्रममा वि.सं. २०३९ सालमा ललितपुरको भैंसेपाटी र पोखरा गरी दुर्इ ठाउँबाट १०० किलोवाट क्षमताको पहिलो Medium Wave रेडियोको प्रारम्भ भयो जसलार्इ क्रमशः २०४९ सालमा वर्दिवास, धरान-धनकुटा, सुर्खेत, दिपायल गरी ५ वटै विकास क्षेत्रबाट सेवा विस्तार गरिएको थियो ।
त्यस्तै ८८ मेगाहर्ज देखि १०८ मेगाहर्ज निर्धारण गरी देशको पहिलो Frequency Modulation (FM) रेडियोको प्रारम्भ रेडियो नेपालले १००० वाट क्षमताको FM ट्रान्समिटरबाट २०५३ साल कार्तिक २३ गते ललितपुरको खुमलटारबाट सेवा प्रारम्भ गर्यो । नेपाली सङ्गीत र सङ्गीत प्रवर्धन तथा तात्कालिन सरकार, सरकारी सूचनामा केन्द्रित रेडियो नेपाल एउटा रफ्तारमा थियो, जापानको सहयोगमा सिंहदरबारले स्तरीय सुविधा र प्रविधियूक्त प्रशारण स्टूडियो सञ्चालनमा ल्याइसकेको थियो ।
दक्षिण एसियाको पहिलो स्वतन्त्र रेडियोको पहल
सोहि समय नेपाली समूदाय र स्वतन्त्र सञ्चारका लागि वकालत गर्ने अभियानमा UNESCO संगको निरन्तर सहकार्यको लागि 'नेपाल वातावरण पत्रकार समूह' (NEFEJ) अन्तर्गत् मुरारी सिवाकोटी, अन्तराष्ट्रिय मेडिया सहकार्यका लागि ओम खड्का तथा देशमा सरकार, मेडिया र कानूनी सहकार्यमा वरिष्ठ सञ्चारकर्मी तथा सामूदायीक रेडियो अभियन्ता रघू मैनालीसहितको लबिङ्ग कमिटि सहितको समूह सक्रिय भयो । जसलाई रघु पन्त, हेम ब. बिष्ट, कनकमणि दिक्षित तथा भारतदत्त कोइराला जस्ता सञ्चार दिग्गजहरूको जमातले रणनीतिक सहकार्यमा निरन्तर साथ दिइरहेको थियो । यसै क्रममा तयारी थालियो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो स्थापना गर्ने ।
हाम्रो पात्रोले यस विषयमा त्यस रेडियो अभियानका सन्दर्भमा सामूदायीक रेडियो अभियन्ता तथा वरिष्ठ सञ्चारकर्मी रघू मैनालीसंग कुराकानी गर्यौं, प्रस्तुत छ वहाँसंग भएको अक्षरस कुराकानीः
"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमका लागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप समूदायले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलाई सामूदायीक रेडियोको पहिलो प्रस्ताव अघि बढ्यो र त्यहि वर्ष शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलाई हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम, अचम्मको बेइमानी थियो त्यो ।"
"६ महिनापछि फ्रान्सका पूर्व राजदूत तथा UNSECO का नेपाल प्रतिनिधि केशव राज झाले UNESCO को बैठकमा यो प्रोजेक्ट नेपाल लैजान अत्यन्त आवश्यक छ भन्ने कुरा प्रस्ताव गर्नुभयो । २०५२ सालमा आएको सञ्चार नियमावली जारी त भयो तर सञ्चालनको अनुमति हामीले अझै प्राप्त गर्नसकेनौ । यस बारे UNESCO संग कुरा भयो र बिजयानन्द जयबिराले सञ्चार मन्त्रालयमा गएर कुरा गरे तर ठिक विपरीत मन्त्रालयले रेडियो नेपालको क्षमतावृद्धिका लागि UNESCO लाई अनुरोध पो गर्यो, मन्त्रालयको उक्त आशयलाई यूनिस्कोले सामूदायीक रेडियो स्थापनार्थ गरेको पुरानो प्रस्तावमा ठोस निर्णय नभएसम्म केहि गर्न नसक्ने जवाफ दियो, त्यहि नै शायद् रेडियो सगरमाथा जन्मिने टर्निङ प्वाइन्ट थियो तर लाइसेन्स बारे कुनै सङ्केत केहि प्राप्त हुन सकेन ।"
"त्यो महत्वपूर्ण दवाबपछिको केहि समयपछि UNDP को नाममा १ प्रतिशत कर बुझाएर ब्रिटेनमा बनेको ३०० वाट क्षमताको Mallard ट्रान्समिटर नेपाल भित्रियो जसलाई १०० वाटमा समेत स्विच गरेर सञ्चालन गर्न सकिने खालको थियो । अब प्रारम्भ भयो मन्त्रालयमा लाइसेन्स प्राप्तिको अभियान र पेश भयो लाइसेन्सका लागि अनुरोध पत्र जसमा, "प्रशारण सामाग्री परिक्षण गर्नुपर्ने भएकोले अस्थाई फ्रिक्वेन्सिको अनुमति पाउँ" भन्ने आशय उल्लेख थियो । त्यसबेला पनि सकारात्मक, नकारात्मक कुनै प्रतिकृया मन्त्रालयले जनाएन बरू पुरानै रवैयामा मौन थियो । धरै समय सम्म पनि मन्त्रालयको कुनै जवाफ नआएपछि साथीहरूसंगको सल्लाहमा विना अनुमति उक्त ट्रान्समिटर परिक्षण गर्ने निर्णय भयो र २०५२ चैत्र १८ देखि ४ दिन सम्म काठ्माण्डौको काल्धाराको एउटा कोठाबाट मसंग भएको Voice of America को केहि श्रब्य सामाग्रीहरू बजाएर परिक्षण प्रशारण सुरू गर्याैं, अनि त हल्लिखल्लि मच्चिगो नी ! तात्कालिन रेडियो नेपालका डाइरेक्टर शैलेन्द्र राज शर्मालाई मैले दिउँसोको ३:३० मा टेलिफोन मार्फत् परिक्षण ट्रान्समिसनबारे जानकारी गराएँ । अब यो कुरा कसरी सह्य हुन्थ्यो सिस्टमलाई १५ मिनेटको अन्तरालमा अर्थात् सोहिदिन ३:४५ मा सञ्चार सचिवको गाडीमा सरकारी पिउन NEFEJ को कार्यालय पुगेर पत्र बुझाउने काम गरे । तर त्यो पत्र आउनु अघि नै बारको सल्लाहमा यस्तो केहि भइहाले रिट हाल्ने हाम्रो तयारी थियो साथै मेडियालाई समेत अग्रिम जानकारी गराएका थियौं र सोही अनुरूप NEFEJ ले प्राप्त गरेको पत्र मेडियामा प्रसार गर्यौं । त्यसबेलाको Rising Nepal र गोरखापत्रले हाम्रो पक्षमा समाचार बनायो भने BBC ले यसबारे श्रब्य सामाग्री नै प्रशारण गर्यो । थप केहि भइहाले के गर्ने भनेर कुटनीतिक पाटो तर्फको पहल पनि गरिसकिएको थियो, अर्थात् हामीमाथी प्रयोग हुनसक्ने सबैखाले पूर्वाग्रहको सामना गर्न तयार थियाैं ।"
"एक त एैन नियममा उल्लेख भइसकेको विषय झन पटक पटक पहल हुँदा पनि कर्मचारीतन्त्र मौन बसिदिएर गैरजिम्मेवारी प्रस्तुत गरिसकेका थिए । जनताको एउटा सकारात्मक प्रस्ताव उनीहरूले रोक्न कसरी पाउँछन्, झन नियम विपरीत कारवाहीको धम्कि दिने तर प्रोसेसको टुंगो नलगाई चुप बस्ने, मन्त्रालयसंग २०५३ सम्म घम्सा घम्सी चलिरह्यो । २०५४ जेष्ठ १३ मा तत्कालिन सञ्चारमन्त्रि झलनाथ खनाल सहित सञ्चार सचिव भोजराज पोखरेलबिच यसबारे कुरो चल्यो तर हुन केहि सकेन । अमेरीकि राजदूतको समन्वय सहितको सहयोगलाई प्रयोग गरी २०५४ को बैशाखमा सञ्चारमन्त्रिलाई पत्र लेखियो जसमा, 'जेष्ठ ९ बुद्ध जयन्तिमा लाइसेन्स नपाए प्रशारणमा जाने' भन्ने दवाबसहितको आशय थियो । यस सन्दर्भमा रघू पन्तको सैद्धान्तिक दवाब सत्ता र कर्मचारीतन्त्रमा बढ्न थाल्यो । चुनावको तयारी हुँदै थियो, सरकार रिस्क लिने मूडमा थिएन । कस्तो अप्ठेरो भने मन्त्रिसम्म मन्त्रालयले फाइल नपुर्याएर लुकाइराख्यो अनि लम्ब्याइरह्यो तर कम्तिमा अब २ घण्टा मात्र प्रशारण दिने भन्ने जानकारी प्राप्त भयो तर सो कुरोसंग सम्बन्धित फाइल सञ्चारमन्त्रिसम्म फेरी पनि पुगेन । त्यसपछि हामी आफै मन्त्रिको क्वाटरमा पुगेर २ घण्टे प्रशारण अनुमतिका लागि मन्त्रिलाई सहि गर्न लगायाैं । जेष्ठ ५ गते म इजाजत नलिइ जान्न भनेर सञ्चार मन्त्रालय ढुकि बसें । साँझ अफिस सक्किएको आधा घण्टा पछि एकछिनमा श्रव्य दृष्यको श्रेष्ठ थरका उपसचिवले तिमिहरूले युद्ध जित्यौ भन्दै दक्षिण एसियाको पहिलो रेडियोको लाइसेन्स मेरो हातमा थमाए । त्यसपछि त २०५४ जेष्ठ ९ गते आम निर्वाचन अगाडि नै इजाजत पछिको परिक्षण प्रशारण प्रारम्भ भयो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो 'रेडियो सगरमाथा १०२.४ मेगाहर्ज' ।"
रेडियो श्रवणको सम्झना
नेपाली रेडियोसंग जोडिएका केही पुराना यादहरु ताजा गरौं न ? बाक्लो आवाजमा 'यो रेडियो नेपाल हो, ...बाट समाचार सुन्नुहोस्' भनेर रेडियो नेपालबाट दिने समाचार, सङ्गीत तथा कार्यक्रमहरु कान थापेर सुन्ने ति दिनहरुलाई अनुभूत गर्ने नेपालमा आज सामूदायीक र व्यवसायीक गरी झण्डै ६५० वटा एफएम रेडियोहरू सञ्चालनमा छनभने ९१८ हाराहारीमा मन्त्रालयले इजाजत दिइसकेको छ । विश्व एफएम रेडियोको विस्तार र प्रयोगमा हामीले प्रविधिमा काम गर्न नसकेपनि स्वतन्त्र रेडियो स्थापना र रेडियो सामाग्री उत्पादनमा हामी धनी छाैं ।
दलीनमा झुण्ड्याइएको रेडियो अनि त्यसमा लगाएको एरियल, स्याँ स्याँ गर्दै बज्ने तरङ्गहरूबाट आजको दिनमा प्रष्ट अनि सफा रुपमा सुन्न सकिने एफएमका माध्यमसम्मबाट नेपालीहरूले सूचना, सङ्गीत अनी मनोरञ्जन लिइरहेका छन् । अझ अब त ईन्टरनेट मार्फत् सुन्नसकिने अनलाईन रेडियोहरुले गर्दा संसारका् कुनै पनि कुनामा आफूलाई मनलागेको रेडियो सुन्न सकिने भएको छ । नेपालीहरुको साझा मोबाईल एप हाम्रो पात्रोले नेपालभरिका स्थानिय र राष्ट्रिय गरि ३०० भन्दा वढी एफएम रेडियो र ५ दर्जनभन्दा बढी अनलाईन रेडियोहरुको जडान तथा प्रशारण सहकार्य गरिरहेको छ ।
एकफेर च्यानल घुमाउने हो भने शहर बजारमा त थेगीनसक्ने रेडियो स्टेशनको फ्रिक्वेन्सि हामीले पाउँछौ ।
रेडियो नेपालका माध्यमवाट नेपालीलाई रेडियोको अद्भूत स्वाद चखाउने अग्रजहरुलाई नमन गर्न चाह्यौं र केही रेडियो कार्यक्रमहरुको सररर सझंना गर्न चाह्यौ । शनिवारको दिन रेडियो नेपालको केन्द्रिय प्रशारणबाट आउने स्वर्गीय पाण्डव सुनुवारको कार्यक्रम फोन ईन अनि नेपाल भरिबाट आउने फोन कलहरु, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुहोस्, शनिबार आउने रेडियो नाटक लगायत अशेष मल्लको निर्देशन रहने बाल कार्यक्रम, रामविलास धनियाको ब्यङ्ग्य अनि थुप्रै अन्य रेडियो कार्यक्रमहरु नेपालीजनले आज विश्व रेडियो दिवसको दिन यी कुराहरु सम्झिन र रेडियोमा आएको परिवर्तनलाई आत्मसाथ गर्नै पर्दछ ।
साबुन पानीले हात धुने देखि झाडापखाला अनि जीवन जलका कुरासम्म, कन्डमको प्रयोग देखि चेलीवेटी बेचबिखनका कुराहरुसम्म एउटा पुस्ताले रेडियो मार्फत सुनेर हुर्केको छ । टिभी अहिलेको जस्तो सुलभ थिएन तर रेडियोले बहुतै साथ दियो कहिले काँधमा झुन्डिएर त कहिले दैलोमा अडेर, खेतवारीको आली देखि मेलापातको डाले घाँसमाथीसम्म रेडियो घन्किने गरेको छ ।
तर यो लेख्दै गर्दा अब रेडियोमा प्रविधिगत विस्तारको पनि समय नभएको होइन, रेडियोको संख्या बढ्दैमा रेडियोको विकास भइरहेकोछ भन्न शायद नमिल्ला, यूगक्रममा आएका नयाँ नविन प्रविधिलाई अत्मसाथ गर्दै अघि बढेमात्र रेडियो बाँच्नेछ । जनवरी सन् २०१७ देखि नर्वेले एफएम बन्द गरी Digital Audio Broadcasting (DAB) प्रविधि अपनाएर उत्कृष्ट रेडियो श्रवणको अनुभव लिइरहेको छ । हाम्रो देशले विश्व रेडियो जगतमा संख्यात्मक रूपमा एफएम रेडियोमा प्रगति गरेता पनि DAB अथवा DAB+ जस्ता महङ्गा प्रविधि अपनाउन सकेको छैन अर्थात अझैपनि हामी एनालग प्रशारण पद्धतिमै झुलिरहेका छौं ।
रेडियो डिजिटाइजेशनका एक अथक अभियन्ता
बिराटनगरका पवन प्रकाश उप्रेतिले जतिबेला काठ्माण्डौमा संघर्ष गर्ने निधो गर्नुभयो त्यतिबेला नेपाली संचारको नयाँ युग लेख्ने काम नेपाल वातावरण पत्रकार समूहले गर्दैथियो र रेडियो सगरमाथा दक्षिण एसियाकै प्रथम सामूदायिक रेडियो संचालन भईकसेको केही महिनामात्र भएको थियो । रेडियोमा सुरूवाति समयदेखि रेडियोको एनालग कार्यप्रणालीलाई डिजिटल माध्यममा लानका लागि पवन प्रकाश उप्रेतिको योगदानका लागि नयाँ रेडियोका पुस्ताले सम्झिनेछन् । Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयर सम्मको अध्ययन र सैकडाैं रेडियो प्राविधिकहरूमा अडियो हार्डवेयर तथा सफ्टवेयरको दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो ।
देशमा सन् २००८ मा भएको रेडियोको पहिलो BAS Survey होस् या सोहि वर्ष स्थानीय एफएम रेडियोको प्रशारण पहुँचबारे भएको प्रथम स्याटेलाइट नक्शांकनको काम, उज्यालो ९० नेटवर्कलाई स्याटेलाइट प्रविधिमा जोड्ने पहल या World Space Satellite जस्तो मल्टिमेडिया परियोजना नेपाली रेडियोको विकासमा वहाँले पुर्याउनुभएको योगदान महत्वपूर्ण छ । उप्रेतिको २०७२ साल दशैंको बखत रेडियो प्रविधिका नामूद हस्ति पवन प्रकाश उप्रेतिको निधन भएको हो ।
३ देखि ४ लाख बढी खर्च लाग्ने महङ्गा भिएचएफ सिग्नलका दूरसञ्चार प्रविधिलाई विस्थापित गर्दै नेपालमा प्रथमपटक अत्याधिक न्यून बजेटमैं डिजिटल इनकोडिङ प्रविधि Barix को प्रयोगगरी स्टुडियो टू ट्रान्समिटर लिंक STL लाई २.५ गेगाहर्जको ताररहित प्रविधिबाट कञ्चनपुर बजारबाट २० किलोमिटर बढी एरोनोटिकल दूरीमा रहेको नाचन्थलीको डाँडामा सुक्लाफाँटा एफएमको प्रशारण गर्नुभएको थियो ।
देशमा रेडियोकर्ममा उदाहरण बन्न सफल उज्यालो ९० नेटवर्क लगायत नेपाल एफएम नेटवर्क, रेडियो नेपालवाणी नेटवर्क, जनता नेटवर्क आदि विभिन्न नेटवर्कहरुले स्थानीय रेडियोलाई राष्ट्रियस्तरका साम्रगी अनि खुराक प्रदान गर्दै आएका छन् । अधिकांश विहानको धार्मिक कार्यक्रमहरुबाट शुरुहुने रेडियोका खुराकहरु क्रमशः विभिन्न समाचार, मनोरञ्जन अनि सामाजिक विषयवस्तु पस्किंदै नेपाली समाजको अभिन्न पाटोका रुपमा माटो सुहाउँदो सञ्चारको साधनका रुपमा परिचीत छ । नेपालीका लागि रेडियो एउटा सञ्चारको साधनमात्र नभई असल मित्र पनि हो, यो तरङ्गको मित्रता कायम रहिरहोस् । सम्पूर्ण रेडियोकर्मी तथा रेडियोप्रेमी श्रोताहरूमा रेडियो दिवसको शुभकामना ।
लेखकः सन्तोष कुमार देवकोटा
आउँदा दिनहरु
-
७वैशाख
-
८वैशाखछन्द दिवस भोलि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत २ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ६ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ७ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ८ दिन पछि
-
१६वैशाख
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस १० दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत १५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस १६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण २० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा २२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत २५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस २६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा २७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ३१ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ३९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ४१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ४२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ४३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ४७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ४८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वृष संक्रान्ति/गङ्गा सप्तमी व्रत
- अन्तर्राष्ट्रिय परिवार दिवस
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- International Day of Families
- Brish Sankranti/Ganga Saptami Vrata
- Aadhyaguru Shankarachaarya Jayanti/Ramanujacharya Jayanti/International Nurses Day
- आद्यगुरु शंकराचार्य जयन्ती/रामानुजाचार्य जयन्ती/अन्तर्राष्ट्रिय नर्स दिवस
- Lalitpur MacchindraNath Ratha Yatra
- ललितपुर मच्छिन्द्रनाथ रथ यात्रा
- Akshaya Tritiya Vrata/Parshuram Jayanti/Mahila Jyotish Sangh Sthaapana Diwas
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- झ्याउकिरी
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
Liked by: