घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

विश्व क्यान्सर दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ
हरेक वर्ष लाखौँ मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुको लागि एउटा दुर्भाग्य साबित भएको छ, खर्च, पीडा र यससङको लडाइको सङ्घर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरू क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरूका माध्यमबाट क्यान्सरका विभिन्न स्वरूप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्व स्तरमै छलफल गरिन्छ ।

अकोंलोजी
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई 'अकोंलोजी' भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारका लागि विकिरणहरू प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतिलाई 'केमोथेरापी' भनिन्छ र केमो गर्दा बिरामीहरूको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरूले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्बिर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्योपचार भन्ने बित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रूपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमै पनि सहज रूपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न । थोरै दुःख आफ्नो स्वास्थ्य कालागि गर्नै पर्यो नि ? कि कसो ?
के तपाईं क्यान्सर पीडितलाई सहयोग गर्ने कुनै किसिमको अभियानमा सहभागी हुनुभएको छ?
क्यान्सरका कारणहरू
अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ । बाँकी क्यान्सरका कारणहरूमा विकिरणहरू अनि अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशहरूमा भने हेपाटाइटिस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाइन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रूपमा आउने आनुवंशिक क्यान्सर पर्दछन् ।
सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर अनि घाम वाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्य वर्द्धक जीवनको शुभकामना ।










काठमाडौँ । एनसेलले कोशी प्रदेशका तीन जिल्लामा आफ्नो थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले प्रविधि स्तरोन्नति गर्ने योजनाअनुरूप आगामी २२ माघ (बिहीबार)देखि झापा, ...

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपाल...

पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाल्पा–१ का उम्मेदवार अहिले मतदाता भेटघाट, घरदैलो, क्षेत्रीय, पालिका भेलामा व्यस्त छन् । उम्मेदवार गाउँघरमा आएसँगै चुनावी माहोल पनि बनेक...

सुरक्षामा राज्यको दोहोरो मापदण्ड: ओलीलाई हतियारधारी, बालेन-गगनलाई सहयोगी २ मिनेट अघि काठमाडौँ : फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न झापा-५ निर्वाचन कार्यालयमा जाने क्रममा आफ्नो पछि लागेको भिडला...

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले गरेका सिफारिसहरू सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित आयोगको पाँचौं ...
काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी डिंक्सबीच भएको दुईवर्षे सम्झौताअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्सको ल...

जेनेभा। विश्व स्वास्थ्य संगठनले विश्वभरका मानवीय संकट, द्वन्द्व र प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सन् २०२६ का लागि करिब १ अर्ब अमेरिकी डलरको आर्थिक अपिल सार्वजनिक गरेको छ। यो...

दार्चुला - दार्चुलाको उत्तरीक्षेत्र तिंकर र छाङरु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलंगा नजिकको टिंकरखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ । जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका ...