Fagu Poornima / Holi | फागु पुर्णिमा (पहाडी जिल्ला बिदा) | २०७७ चैत १५ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Mar/Apr 2021
२०७७ चैत
१५
आइतवार
Mar 28, 2021
Panchami
फागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ( Fagu Poornima / Holi )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

फागु पूर्णिमा (होली)




फागु पूर्णिमा (होली) विशेष अडियो सामग्री

होली हे .... नेपालीजनको प्रिय । अनि विशिष्ठ रङ्गीन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेकन नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईको मोबाइल स्क्रीनबाटै पिचिचि पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौं । आनन्द अनि उत्साहको यो बसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईलाई छोओस् । अनि छुनैपर्छ पनि । होलीकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरु अनि गीतहरु रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरुले रङ्ग पाउन्, उमंग पाउन् अनि नयाँ ढंग पाउन् ।

उतिबेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरु नै किन नहुन्, बसन्त ऋतुको यो महान पर्व होलीका पृष्ठभूमिहरु अनि मनाइएका चलनहरु प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक शुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि बसन्तवपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

असत्यमाथि सत्यको जीत भएको सूचकका रुपमा यो चीर राखिन्छ । पछि लगेर टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन छ । जलेको चीरको खरानी शुभ लक्षण रुपमा बासिन्दाहरुले घर–घरमा लैजाने गर्छन् । त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दत्यराज्य हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान भक्त भएकामा क्रोधी बनेका थिए ।

भगवान बिष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालबासीहरुले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।

नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला शौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज ब्यापक गरिन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरुमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरुबीचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के बृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रुपमा हेरेरै त होला नेपालीजन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।

बाल–बालिकाले पिच्कारी अनि स–साना बेलुनका साथमा मज्जा लन्छन् । फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोत्तलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरु अनि भातृत्व र साहसको पर्व हो । शुरु–शुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गीन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरु सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा बृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।

तराईतिर त झन् पोखरी नै रङ्गीन पुग्छन्, रङ्गहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । तराई–होली विशेष भोलि हामी लिपिबद्ध गर्ने नै छौं ।

यो पर्वमा खाने कुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँङको घोटा अर्थात् गाँउतिर पाइने भाँङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सररर.... को तालमा नाँच्नुको विशेष महत्व हुन्छ ।

पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ । कोरोना संक्रमण जोखिमका कारणले पछिल्लो वर्ष झैं यो वर्षको होली उति भेला र मेलासहित हुन नसक्ला । तर जे होस्, होलीको उल्लासमा यो वर्ष पनि पहाड र तराईका जिल्लाहरुमा कमी आउनेवाला छैन ।

होलीको कृपाले भातृत्व अनि सदाचारको वृद्धि होस् । जनकपुरदेखि टनकपुरसम्म अनि विकराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीमा यो पर्वले खुशीयाली ल्यायोस्, जय होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.