Sombare Aunshi Wrata | सोमबारे औंसी व्रत | २०७७ मंसिर २९ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Nov/Dec 2020
२०७७ मंसिर
२९
सोमवार
Dec 14, 2020
Aunshi
सोमबारे औंसी व्रत ( Sombare Aunshi Wrata )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

सोमबारे औंसी व्रत




सोमबारे औंसी व्रत विशेष अडियो सामाग्री

सोमबारे औंशीको एउटा प्रसंग गएर बिसं १९९० सालको माघ २ गतेको महाभुकम्पसंग गएर ठोकिन्छ, आउनुहोस् आज बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको सन्दर्भ जोडौं । बिसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टरस्केलको भुकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औंशी परेको थियो ।  अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।

आज पनि सोमबारे औंसी हो। महाभुकम्प पछि सोमबारे औंशीलाई त्रास अनि भयका साथ पनि हरेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औंशीको महात्मय अनि महत्व शदियौं देखि अविछिन्न अनि अटुट छ ।

यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन सोमबारे औंशीको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।

पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरि कलीयूगको शुरुवात संगै धर्तिमा सोमबारे औंशीका तिथिहरु बढ्दो पर्न थाल्यो । कलीयूगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ । ल है यस सोमबारे औंशीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?

जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी। तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.