Yogini Ekadashi | योगिनी एकादशी व्रत | २०७८ असार २१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2021
    २०७८ असार
    २१
    सोमवार
    Jul 05, 2021
    असार कृष्ण एकादशी
    योगिनी एकादशी व्रत ( Yogini Ekadashi )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    योगिनी एकादशी व्रत




    योगिनी एकादशी व्रत विशेष अडियो सामग्री

    निर्जला र देवशयनी एकादशीका विचमा पर्ने एकादशी योगिनी एकादशी हो । विशेषत स्वास्थ समस्याहरुको निवारणका लागि यस एकादशीको विशेष महत्व रहने पाइन्छ । कृषीकार्यको चटारोको बिचमा अनि वर्खायामको उच्च बिन्दुमा आइपर्ने योगिनी एकादशीको महत्व अनन्तकाल देखि नै धेरै रहेको पाइन्छ । आँपको मौसममा आउने यस एकादशीलाई आँपे एकादशीका रुपले पनि चिनिन्छ । आउनुहोस्, शुरु गरौं यस एकादशीको व्रतकथाबाट ।

    योगिनी एकादशी व्रतकथा
    अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेममाली नामक मालीले फूल ल्याउने गर्दथे । एकदिन हेममालीले राजालाई दैनिक पूजाको फूल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।

    राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरुलाई हेममालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेममालीलाई स्त्रीको वियोग अनि मृत्युलोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेममाली त्यसैबेला मृत्युलोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेममालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्युलोकमा आएर हिमालय पर्वत तर्फ सुस्तरी जान्छन् र एकजना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेममालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेममाली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रतकथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्त्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मयमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ । फलको आश नगरौँ ।

    योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।

    दशमीको दिनबाटै जौ, गहुँ वा मुँगको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्तशुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि संकल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

    बिसं २०७८ सालको योगिनी एकादशीको दिनको शुभकामना छ । सुरक्षित रहौं, स्वस्थ रहौं

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.