आउँदा दिनहरु
-
१४चैत
-
१५चैत
-
१६चैत
-
१७चैत
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत ५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत १२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत १४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस १५ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा १८ दिन पछि
-
२वैशाखविश्व कला दिवस १९ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २० दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस २२ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत २४ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस २५ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस २६ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस २७ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३० दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३१ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३२ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ३३ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ३४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ३५ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३९ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४० दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४१ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४२ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ४३ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस ४५ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ४९ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
राशीफल
साहित्य / ब्लग
- हरियाली मन पर्छ
- घोडे जात्रा | विश्व नेवा: दिवस
- Ghode Jaatra | World Newah Day
- कलेजको बिदाइ
- Matsya Jayanti Vrata | Matsyanarayan Mela | World Autism Awareness Day
- मत्स्य जयन्ती व्रत | मत्स्यनारायण मेला | विश्व अटिजम जागरुकता दिवस
- विश्व रङ्गमञ्च दिवस | SEE २०८१-ऐच्छिक प्रथम | प्रदोष व्रत
- World theatre day | SEE 2081-Optional First | Pradosh Vrata
- SEE 2081-Compulsory Social Studies
- Tel Lagaune Ra Nimko Pat Khane Din | Astrologer Day
- आँखाको गहिराइमा हराएर
- तेल लगाउने र नीमको पात खाने दिन | ज्योतिष दिवस
- SEE 2081 – Optional Second Subject
- SEE २०८१ - ऐच्छिक द्वितिय
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
जेठ शुक्ल एकादशी
निर्जला एकादशी व्रत | विश्व योग दिवस | विश्व सङ्गीत दिवस

गीतामा भगवान श्रीकृष्ण स्वयं भन्नुहुन्छ कि
‘पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति । तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस् ।।’
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्छु । यिनै भगवान श्रीकृष्णको नाम लिएर यो वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौं, कृष्णाअर्पणम् ।
वर्षभरिका एकादशीहरूका आ–आफ्नै प्रकारका विशेषता छन् । निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जलविनाको एकादशी, यस एकादशीलाई जलविना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन्, नितान्त भोकै अनि पवित्र मनले यो एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक उर्जा र शक्ति संचार गर्ने चलन रहन्छ ।
यो एकादशीले महत्वपूर्ण आयामहरू बोकेर आएको छ । यो दिनमा तुलसीका दानाहरूलाई तुलसी मठमा छर्ने चलन हुन्छ । कतिले तुलसीको मठका माटोमा नै तुलसीका दानाहरू अर्थात् मन्जरीहरू छर्छन् भने कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्छन् । यो दिन छरिएका तुलसीहरूको अंकुरण भएपछि ती बिरुवाहरूलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ । आउनुहोस्, यो एकदशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौं ।
पाँच–पाण्डव अनि द्रौपती हरेक एकादशीको व्रत बस्ने गर्थे । तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यो कुराले चिन्तित थिए । अनि गुरु व्याससँग खानाप्रतिको आशक्तिको समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रीतपूर्वक पालन गर्छन् । यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।
जेष्ठ शुक्ल एकादशीका रूपमा निर्जला एकादशीको व्रतपछि द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दानपुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान बिष्णुको कीर्तन अनि भजनको यो एकादशीमा विशेष महत्व रहन्छ । एकादशी महात्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्व राख्ने यो एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका बस्तुहरू दान गर्ने चलन छ ।
निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम् गर्ने चलन रहन्छ । यसो गर्दा अचामनीबाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र बन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना विचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ । विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ । एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि बिष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै बैकुण्ठ प्राप्त हुने लेखिएको छ ।
हामी जाँदाजाँदै महाभारतको प्रसंग छाडेर जाँदैछौँ । भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई कावुमा राखेर यो एकादशी व्रत लिन्छन् । तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतना अवस्थमा भेटिन्छन् । त्यसपछि भीमलाई गंगाको पवित्र पानी र तुलसीपात पिलाउँदै उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहनामाथिको विजय प्राप्त गर्ने एकादशी पनि हो । यो वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।
यस एकादशीको प्रतापले कोरोना त्रास अनि यस भाइरसका अवयवहरू नाश हुन् । चिन्ता र तनाव घटेर जाओस् । प्रेमको सञ्चार होस् ।
विश्व योग दिवस
विश्वले बिगुल फुकेको छ, ‘विकास र सभ्यताको उचाई थपिएको छ ।’ तर फर्केर हेर्दा विश्व आजभन्दा पहिले नै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडि फर्किरहेको छ, यसका प्रमाणहरूमध्ये एउटा ज्वलन्त प्रमाण हो, योग अभ्यास । ओखलढुङ्गादेखि ओक्लोहमासम्म, कोरियादेखि खोरियासम्म विहान–विहान घर अगाडि सुकुल बिछ्याएर योग अभ्यास गर्ने मानिसहरूको उपस्थिति देखिन्छ । एक–हिसाबमा योग भनेको केवल व्यायाम मात्र हो, अनि योगलाई धर्मसँग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्छ, हैन र ?
अझ यो वर्ष त लकडाउन अनि कोरोना त्रासका कारणले मानिसहरू संकुचित हुँदै घरघरमै थुनिएको अवस्था छ । विहार र विचरणमा आधारित मानवीय जीवनयापन घरका भित्ताहरूमा मात्र सीमित रहँदा मन र विचार दुवैमा असर पर्ने देखिन्छ । यो अवस्थामा यो वर्ष र आगामी वर्षहरूमा समेत योगका आयामहरूको महत्व बढ्दै जाने स्पष्ट छ ।
योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्छ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौँ आयाम छन् ।
आउनुहोस् हजारौँ वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसूत्र समाहित यो योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासबारेमा खुलेर कुरा गराँै । पतञ्जलीको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान–विधिका रूपमा प्रयोग गरेका थिए । १९औँ शताब्दीमा स्वामी विवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउनसमेत महत्वपूर्ण योगदान छ । मुस्लिम समुदायमा समेत यसलाई योगसूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।
योग सूत्रको श्रेय आदि–योगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरू क्रमशः सप्तऋृषिहरूमार्फत् पुस्तौँ पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ ।
योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मूर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनको पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सन् २०१६ मा दर्ता गरेको छ ।
विश्व योग दिवस हरेक वर्षको जून महिनाको २१ तारिखमा मनाइन्छ । सन् २०१४ बाट मनाउन शुरु गरिएको योग दिवसको शुरुवाती सूत्रधार व्यक्तित्वहरूमा सद्गुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिइन्छ । योग दिवसको यो सूत्र संयुक्त राष्ट्र संघ स्वयंले स्थापना गरेको हो भने योगलाई शताब्दी विकासको सूचकांकका रूपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थविना विकास र समृद्धि सम्भव नभएको विश्व समुदायले बुझिसकेको कुरो हो ।
आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्म–सम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा परसम्म योगले चित्त पुर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौँ ।
योग केवल व्यायम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्थ मानिएको छ । भगवान गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शनकेन्द्रित महात्माहरूले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरू प्रशस्त पुस्तक र उदाहरणहरूले बयान गरेका छन् । योग वास्तवमै गहिरो विषय भएकाले साधारण शब्द र ब्याख्यामार्फत् परिभाषित हुने कुरा पक्कै होइन । तथापि योगको महत्व आजको घम्साघम्सीसहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ ।
कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसँगै सकिन थाल्छ । तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरू सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधु–सन्तसम्म हामी सबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ, के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौँ त ? मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिका लागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो । संसारमा मानव मात्र एउटा प्राणी हो, जो खानैका लागि जीवनभर पैसा–पैसा गर्दै यता उता भौतारिरहन्छ, जुन दृश्य प्राणीमा लागू हुँदैन ।
जीवनको वास्तविक मूल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ । यसो भन्दै गर्दा योग अपनाउन भौतिक संसारभन्दा पर बसेर साधु–सन्त नै बन्नु पर्छ भन्ने होइन, योगको अवलम्बन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थ्यमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वका लागि योग जरुरी छ । योग जीवन हो र यसबारेमा थप अध्ययन गरौँ । अपनाऔं । अनि खुशी अनि शान्त जीवन प्राप्त गरौं ।
विश्व योग दिवसको शुभकामना !
विश्व सङ्गीत दिवस
एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार ःबगचष्अभ ँभिगचभत को सोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जून महिनाको २१ तारिखका दिन ‘विश्व सङ्गीत दिवस’ अर्थात् ुध्यचमि ःगकष्अ म्बथु मनाइँदै आएको छ । संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ ।
सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । बहुजाती, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने मौलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतासँगै मानव जीवनमा निरन्तर बग्दै आएको छ ।
मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि विनायोसम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली मौलिकता थप्ने बाजाहरू हुन् । कसैका लागि सङ्गीत एउटा अभिब्यक्ति हुन सक्छ भने कसैका लागि सङ्गीत एउटा पेशा, कसैका लागि साथी हुन सक्छ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका शास्त्रीय सङ्गीत, फिरन्ते समुदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, -यापदेखि मेटलसम्म अनि लोकगीतदेखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पुण्य या सत्गत्का कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
भजन, कीर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरू सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीतदेखि गाइनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरू मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, सायद आकाशको असीमित दायरा झै । बलेसीबाट चुहिने पानीका थोपाहरूका आवाज, कोइलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जनसम्ममा सङ्गीत बगिरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरिङ्ग बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्छन् ।
नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायीका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाडौँमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।
यस अवसरमा कला र सङ्गीतसम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरूलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसँग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रूपमा उपयोग गर्दैआएको छ । विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरूको सम्झना गर्न चाह्याँै । बखतबहादर बुढापिर्तीदेखि बेखामानसम्म, अम्बर गुरुङ्गदेखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरू जसका सङ्गीतले नेपाली माटोले जन्माउने मौलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।
रेडियो नेपाल लगायत विभिन्न रेडियो स्टेशन, विभिन्न सङ्गीत वितरक कम्पनी हुँदै टिभी, अडियो पोडकास्ट तथा यू–ट्यूबसम्म आइपुग्दा नेपाली सङ्गीतले यो अवधिमा सङ्गीतको फरक स्वादमा रमाउने प्रशस्त फरक श्रोताहरू बनाइसकेको छ । यो जमात आज विश्वभरि कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट नेपाली सङ्गीतसँग जोडिएका छन् । सङ्गीतको मूल्य र वास्तविक श्रेय श्रष्टाले पाउन्, नेपाली सङ्गीतमा माता सरस्वती सदैव दाया हुन् । नेपाली सङ्गीतले आफ्नो मौलिक सरगम ध्वनि विश्व बजारमा छर्न सकोस्, ‘विश्व सङ्गीत दिवस’को शुभकामना !
जय होस्
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: