International Day of Older Persons/World Smile Day/Dashami Shraddha | अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस/विश्व मुस्कान दिवस/दशमी श्राद्ध | २०७८ असोज १५ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Sep/Oct 2021
२०७८ असोज
१५
शुक्रवार
Oct 01, 2021

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस/विश्व मुस्कान दिवस/दशमी श्राद्ध ( International Day of Older Persons/World Smile Day/Dashami Shraddha )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विश्व ज्येष्ठ नागरिक दिवस | विश्व मुस्कान दिवस | दशमी श्राद्ध





यी छोराछोरी बढ्लान कमाई गर्लान
दुधभात देलान मलाई


बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत यस्तै कस्तै हुनेगर्दछ हाम्रो समाजमा ,साँझमा कामवाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र घरमा पर्खिरहेका छोराछोरी का लागि सानै सही तर केही कुरा भनें लगिदिएका हुन्छन् ।

संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भनें पनि हामी तिनीहरुकै सपनाको एउटा पुञ्ज हौं । समयक्रम संगै बुवाको पाखुराको बल कम हुन्छ, आमाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।

ज्येष्ठ नागरीक अर्थात पाका उमेरका बृद्धबृद्धाहरु , प्राय देशहरुमा ६० बर्ष पुरा भएका नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ । उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैली को कष्ट अनि माया ममताको चाहलाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएको छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै अब आउने पुस्ताले हामीलाई दिने माया र सदभाव निर्धारण गर्दछ ।

उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जान्छ, आफ्ना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

समाजको खुल्ला डवली अनि पलेँटीहरुमा ज्येष्ठ नागरिकहरुलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरु प्रदान गरौं । यहाँ पालोको पैँचो सबैले तिरेका छन्, हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं, अहिले देखि ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।

यसै कुरालाई आत्मसाथ गर्दै विश्व समुदायले पनि हरेक बर्षको अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ ।

विश्व मुस्कान दिवस

तपाइँ हामीमा के चाही यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ। धेरै सोच्नै पर्दैन , यो चिज हाम्रो मुस्कान हो , कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान। मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउछ र सबैलाई आफुतर्फ आकर्षित गर्छ।

एउटा ढङ्गको मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्ममनन् गर्न वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ। सन् २००१ मा हार्वे बलको निधन भयो , त्यसबेला देखि उसको सम्झनामा बनेको "विश्व हार्वे बल मुस्कान फाउण्डेसन"ले आजको दिनमा थुप्रै ठाउमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। यस फाउण्डेसनको नारा भने "संसारलाई मुस्कानले सुधार गर्नुहोस्।" भन्ने रहेको छ।

अहिले प्रतिष्पर्धाको समयमा धेरै मानिसहरुले जीवनमा अगाडी बढ्न यो हद सम्म मेहेनत गर्ने गर्दछन कि उनीहरुले एउटा मिठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन। तर जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफु मुस्कुराउनु र अरुलाई मुस्काउन सिकाउनु र प्रोत्साहन गर्नु हो। हसमुख मानिसहरु सजिलै सबैको मनमा बस्ने गर्दछन।

सबैलाई विश्व मुस्कान दिवासको शुभकामना। सँधै मुस्कुराएर, खुसी हुनुहोस्!

दशमी श्राद्ध

पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
दशमी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

---
हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.