Poushe Aunshi (Gokarna,Barahkshetra etc ma tirtha shraddha | पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध) | २०७८ पुष १८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Dec/Jan 2022
    २०७८ पुष
    १८
    आइतवार
    Jan 02, 2022
    पुष कृष्ण औंसी
    पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध) ( Poushe Aunshi (Gokarna,Barahkshetra etc ma tirtha shraddha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    पौषे औँसी (गोकर्ण, वराहक्षेत्र आदीमा तीर्थ श्राद्ध )





    एक मास अर्थात् महिना पनि मान्न सकिन्छ । चन्द्रमानमा एक मास भित्र ३० दिनहरू हुन्छन् अनि यी ३० दिनाकंको लगभग मध्य भागमा औँसी पर्दछ । अँध्यारो र कालो कुराहरूको बिम्बका रूपमा लिइने औँसीको आध्यात्मिक र अलौकिक महत्त्व भनेँ पृथक् छ । पूर्णिमा र औँसीको बिचमा कट्ने महिनाभरि नै आकाशमा बादलभित्र चन्द्रमा कहिले प्रस्ट देखिने र कहिले प्रस्ट नदेखिने हुन्छ । पूर्णिमामा झलमल देखिने चन्द्र औँसीमा बादलभित्र लुकेको पाइन्छ ।

    अब कुरा गरौँ पुस महिनाको औँसी को, यस औँसी चाहिँ पितृ कर्म, पिण्ड, तर्पण अनि श्राद्ध आदिका लागि विशेष फलदायी दिन हो । छोटो र चिसो दिनहरू भएको पुस महिना धनधान्य र सौभाग्यको हिसाबले असाध्यै महत्त्वपूर्ण महिना पनि हो, लक्ष्मीको सौभाग्ययताको स्वरूप सौभाग्य लक्ष्मीको महिना पनि पुस नै हो ।

    यस औँसीका दिनमा दान पुण्य कार्यहरू गरेमा बृहस्पति, राहु, केतु जस्ता ग्रहहरूको नकारात्मक प्रभाव पनि कम गर्न सकिने हुन्छ । अर्कोतर्फ पितृ उद्धारका लागि काठमाण्डौको गोकर्ण, सुनसरीको वराहक्षेत्र लगायत मुस्तागंको कागबेनीमा पनि श्राद्ध गर्नेहरूको लर्को हुन्छ ।

    यस वर्षको मध्य जाडोको पुस महिनाको औँसी तिथिमा सबैलाई स्वागत छ । उच्च हिमाली भेगहरूमा हिमपातका खबरहरू छन्, काठमाण्डौमा पनि हिउँदको वर्षा भइसकेको छ, चिसोबाट जोगिँदै स्वस्थ रहौँ । समस्त पितृहरूको उद्धारको कामना ।

    सबै जनालाई सुख होस् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.