आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठ
-
१७जेठ
-
१८जेठविश्व बुवाआमा दिवस ३ दिन पछि
-
२०जेठपूर्णिमा व्रत ५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ७ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस १४ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस १६ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति १८ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १९ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस २३ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा २७ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस ३३ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस ३४ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ४१ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ४३ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ४५ दिन पछि
-
२९असारभानु जयन्ती ४६ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ५० दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६० दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ६१ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ६३ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६४ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ६९ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ७१ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ७२ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ७५ दिन पछि
-
२८साउनप्रदोष व्रत ७६ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ७९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
साहित्य / ब्लग
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- विश्व बुवाआमा दिवस
- World Day Against Child Labour
- विश्व बालश्रम विरुद्ध दिवस
- World Environment Day
- विश्व वातावरण दिवस
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- Jya: Punhi/National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
- Poornima Vrata
- पूर्णिमा व्रत
- World Parents Day
- Nirjala Ekadashi Vrata/World No Tobacco Day
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- प्रगति मेरै हो
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- साल २०७९ लाई फर्केर हेर्दा
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- पिसाबको सङ्क्रमण बारे जानकारी
- २०८० को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- मेरी आमा
- पेप्टिक अल्सर
- हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)
- बाल रोगका लागि टेलिहेल्थ
- ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस
भदौ शुक्ल चतुर्दशी
इन्द्रजात्रा/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत

काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्व कालागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।
'येँया पून्हि',
काठमाडौँको माटो र आव हवामा सभ्यता र शान्तिको एउटा स्वाद छ अनि काठमाडौँ देवता र मन्दिरको मात्र सहर नभई विविधता सहितका अनेक चाडबाड र प्राचीन सभ्यताको सहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा 'येँया पून्हि', काठमाडौँ सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबैभन्दा ठुलो चाडहरुमध्य एक हो ।
किम्बदन्ती
सुरु गरौँ किम्बदन्ती बाट जसका अनुसार स्वर्ग लोकका भगवान् इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौँ सहरमा आएर बगैँचाको माली लाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढाले पछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोक कथन छ।
काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।
बन्धनमा पारेका छोरा इन्द्र
यसरी आफ्नो खातिर काठमाडौंवासी ले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धान बाली समयमै हुर्किएर पाक्छ भन्ने किम्बदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।
नेवा: परम्परा अनुसार भाद्र शुक्ल पक्ष 'यँलाथ्व द्वादशी'को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर 'यँलागाः चौथी' अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ । अनुहारमा विभिन्न देवी देउताका 'ख्वापाः' (अर्थात् मुखौटा) लगाएर नेवा: समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा 'योंसी' समेत भनिन्छ । उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमान ढोकामा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि 'इन्द्र ध्वजोत्थान' सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।
यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।
लिङ्गो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुर्जुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाएर यस महत्त्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन्। इन्द्रजात्रामा इन्द्र ध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा वर्षमा एक पटक हनुमान ढोका दरबार क्षेत्रस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारण कालागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।
सहकालका देवता इन्द्र
काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।
सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।
इन्द्रजात्राको पौराणिक कथन
पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई 'इन्द्र ध्वजा' भनियो । देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।
स्वर्ग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्र ध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्र ध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो र आफ्नो राज्यमा सुख, समृद्धि कोलागि इन्द्र ध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।
साथै लिङ्गो ठड्याइएको तीन दिनपछि वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र आकाश भैरव (सवभकु)को समेत रथयात्रा गर्ने परम्परा रहिआएको छ । आठ दिनसम्म राजधानीको हल चोक (भक्कुनाचहलचोक)को आकाश भैरव, भक्तपुरको महाकाली नाच, मजिपातको मजिपमत लाखे नाच, दस अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलको पुलुकिसी) पुलुकिसी नाच नचाउने परम्परा रहिआएको छ । साथै यस विशेष आठ दिने अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिएको छ ।
दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम
काठमाडौँबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिङारेर पूजा गरिन्छ। साथै धिमे बाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।
लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन 'क्वहने याः' भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौँको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरु टोलबाट बर्सभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्।
इन्द्रजात्राको विभिन्न प्रक्रियागत सांस्कृतिक विधिहरू अन्तर्गत बहुमत: निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो बत्ती बालेर नगर परिक्रमा गरिने गरिएको छ । यसरी आयोजन गरिने दियो बत्ती सहितको विशेष जात्रा काठमाण्डौका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णि अर्थात् इन्द्रजात्राको चौथो दिन 'थहने याः' भनेर शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधवार तल्लो टोल (दक्षिण) र बिहीबार माथिल्लो टोल (उत्तर)मा परिक्रमा गराइने गराइन्छ ।
सोही दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवङ्गत भएका आफन्तहरू सुखावती भुवनमा वासको कामना गर्दै धरणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौँ नगर बस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णु विक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दियो दान गर्ने परम्परा छ। उक्त मूर्ति नेपाल संवत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा काठले बनेको दलूचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो) झुन्ड्याइ इन्द्रको नाममा बत्ती बाल्ने चलन रहिआएको छ ।
सम्येबजि
यस विशेष दिन नेवार समुदायका मानिसहरूले 'सम्येबजि' (चिउरा, राँगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, साग मिश्रित विशेष खाजा) खाइन्छ । यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन 'नानिचा याः' भनेर गणेश भैरव र कुमारीको तीन वटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिने गरिएको छ ।
यसरी विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवा: समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेका छन् ।
नेपाली मौलिक सांस्कृतिक विविधता सहितका विभिन्न महत्त्वपूर्ण पलहरू झैँ यस विशेष महत्त्व बोकेको इन्द्रजात्राका प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पाला देखि चलिआएको छ र कान्तिपुर (काठमाडौँ)का अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ। हनुमान ढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन अहिले पनि यथावतै रहेको छ |
नेपालका राष्ट्रप्रमुख, महामहिम राष्ट्रपतिले पनि कुमारी जात्रा अवलोकन गर्ने चलन छ । नेवारीमा काठमाडौँ अर्थात् 'येँ', ललितपुर अर्थात् 'यल' अनि भक्तपुर अर्थात् 'ख्वप' लगायत कीर्तिपुर, दोलखा, बनेपामा इन्द्रजात्राको रौनकको विशेषता भिन्नाभिन्नै रहेको छ । पुस्तौँदेखि चलिआएको यस्तो जात्रा र पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कारको अद्भुत सङ्गमको इतिहास बोकेको छ।
कृषि सुहाउँदो यो मौसममा उपलब्ध विशेष कुहिरोलाई इन्द्रको उपहारका रूपमा काठमाडौंवासीले लिएको कुरा पनि इन्द्रजात्राले व्याख्या गर्दछ । शताब्दीयौं पुरानो यी जात्राहरू निरन्तर रुपमा चलिआएका छन् । वसन्तपुर दरबार स्क्वायर अनि मठ मन्दिर अगाडि प्रदर्शन हुँदै आएका यी जात्राहरू मनाउन कालागि काठ्माण्डाैको जोसमा ऊर्जा उत्तिकै छ । इन्द्रको आशीष कायम रहोस्, देशमा बालीनाली सप्रिएर रहोस् अनि शान्तिले सबैको हृदयमा वास गरोस्, इन्द्रजात्राको नेपाली जनमा शुभकामना ।
अनन्त चतुर्दशी
ॐ अनन्ताय नम:
भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापूर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरू जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउँदै थिए। त्यस बेला भगवान् श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापूर्वक व्रत बस्न आग्रह गरेका थिए। भगवान् श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए।
श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात् जनपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने गरेका छन्। आज चोखो धागोमा अनन्त मन्त्रणा गरी बाँध्नाले वर्षभर शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसरी बाँधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ। यस सूत्रमा हुने चौध वटा गाँठोलाई चौध वटा लोकको प्रतीक मानिन्छ। यो सूत्र पुरुषहरूले दाहिने हातमा बाँध्ने गरेका छन् भने महिलाहरूले यसलाई बायाँ हातमा बाँध्ने गर्दछन्। हिन्दु धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ।
पूजा विधि
आज प्रात:कालमा स्नान आदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। सर्वप्रथम कलश स्थापना गरी त्यसमा अष्ट दल बनाएर राख्ने अनि कुशको अनन्त भगवान् बनाएर स्थापना गर्नुपर्दछ। कलश समक्ष चौध गाँठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान् अनन्तनाथ (भगवान् विष्णु) को सुद्ध चित्तले पूजा आराधना गर्नुपर्दछ। तत्पश्चात् धूप, दीप, नैवेद्य र अक्षता लिएर भगवान् अनन्तको पूजा गर्नुपर्दछ। अन्त्यमा आफूले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ। पूजा पछि कलश समक्ष राखेको अनन्त सूत्र आफूले बाँध्नाले अनन्त भगवान् प्रसन्न भई शुभ फल प्रदान गर्ने मान्यता छ। खास गरी अनन्त चतुर्दशीको पूजा दिउसोको समयमा गर्नुलाई उत्तम मानिन्छ।
पुत्रको चाहना राख्ने या आर्थिक अभावमा गुजारा गरिरहेका मानिसहरूलाई आजको दिन व्रत विशेष फलदायी रहने गरेको छ।
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषसरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व वलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठ
-
१७जेठ
-
१८जेठविश्व बुवाआमा दिवस ३ दिन पछि
-
२०जेठपूर्णिमा व्रत ५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ७ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस १४ दिन पछि
-
३१जेठयोगिनी एकादशी व्रत/विश्व रक्तदाता दिवस १६ दिन पछि
-
३२जेठ
-
१असारमिथुन संक्रान्ति १८ दिन पछि
-
२असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस १९ दिन पछि
-
५असार
-
६असारविश्व योग दिवस / संगीत दिवस २३ दिन पछि
-
१०असाररविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा २७ दिन पछि
-
११असार
-
१४असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१६असारशनि प्रदोष व्रत/अन्तराष्ट्रिय सहकारी दिवस ३३ दिन पछि
-
१७असारविश्व खेलकुद पत्रकार दिवस ३४ दिन पछि
-
१८असार
-
२४असाररवी सप्तमी व्रत ४१ दिन पछि
-
२६असारविश्व जनसंख्या दिवस ४३ दिन पछि
-
२८असारकामिका एकादशी व्रत ४५ दिन पछि
-
२९असारभानु जयन्ती ४६ दिन पछि
-
३०असार
-
१साउन
-
२साउनमलमास शुरू / मत्स्यनारायण मेला शुरू ५० दिन पछि
-
१०साउनबुधाष्टमी व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६० दिन पछि
-
१३साउनपद्मिनी एकादशी व्रत/विश्व बाघ दिवस ६१ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन ६३ दिन पछि
-
१६साउनपूर्णिमा व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६४ दिन पछि
-
२१साउनअन्तर्राष्ट्रिय मित्रता दिवस ६९ दिन पछि
-
२३साउनविश्व भू-संरक्षण दिवस ७१ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय आदिवासी दिवस ७२ दिन पछि
-
२७साउनपरमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस ७५ दिन पछि
-
२८साउनप्रदोष व्रत ७६ दिन पछि
-
३१साउनमलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति ७९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
साहित्य / ब्लग
- के तपाईंको कुण्डलीमा सरकारी जागिरको योग छ?
- विश्व बुवाआमा दिवस
- World Day Against Child Labour
- विश्व बालश्रम विरुद्ध दिवस
- World Environment Day
- विश्व वातावरण दिवस
- युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या
- ए आकाश
- Jya: Punhi/National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- ज्या: पुन्हि/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस (
- Poornima Vrata
- पूर्णिमा व्रत
- World Parents Day
- Nirjala Ekadashi Vrata/World No Tobacco Day
- खुट्टा मर्कँदा के गर्ने ?
- The name of the book- The Owl Was Afraid Of The Dark
- पुस्तक समीक्षाः सर्पको गाउँ
- जन्मदिनमा के उपहार दिने ? केहि सुझावहरू
- Jitiya Parwa/Nawami Shraddha
- पित्तथैलीको पत्थरी
- डन्डिफोरको कारण र रोकथाम
- दादुराको परिचय लक्षण तथा रोकथाम
- Book Review: Man’s Search for Meaning
- एकलव्य : सफलताकाे मुख्य कडी कर्ममा निरन्तरता
- चिया
- जानेलाई
- Book Review : “Why The Whales Came”
- कथा समीक्षा : डाेमु र डाेजीको भ्रमण
- जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
- Mahalakshmi Barta Samaapti/Ashtami Shraddha/World Smile Day
- महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस
- Saptami Shraddha/World Teachers Day
- सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस
- Khasti Shraddha/World Animal Day
- षष्ठी श्राद्ध/विश्व पशु दिवस
- Mangal Chauthi Wrata/Panchami Shraddha
- मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध
- Chaturthi Shraddha/World Non Violence Day
- मजदुर
- ग्रामीण स्वास्थ्य सेवामा टेलिहेल्थको भूमिका
- THREE CUPS OF TEA - A BOOK REVIEW
- रुद्राक्ष महिमा तथा परिचय भाग - ७
- रुद्राक्ष महिमा तथा परिचय भाग - ६
- रुद्राक्ष महिमा तथा परिचय भाग - २
- रुद्राक्ष महिमा तथा परिचय भाग - ४
- रुद्राक्ष महिमा तथा परिचय भाग - ५
- रुद्राक्ष महिमा तथा परिचय भाग - ३
- चोखो माया
- एक जिन्दगी
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- प्रगति मेरै हो
- भ्यालेन्टाइन डे मा आफ्नो प्रियजनलाई के गिफ्ट दिने ?
- साल २०७९ लाई फर्केर हेर्दा
- २०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू
- पिसाबको सङ्क्रमण बारे जानकारी
- २०८० को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- मेरी आमा
- पेप्टिक अल्सर
- हाइपरथायरोइडिजम ( अति सक्रिय थायरोइड)
- बाल रोगका लागि टेलिहेल्थ
- ब्रिटिश संग्रहालयमा विश्व नेवा: दिवस

Liked by: