Rashtriya Krishak Diwas | राष्ट्रिय कृषक दिवस | २०८१ जेठ २७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2024
    २०८१ जेठ
    २७
    आइतवार
    Jun 09, 2024
    जेठ शुक्ल तृतिया
    राष्ट्रिय कृषक दिवस ( Rashtriya Krishak Diwas )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    राष्ट्रिय कृषक दिवस





    बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१
    नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ।

    यस वर्ष अर्थात् वर्ष २०८१ को कृषि दिवस चाहिँ १२ औँ संस्करण हो ।
    जीवन रक्षात्मक उत्पादनमूलक काममा लागेको कृषकलाई सम्मानित गरी, कृषक प्रधानता रहेको हाम्रो मुलुक नेपालको विकासमा सहयोग गरौँ भन्ने मूल आशयका साथ बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१ जेठ २७ गते विभिन्न स्थानमा विभिन्न वर्गका कृषकहरूलाई सम्मानित गरी मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समिति ले विनम्र अनुरोध गरेको छ । कृषि पेसालाई प्रवर्धन गर्दै, निर्वासमुखी कृषि बाट ब्यवसाहीक कृषिको यात्रालाई पैरवी गर्न नेपालमा यस दिवसको विशेष महत्त्व रहेको छ ।

    आउदा पुस्ताहरुमा कृषिको महत्व र यसको आवश्यकता बुझाउन जरुरी छ। कृषकको सम्मान गरौ, कृषकलाई प्रोत्साहन गरौ।

    राष्ट्रिय कृषक दिवसको सबैमा शुभकामना।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.