व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

दशमी पछिको टिका लगाउने चलन
मुख्यतया दशमीका दिनको टिकालाई विशेष मानिन्छ । तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका भ्याउन नसक्ने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन स्थापना भएको हो ।
दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । यद्यपि दसै को बिदा भने सामान्यतया द्वादशीसम्म दिने चलन छ ।
आशा छ यसपालाको दसै बडो रमाइलो भयो होला ।




