घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

Gorakhkali Puja
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

यो लेख पढ्नु अघि के तपाईंलाई "गोरखकाली पूजा"को बारेमा जानकारी थियो ?
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।










काठमाडौँ । नेपाल प्रहरीले भ्यालेन्टाइन सप्ताहको अवसर पारेर सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्तालाई आफ्नो गोपनीयता र डिजिटल सुरक्षाप्रति सजग रहन विशेष आग्रह गरेको छ । सप्ताहको तेस्रो दिन ‘चकलेट ड...
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने टी-२० विश्वकपको खेलमा पाकिस्तान सहभागी हुने वा नहुने भन्नेबारे आगामी २४ घण्टाभित्र निर्णय हुन सक्ने बताएका छन्। यो ...
२६ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत फेब्रुअरी १५ मा श्रीलंकामा तय भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीब...

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो ।
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको प्रतिनिधि मण्डलसँग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहयोग विस्...
पुलिस काभा लिगको सेमिफाइनलमा पराजित काठमाडाैं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा पराजित भएको छ। पुलिस आज भएको सेमिफाइनलमा समूह ए काे विजेता कजाकिस्तानको तुरान भलिबल ...
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गर्ने क्रममा क्यानडाविरुद्ध ५७ रनको सहज जित निकालेको छ । सोमबार (माघ २६) भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन...

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित भइरहेको हुँदा आमउपभोक्ताला...