घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

सुरक्षित इन्टरनेट दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
"आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ। यस वर्षको मूल नारा 'Smart tech, safe choices – Exploring the safe and responsible use of AI' ले हामीलाई प्रविधिको विकाससँगै सचेत रहन प्रेरित गर्छ। AI का असीमित अवसरहरूलाई पछ्याउँदै गर्दा आफ्नो गोपनीयता (Privacy) र सुरक्षामा सम्झौता नगर्नु नै आजको आवश्यकता हो। जिम्मेवार प्रयोगले नै हामीलाई डिजिटल जोखिमबाट जोगाउँछ।"

तपाईंको अनुभवमा इन्टरनेट सुरक्षित बनाउन सबैभन्दा प्रभावकारी उपाय के हुन सक्छ?
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने ।
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने।
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।










काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन अदालतको पछिल्लो आदेशपछि टीपीएसअन्तर्गत संरक्षण पाउ...
२७ माघ, मुम्बई । पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानल...

काठमार्डां नेपाल र भारतबीच सीमा सुरक्षा र व्यवस्थापनलाई बलियो बनाउन नेपाल भारत संयुक्त कार्यदलले काम गरिरहेको छ । तर सीमापार आतंकबाद र अबैध गतिविधिको जोखिम नियन्त्रण भने प्रभावकारी हुन सकेको छैन ।...
बिर्तामोड । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालीगुराँस...

वासिंटन। संयुक्त राज्य अमेरिकाको संघीय पुनरावेदन अदालत (अपिल अदालत) ले होन्डुरस‚ नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानुनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाट...

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

प्रधानमन्त्री एवं रक्षामन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन्। जंगी अड्डामा आयोजित पृ...

क्युबामा देखिएको गम्भीर इन्धन संकटका लागि रसियाले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पेट्रोलियम आपूर्तिमा आएको अवरोधले क्युबाको सम्पूर्ण अर्थतन्त्रमा न...