International Day of Sport for Development and Peace/SEE 2082-Compulsory Science and Technology | अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस/SEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि | २०८२ चैत २३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2026
    २०८२ चैत
    २३
    सोमवार
    Apr 06, 2026
    वैशाख कृष्ण चतुर्थी
    अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस/SEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ( International Day of Sport for Development and Peace/SEE 2082-Compulsory Science and Technology )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

    संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। खेलकुदका माध्यमबाट विश्वभर शान्ति, बिकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए।

    समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आएको छ।


    खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ।

    SEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि

    एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , एसइई को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।

    तालिका अनुसार चैत २३ गते अनिवार्य विज्ञान तथा प्रविधिको परीक्षा हुनेछ भने वेद विद्याश्रमका हकमा शुक्ल यजुर्वेद ,सामवेद ,ऋग्वेद र अथर्ववेदका परीक्षा हुने छ ।


    यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।


    सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.