आज मनमा लागेको कुरा पूरा गर्ने सोच बढ्नेछ। धेरै कुरा एकैपटक गर्नुभन्दा एउटा काम राम्ररी सकाउनु राम्रो हुनेछ। कसैको कुराले नयाँ तरिकाले सोच्न प्रेरणा दिन सक्छ। दिनभरि शान्त भएर अघि बढ्दा सजिलो महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत २५ गते एच्छिक प्रथम विषयका जाँचहरु हुँदैछन् । प्राविधिक तर्फ पशु स्वास्थ्य / औद्योगिक कृषि र माछा संस्कृति / C++ प्रयोग गरेर डेटा विज्ञान र OOP अवधारणा / भवन निर्माण र रेखाचित्र / विद्युतीय मेसिन / शास्त्रीय संगीत का परीक्षाहरु हुनेछन् ।
वेद बिधाश्रम तर्फ वेद वा नीतिशास्त्र का परीक्षाहरु हुदैछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।







