घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

अन्तर्राष्ट्रिय नृत्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व नृत्य दिवसको पृष्ठभूमि के हो ?
आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरे (Jean-Georges Noverre )को जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य दिवस मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थाको नृत्य समितिले यो दिवस मनाउन सुरु गरेको हो ।

नृत्य भनेको के हो ?
नृत्य भावना र मानविय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतिक हो । नृत्य दर्शन पनि हो । मानिस खुशि अभिव्यक्त गर्न नाच्ने गर्दछ । मानिस मात्रै होइन पशुपंक्षि पनि नाच्ने गर्दछन् । मयुर र बाँदर नाचेको हामी सवैले देखेका छौँ । भगवानहरूको पनि नृत्यलाई आ–आफ्नै नामाकरण गरिएको छ, बिहे व्रतबन्ध अनि अन्य कुनै पनि जीवन उन्मुख क्रियाकलाप नृत्यविना परिपूर्ण मानिँदैन । अहिले जुम्बा, हिपहप, ब्रेक डान्स,बालेट, साल्सा लगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेशा पनि बन्न थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारि पाएका छन् ।
२०२६ मा अन्तर्राष्ट्रिय नृत्य दिवसको नारा "inclusivity, cultural diversity, and the universal language of movement" भन्ने रहेको छ । यो वर्षको नाराले समावेशिता, सांस्कृतिक विविधता र नृत्यलाई विश्वव्यापी भाषाको रूपमा प्रस्तुत गर्ने सन्देश दिन्छ। नृत्यले भाषा, देश र संस्कृतिका सीमाना पार गर्दै सबैलाई एउटै भावनामा बाँध्ने शक्ति राख्छ। यसले प्रत्येक व्यक्तिलाई आफ्नो पहिचान अभिव्यक्त गर्न र विविधतालाई सम्मान गर्न प्रेरित गर्छ।
के नृत्यले स्वास्थ्यमा फाइदा पुर्याउछ ?
नृत्यको अनेक फाइदाहरु भएकाले यसलाई उपयोगी कसरतको रुपमा लिन सकिन्छ । अचेल बिहान योगको अभ्यास गर्ने मानिसहरुले पनि केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइन्छ । केहि समय नाच्नाले हृदय तथा फोक्सोको अवस्तामा सुधार आउँने गर्दछ । नृत्यले मानिसको मांसपेशि बलियो बनाउँन सहयोग गर्दछ । साथै यसले हड्डिहरु पनि बलियो बनाउँन महत्वपुर्ण भुमिका खेल्दछ । यसर्थ, नृत्यका अनेक फाइदाहरु रहेका छन् ।
किन मनाइन्छ विश्व नृत्य दिवस ?
विश्व नृत्य दिवसले आम जनतामा नृत्यको महत्त्वबारे चेतना अभिवृद्धि गर्दछ । यसको लक्ष्य संसारभरका सरकारहरूलाई सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो ।
यस दिवसको अर्थपूर्ण शुभकामना


प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
-सुयोग ढकाल



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार यहाँ बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० ...

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध झण्डै ६९ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेक...

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम गर्नुपर्ने र लैङ्गिक रूपान्तरणमा ध्यान दिनुपर्ने बताएकी छन् । बुधबार सिंहदरब...

औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मु...
विश्वभरका फुटबल प्रेमीहरूका लागि सन् २०२६ को वर्ष विशेष हुने निश्चित छ । आउँदो फिफा विश्वकप र २०२६–२७ को नयाँ फुटबल सिजनका लागि ‘द इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड’ (आइएफएबी) र फिफाले खेललाई थप रोमा...

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा बुधबार वर्षा भएको छ ।

पश्चिम बङ्गाल राज्यमा औसत ९१.६२ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कबाट देखिएको छ । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पूर्व बर्धमान जिल्लामा सबैभन्दा बढी ९३.४८ प्रतिशत म...
१६ वैशाख, काठमाडौं । टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले जितेको छ । काठमाडौंको तल्लो मुलपानी मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित ...