Bakar Eid/Pradosh Vrata | बकर ईद (ईद-उल-अधा)/प्रदोष व्रत | २०८३ जेठ १४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2026
    २०८३ जेठ
    १४
    बिहिवार
    May 28, 2026
    अधिक जेठ शुक्ल द्वादशी
    बकर ईद (ईद-उल-अधा)/प्रदोष व्रत ( Bakar Eid/Pradosh Vrata )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    बकर ईद (ईद-उल-अधा)

    बकर ईद (ईद-उल-अधा)

    विशेष अडियो सामग्री

    मुस्लिम धर्मग्रन्थका अनुसार

    मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग १४०० साल वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी घोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। अधिकांश मुस्लिमलाई मक्कामा हज तिर्थयात्रा जानु अनिवार्य मानिन्छ । यो साउदी अरबमा अवस्थित छ । मक्कामा हज यात्राका लागि एउटा निश्चित दिन तय गरिन्छ । आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन हुन्छ।

    हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरिबहरू पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो सञ्चित धनको २।५ प्रतिशत हिस्सा गरिबहरूलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरूलाई कुरवान् गर्ने चलन पनि छ । गरिएको कुर्बानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोस्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेस्रो भाग चाहिँ कुर्बानी गर्ने परिवारले राख्दछन् ।


    यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छ जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन "अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द" र यसको नेपाली अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्" भन्ने बुझिन्छ।

    आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाइहरुलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् । बहुभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।


    यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन् । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

    हिजारी सम्वत

    'इद ऊ जोहा' अथवा 'ईद-उल-अज्हा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाउँदै छन् । इस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औँ दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।


    यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।

    यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्बानी गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर इद लाई केवल कुबानी अर्थात् बलीसँग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात् जीवन लिनु मात्र नभई जीवनको मूल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनुयायी दाजुभाइ तथा दिदी बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !


    धर्मको जय होस्

    अधर्मको नाश होस्

    विश्वको कल्याण होस्

    प्राणीमा प्राण होस्

    सबैको जय होस्

    प्रदोष व्रत

    प्रदोष व्रत

    विशेष अडियो सामग्री

    ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!

    शिव गायत्री मंत्र


    प्रदोष भनेको के हो ?

    त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

    प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?

    प्रदोष व्रत कहिले गर्ने ?

    प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।


    प्रदोषमा के नगर्ने ?

    प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

    प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?

    पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.