छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

विश्व वातावरण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
विश्व वातावरण दिवस २०२६ को नारा "Inspired by Nature. For Climate. For Our Future." अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ"ले प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु संकटको समाधानको स्रोतका रूपमा प्रस्तुत गर्दछ। वन, नदी, हिमाल र जैविक विविधताबाट प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन र भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न यो नाराले सबैलाई आह्वान गर्दछ।
वातावरण दिवसको पृष्ठभूमि
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।

प्लास्टिक प्रयोग कम गर्न तपाईंले के के कदम चाल्नुभएको छ?
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
विश्व वातावरण दिवसको शुभकामना,
-सुयोग ढकाल







पछिल्ला वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत (निजी) विद्यालयमा भने बढेको तथ्यांकले देखाएको छ। जन्मदरम...

काठमाडौँ । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक ...

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई एसयू–५७ स्टिल्थ लडाकु विमान उपलब्ध गराउन तथा त्यसको संयुक्त उत्पादन गर्न प्रस्ताव गरेका छन् । भारतीय वायुसेना पाँचौँ पुस्ताको लडाकु विमानको खोज...

काठमाडौं। क्यान्सर रोगको उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन इन्जेक्सनको अभावका कारण चिन्तित बिरामी र तिनका परिवारलाई राहत दिने गरी आगामी केही दिनभित्र थप चार हजार भाइल औषधि नेपाल आइपुग्ने भएक...

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा ७ मन्सापुरको मरराही टोल र सरदार टोलस्थित जिता नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको हो ।...

काठमाडौं। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ्दै गएपछि सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकह...

काठमाडौं । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँ...
२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ, जहाँ चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्ष ...