International Day for Biological Diversity | अन्तर्राष्ट्रिय जैविक विविधता दिवस | २०८३ जेठ ८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2026
    २०८३ जेठ

    शुक्रवार
    May 22, 2026
    अधिक जेठ शुक्ल षष्ठी
    अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ( International Day for Biological Diversity )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

    अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

    विशेष अडियो सामग्री

    जैविक विविधता दिवसको पृष्ठभूमि

    जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्‍यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गर्‍यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।

    नेपालको जैविक विविधता

    कानुनतः नेपालमा भनेँ जैविक विविधतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

    यहाँ छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर९दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकत मउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् ।सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।

    यी विविधताहरू सदा सर्वदा कायम हुन् र तिनको संस्थागत संरक्षण र पर्यटन अभिवृद्धिका लागी सरोकारवाला र समुदायको उल्लेखनीय भूमिका होस् । जैविक विविधता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र बतासको जय होस् ।

    सबैलाई शुभकामना !


    -सुयोग ढकाल

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.