International Day of Family Remittances | अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस | २०८३ असार २ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2026
    २०८३ असार

    मंगलवार
    Jun 16, 2026
    जेठ शुक्ल द्वितीया
    अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ( International Day of Family Remittances )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस

    अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस

    विशेष अडियो सामग्री

    विश्वभरि बढेको रेमिटेयान्स

    विगत २० वर्षमा रेमिटेयान्स प्रवाह विश्वभरि नै पाँच गुणाले बढेको छ । आर्थिक मन्दीको समयमा पनि, रेमिटेयान्स प्रवाह जारी रहन्छ किनकि आप्रवासी कामदारहरूले आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सीमापारि आफ्नो मेहनत जारी नै राख्दछन् ।


    प्रविधिको बढ्दो प्रयोग र अवसरको खोजीमा बिदेसिने मान्छेहरूको लामो लर्कोका कारणले कम विकसित र कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह बढ्दो छ र यसरी पठाइने रेमिट्यान्सहरुमा अधिकांश अर्थात् ४८ प्रतिशत रेमिटेन्स नै मोबाइल ट्रान्सफरबाट पठाइने गरेको पाइन्छ ।

    नेपालमा रेमिटेयान्स

    अनौपचारिक रूपमा हुन्डीमार्फत रेमिटेयान्स पठाउने चलन नेपालमा अहिले पनि छ र यद्यपि अहिले आएर रेमिटेयान्स कम्पनी र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचसँगै औपचारिक माध्यमबाट देशमा रेमिटेन्स पठाउने चलन बढ्दो छ । हुन्डीमार्फत आएको रेमिटेयान्सले नेपालमा विदेशी मुद्रा आर्जन हुँदैन ।

    पछिल्लो समयमा दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ र अहिले भइरहेको आर्थिक मन्दीमा व्यवसाय नै बन्द गरेर बिदेसिने युवाहरूको त झनै लर्को नै लागेको छ । गन्तव्य मुलुक पुगेपछि पहिलो दुई महिनाको पारिश्रमिकले कामदारले आफ्नै खाने बस्ने व्यवस्थापन गर्न खर्च गर्छन् । तेस्रो महिनादेखि उनीहरूले नेपाल रकम पठाउन सुरु गरेको पाइन्छ ।


    हाम्रो पात्रो रेमिट

    नेपालमा रेमिटेयान्स कारोबारलाई सरल र सुलभ बनाउने हाम्रो प्रयासका साथ हामीले हाम्रो पात्रो रेमिट सेवा पनि सुरु गरेका हौँ र आज, हाम्रो पात्रो हामीमाथि विश्वास गरेको र एक हिस्सा भएकोमा त्यहाँका सबै प्रयोगकर्ता र सरोकारवालाहरूलाई धन्यवाद पनि दिन चाहन्छ। नेपाल पैसा पठाउने सबैभन्दा राम्रो तरिका मानिदिनुभएको मा हाम्रो पात्रो रेमिटका सबै प्रयोगकर्ताहरूलाई अनेक धन्यवाद। रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रका रूपमा रहेको नेपाली परिवेशका लागि आजको यस दिवस असाध्यै महत्त्वपूर्ण छ । रेमिटेन्स अर्थात् विप्रेषणको सम्मान गरौँ र विप्रेषण पठाउने परिवारका सदस्यहरूको कदर गरौँ ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.