वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। शुक्र, सूर्य र मंगलको द्वितीय स्थानमा गोचरले गोपनीय कार्यहरूमा सफलता मिल्नेछ। संगीत र कलाको क्षेत्रमा विशेष सफलताका योग छन्। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आकस्मिक खर्चमा वृद्धि वा ऋण लिएर नयाँ लगानी लगाउनु पर्ला। आर्थिक निर्णयहरूमा विवेकको प्रयोग गर्नुहोस्। वैवाहिक सम्बन्धलाई लिएर समय राम्रो रहेको छ। १५ गतेबाट बुधको द्वितीय स्थानमा गोचरले आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। कँरियर वा व्यापार व्यवसायमा नयाँ अवसरहरू फेलापर्नेछन्। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। पाचन वा गुप्त रोग सम्बन्धी समस्या देखापर्ला। आँखा सम्बन्धी विषयलाई लिएर सचेत रहनुहोला।
View All monthly Rashifal
Liked by: