धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। लग्नमा सूर्य शुक्र र मंगलको गोचरले समाजमा मानसम्मान बढ्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। द्वादश भावमा बुधको गोचरले गर्दा आर्थिक पक्षलाई लिएर योजना बनाउँदा सावधानीपूर्वक बनाउनुहोला। दिखावा गर्न र धन खर्च गर्नबाट जोगिनुहोस्। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय चुनौतीपूर्ण रहनेछ। सूर्य र मंगलको सप्तम भावमा दृष्टिले गर्दा वैवाहिक सम्बन्धमा मानसिक तनाव र असमझदारी बढ्न सक्छ। १५ गतेबाट बुधको लगनस्थानमा प्रथम भावमा गोचरले वैवाहिक वा पारिवारिक सम्बन्धलाई मधुर बनाउनेछ। पढाइ वा प्रेम सम्बन्धलाई लिएर पनि महिना उत्तम देखिएको छ। विद्यार्थीहरूको बौद्धिक स्तरमा प्रगति हुनेछ भने बुध र शुक्रको योगले प्रेममा रोमान्स र आकर्षण बढ्नेछ। लामो समयदेखि चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सक्नुहुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो रहेको छ। कार्यक्षेत्रमा कामको तनावले शारीरिक थकान महसुस हुनेछ। घरमा मांगलिक कार्यको चर्चा हुनेछ।
View All monthly Rashifal
Liked by: