सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिहरूको लागि यो महिना उत्तम रहनेछ। शुक्र, मंगल र सूर्यको पञ्चम भावमा गोचरले आर्थिक स्थिति सबल रहनेछ। रचनात्मक कार्यमा वृद्धि हुनेछ। मित्रवर्गहरुबाट राम्रो साथ र सहयोग पाइनेछ। बुधको चतुर्थ स्थानमा गोचरले सम्पत्ति वा कार्यक्षेत्रमा लाभका योग छन्। पारिवारिक र वैवाहिक सम्बन्धको दृष्टिकोणले समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा सुमधुरता स्थापित गर्न सकिनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा राख्ने अवसर जुट्नेछ। घरेलु सुख सुविधामा वृद्धि हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको कलात्मक वा बौद्धिक स्तरमा विकास हुनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको तारिफ हुनेछ। प्रतिस्पर्धात्मक वा उच्च शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो देखिएको छ। निन्द्रा वा श्वास प्रश्वासको समस्याले सताउला सावधान रहनुहोला। नियमित व्यायाम र खानपिनमा ध्यान दिनुहोस् समय उत्तम रहेको छ।
View All monthly Rashifal
Liked by: