सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। धर्ममा रूचि उत्पन्न हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। साताको मध्यमा चलचित्रको कामले वा समाजसेवी कामले हजुरलाई चिनाउनेछ। विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त हुने सम्भावना छ। साताको अन्तिममा पुरानो र तितो सम्झनाहरूले मूड बिगार्न सक्छ। आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस्। कार्यक्षेत्रमा आफ्नो दक्षतामा विश्वास राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यो साताको शुभ रंग गुलाबी र कलेजी हो भने शुभ अंक २ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: