सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। हात लिएको कार्यप्रति इमान्दारिता रहनुहोला। साताको मध्यमा रचनात्मक कार्यमा रुचि बढ्नेछ। समस्या दर्शाउँदा साथ दिनेवाला प्रशस्त भेटिनेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा लेनदेनलाई लिएर सावधान रहनुहोला। ईर्ष्या गर्नेहरूले हजुरको कार्यशैलीको आलोचना गर्लान शान्त रहनुहोस्। सदैव भगवान शिवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग आकाशी र रातो हो भने शुभ अंक ५ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: