वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा धैर्य र व्यवहारिक सोचले विशेष लाभ दिलाउनेछ। आफ्नो लक्ष्यमा दृढ हुनुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सुरुवात गरेको नयाँ कार्यमा सफलता मिल्नेछ। आफ्नो आत्मविश्वास बढ्दै जानाले मनमा शाान्ति मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। आयआर्जन बढ्नेछ। खर्च नियन्त्रणमा रहनेछ। बचत गर्ने अवसर मिल्नेछ। आफ्नो समय, धन र जिम्मेवारीलाई व्यवस्थित गर्न सफल हुँदा आत्मसन्तुष्टि बढ्नेछ। घरायसी आवश्यकताका विषयमा गरेको निर्णय दीर्घकालसम्म उपयोगी बन्न सक्छ। मध्य सातातिर जीवनशैलीमा सानो परिवर्तनले ठूलो सहजता ल्याउन सक्छ। यो साता लक्ष्मिमातालाई सेतो फूल अर्पण गरी घ्यूको दीप बाल्नु शुभ रहनेछ। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ४ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: