वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र मंगलको सप्तम भावमा गोचरले साझेदारी व्यापारमा राम्रो आयआर्जन गर्न सकिनेछ। अनावश्यक खर्च वा ऋणको जोखिम बढ्नेछ साबधान रहनुहोला। ११ गते पछि शुक्रको सप्तम भावमा गोचरले गर्दा आर्थिक निर्णयहरुमा विवेकको प्रयोग गर्नुहोला। शुक्रको सप्तम भावमा गोचरले वैवाहिक सम्बन्धमा समझदारी बढ्नेछ। प्रेम र रोमान्समा आकर्षण बढ्नेछ। करियर र नोकरी वा पेशाको लागि यो महिना राम्रो रहेको छ। सेवामूलक कार्यबाट विशेष लाभ आर्जन गर्न सक्नुहुनेछ। आर्थिक पक्षमा जोखिमपूर्ण गतिविधिबाट जोगिनुहोस्। स्वास्थ्यको दृष्टिकोणले महिना उत्तम रहेको छ। पाचन तन्त्र सम्बन्धी समस्याको समाधान हुनेछ। सदैव भगवतीको ध्यान गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal
Liked by: