तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वाहन चलाउँदा सावधान रहनुहोला चोट लाग्ने सम्भावना रहेको छ। अरुको ईर्ष्याले गर्दा व्यापारमा हानि हुन सक्ला। रचनात्मक वा कलात्मक क्षेत्रमा प्रसिद्धि मिल्नेछ। साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रशन्न रहनेछ। विशेष गरि महिलाहरूलाई घरेलु कामको चासो बढ्नेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। राजनैतिक क्षेत्रमा प्रभाव बढ्नेछ। भगवान शिवलाई समीपत्र अर्पित गरौं। यो साताको शुभ रंग रातो र पहेलो हो भने शुभ अंक ४ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: