आउँदा दिनहरु
-
२माघ
-
११माघपुत्रदा एकादशी व्रत ९ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ११ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस १४ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १८ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस २० दिन पछि
-
२६माघषट्तिला एकादशी २४ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २५ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २७ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २९ दिन पछि
-
२फागुनप्रणय दिवस ३० दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत ३२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस ३५ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३६ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३९ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ४० दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ४५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४७ दिन पछि
-
२४फागुननारी दिवस ५२ दिन पछि
-
२५फागुनविजया एकादशी ५३ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ५५ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५९ दिन पछि
-
९चैतजल दिवस ६६ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६८ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६९ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ७२ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७९ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ८० दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ८३ दिन पछि
-
२९चैतघोडेजात्रा ८६ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८७ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८८ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३९२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३९४ दिन पछि
साहित्य / ब्लग
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
- "Global Newah: The Next Milestone" Virtual Conference scheduled on 10th Anniversary of World Newah Organization
Aunshi
घोडेजात्रा | विश्व क्षयरोग दिवस

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा-किस्साहरू जिवितै छन् । यूरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडिहरुको आविष्कार नहुँदा घोडा मात्र एउटा भरपर्दो र छिटो सवारीको माध्यम थियो । विश्वका प्राचीन ठूल्ठूला यूद्धहरु चाहे त्यो महाभारत यूद्ध होस्, नेपोलियन बोनापार्टको यूद्ध होस् या मङ्गोल कन्क्वेष्टहरु सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिक्तम प्रयोग भएको थियो ।
अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात 'अश्व'लाई अत्यन्तै महत्वपूर्ण जीवको रुपमा लिईएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पूण्य प्राप्त हुने महान यज्ञ नै 'अश्वमेघ यज्ञ' हो, जसमा सैयौँका संख्यामा घोडाहरुलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरु जहाँ-जहाँ सम्म पूग्दछन् त्यहाँ शान्ति, साैहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्नसक्ने घोडाहरुको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाण्डौमा घोडेजात्रा मनाईदै छ । चाहे काठमाण्डौको विभिन्न ठाँउमा रहेको राणहरुको अनि अन्य विभिन्न योद्धाहरुको सम्झना शालिक या तस्वीर होस्, घोडाहरुको उपस्थिती जरुरी हुन्छ । नेपोलियन देखि कुब्लाई खाँ सम्म अनि जङ्ग बहादुर देखि मोहन शमशेरसम्मका प्रतिमा, मुर्ती या तस्वीरहरुमा घोडाको उपस्थितीलाई सानका साथ हेरिन्छ । काठमाण्डौको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा यूगौं यूतान्तरदेखि काठमाण्डौको टुँडिखेलमा अविछिन्न अनि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको छ ।
घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौको टुँडिखेलमा हज्जारौं सर्वसाधारणकाबिच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् । घोडे जात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकाैशलहरूको प्रदर्शनी शुरु हुन्छ । यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौ अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरुले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दछ । त्यसका अलवा सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्नखाले अश्वकला, मोटरसाईकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्ने गर्दछ । काठमाण्डौमा हुनुहुन्छ भने आजको दिन यस जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको प्रथम दिन लुकुमहादेवको पूजाअर्चना गर्दै बलि चढाउने चलन छ, असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरुलाई एकआपसमा ठोक्काउँदै दुई दिदिवहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरुलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्रावाट विवाहित छोरी र दिदिवहिनीहरुलाई माईतमा वोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडेजात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किवंदन्ती प्रस्तुत गरौँ,
घोडेजात्रा किन मनाईन्छ ?
काठमाडौ वासीहरुले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रमनै घोडेजात्रा मनाउन पछाडीको एउटा कारण हो । कथा यसरी शुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने बुढापाकाहरुको भनाई छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।
घोडेजात्रामा उपत्यकामा हुने विशेष क्रियापलापहरु
आजको विशेष दिन काठमाण्डौ उपत्यकामा एउटा अद्भूत दैवीय मिलन हुने गर्दछ । आउनुहोस्, हामी वेलिवस्तार लाउँदैछौ.....
आजको दिन भद्रकाली, लुमडि, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याईन्छ । वर्षमा आजको दिनमात्र यस्तो दिन हा जब यि सबै भैरव प्रतिमाहरुले एकअर्कालाई भेट्दछन् । यसअर्थमा हामीले आजको दिनलाई दैविय मिलनका रुपमा ब्याख्या गरेका हौं ।
घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननिय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेललाई डाक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सिमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाण्डौ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।
पाटनको वालकुमारी क्षेत्रमा आजको दिन स्थानिय घोडाहरुलाई मदीरा खुवाएर चढ्ने चलन छ । यसरी मदीराको नशामा रहेका घोडाहरु हिँडेको अनि कुदेको हेरेर रमाईलो मान्ने चलन पनि रहेको छ । सुस्तरी यस्ता चलनहरुमा कमी भने आँउदै गएको छ । स्मरण रहोस्, एकिकरण पछी पनि भक्तपु, पाटन अनि काठमाडौका विच आजको दिन अर्थात घोडेजात्राको दिन कुन शहरमा कस्को घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो, यस जात्राको रगंमा उपत्यकाका शहरहरु आज पनि आ आफ्नै ढगंमा रंगिने गरेका छन् । आजको दिनको शुभकामना ।
विश्व क्षयरोग दिवस
हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ ।
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस अर्थात अग्रेजीमा Tuberculosis हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।
आज मेडिकल बिज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । बिकासोन्मुख देशहरुमा यो जोखिमदर त झन बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।
नेपालको क्षयरोगको तथ्याकं झन भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरु को उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि सबै जिल्लाहरुमा हुनेगरि डट सेवा केन्द्रहरु रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरिय मानिन्छ ।
स्मरण रहोस नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाँउघरमा क्षयरोग बिरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग बिरुद्ध देशैव्यापी जागरण ल्याउने र चेतना फैलाउने उदेश्य पनि राख्दछ ।
३ हप्ता या बढि देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन पर्दछ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्दछ । क्षयरोग संग अब डराउनु पर्ने चाँही छैन किनभनें नेपालमा क्षयरोगको निशुल्क उपचार निशुल्क छ, केवल नजिकैको स्वास्थकेन्द्रमा सम्पर्क राखेमात्र पनि उपचार र ओखती पाउन सकिन्छ ।
५ बर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरुमा यस संक्रमण फेरि देखिन सकिन्छ ।औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै बिवेकी कार्य हो हैन र रुयस रोग बिरुद्ध सबैजना सचेत बनौं अनि स्वस्थ रहौं । अन्तराष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२माघ
-
११माघपुत्रदा एकादशी व्रत ९ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ११ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस १४ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस १६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १८ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस २० दिन पछि
-
२६माघषट्तिला एकादशी २४ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस २५ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २७ दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २९ दिन पछि
-
२फागुनप्रणय दिवस ३० दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत ३२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस ३५ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ३६ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३९ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ४० दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ४५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४७ दिन पछि
-
२४फागुननारी दिवस ५२ दिन पछि
-
२५फागुनविजया एकादशी ५३ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ५५ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५९ दिन पछि
-
९चैतजल दिवस ६६ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६८ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६९ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ७२ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७९ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ८० दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ८३ दिन पछि
-
२९चैतघोडेजात्रा ८६ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८७ दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८८ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३९२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३९४ दिन पछि
साहित्य / ब्लग
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- साट्न आएन
- मेरो खुसी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
- नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबर जडान
- MISS UNIVERSE NEPAL COMES WITH PROMISING AVENUES FOR PAGEANT LOVERS IN NEPAL
- सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल
- "Global Newah: The Next Milestone" Virtual Conference scheduled on 10th Anniversary of World Newah Organization

Liked by: