आज मनमा लागेको कुरा पूरा गर्ने सोच बढ्नेछ। धेरै कुरा एकैपटक गर्नुभन्दा एउटा काम राम्ररी सकाउनु राम्रो हुनेछ। कसैको कुराले नयाँ तरिकाले सोच्न प्रेरणा दिन सक्छ। दिनभरि शान्त भएर अघि बढ्दा सजिलो महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

परमा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पवित्राले आफू आफ्नो पतिको जुनै निर्णयमा पनि साथ रहेको बताउँदछिन् तथापि पवित्राको आशय पतिलाई एक्लै परदेश पठाउने कुराको समर्थनमा हुँदैन । र त्यसै समय कौडिन्य मुनी उनीहरूको घरमा आइपुग्दछन् । मुनीलाई आफ्नो वरकत र गक्ष अनुसार स्वागत सत्कार गरेर पतिव्रता पवित्राले दरिद्रताको हरण गर्ने उपायका बारेमा प्रश्न गर्दछिन् । पुरुषोत्तम मासको कृष्ण पक्षको परमा एकादशीको व्रत महिमालाई दरिद्रता नाश अनि समस्याको मुक्तिसँग जोडेर मुनीले क्रमशः सुमेधा र पवित्रालाई व्याख्या गर्दछन् । यस एकादशीको व्रतले पाप, दरिद्रता अनि हानी क्षय सँग जोडेर मुनीले व्याख्या गर्दछन् ।
यसै व्रत लिनका लागि भगवान् शिवले धनका राजा कुबेरलाई भनेको कुरा देखि यसै एकादशीको व्रतका कारणले राज्य अनि घरबार प्राप्त गरेका राजा हरिसचन्द्रसम्मका उदाहरण मुनीले सुमेधा र पवित्रालाई बताउँदछन् । यसरी यस परमा एकादशीको व्रत मनोहर कथा श्रवण गरेपछि सुमेधा र पवित्राले यसै अनुरूप गर्दछन् र उनीहरूको कष्ट र दरिद्रता निवारण भएको भनी एकादशी महात्मामय उल्लेख गरिएको पाइन्छ । कता कता सुमेधाको कथा अहिलेको नेपाली परिवेशसँग मिलेको पनि भान हुने रहेछ, कमाई का लागि विदेश जाने सोच अनि भाग्यले नदिएको साथ आदि। यस परमा एकादशीको मनोहर सयलले नेपाल भूमिमा सकल भाग्य, कर्म अनि भक्ति सञ्चार गरोस् ।

के तपाईंले कहिल्यै परमा एकादशीको व्रत बस्नु भएको छ?
परमा एकादशी व्रत विधि
एक्लिन अगावै अर्थात् दशमीबाटै तामसी भोजन नगरी शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ ।
बिहानै श्रीमान् श्रीमती उठेर प्रातकालिन स्नान गर्ने र सम्भव भएसम्म पतिपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्मैको कथा श्रवण, भोजन नगरी भक्ति भावमा लीन हुने अनि तनमन दुवैको शुद्धीकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ ।
एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रातः स्नान गरेर अनि पञ्च रात्रिकी व्रत बस्न र दान पुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा पाइन्न, ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशी विशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्मै अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ ।
यस एकादशीमा भगवान् विष्णुलाई फुल, धूप, बत्ती लगायत हाते पखां पनि चढाउने चलन छ । नजिकैको विष्णु मन्दिरमा जाने अनि भक्ति भावका साथ हरिको नाम उच्चारण गर्ने भजन गाउने, दान पुण्य गर्ने लगायत विष्णु सहस्त्रानाम पुस्तक समेत पढ्ने गरिन्छ । यस एकादशीको भक्तिपूर्वक व्रत लिने कसैलाई पनि दुख्न नहुने भनी एकादशी महात्मामय उल्लेख गरिएको छ ।
एउटा सामान्य वर्षमा २४ वटा एकादशी हुन्छन् तर पुरुषोत्तम मासमा एकादशी बढेर २६ हुने गर्दछ । यसरी अधिक मासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् । परमा एकादशीलाई हरिवल्लभ एकादशी पनि चलन छ ।
“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”
यसको अर्थ हुन्छ: मलाई भगवान् नारायणको शरणमा पर्न देऊ, भगवान् वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान् विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको ३ वर्षपछि मात्र पुन परमा एकादशी आउनेछ, यस पावन तिथिको सबैलाई शुभकामना । सबैको मन अनि तनमा हरिको वास होस्, मनमा दया होस् अनि आँखामा करुणा होस् ।
परमा एकादशी, ३ वर्षमा एकफेर आउने एकादशी
कृष्ण र युधिष्ठिरको संवाद
युधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको व्रत कसरी लिने अनि यसको महिमा के हो भनेर ? उत्तर दिन स्वयम भगवान् श्री कृष्ण विराजमान हुनुहुन्छ, आउनुहोस् आज यहीँबाटै सुरु गर्दछौँ परमा एकादशीको व्रत कथा ।
चेतनाका स्वामी श्री कृष्णले यस साहसी दिनलाई अनि पवित्र तिथिलाई परमा एकादशी भनिन्छ भनेर आफ्नो उत्तर सुरु गर्नुभयो । यस एकादशीको व्रत लिनाले जीवनको सार्थकता प्राप्त हुने, समस्त पाप क्षय हुने दुख कष्ट दूर हुने अनि मोक्ष प्राप्त हुने बताइन्छ । यस एकादशीमा स्वयम श्री कृष्णकै अर्चना गरिन्छ, युधिष्ठिरको प्रश्नलाई उत्तर दिँदै श्री कृष्णले कम्पील्य नगरको एक जना साधुबाट आफूले सुनेको एउटा व्रत कथा सविस्तार सुनाउनुहुन्छ । यस एकादशी अधिक मास अर्थात् पुरुषोत्तम महिनामा मात्र पर्ने भएकाले केवल ३ वर्षमा मात्र एकफेर आउने गर्दछ, अतुलनीय फल भएको यस एकादशी विशिष्ट अनि व्यापक छ। आउनुहोस् यस एकादशीको मनोहर कथा श्रवण गरौँ ।





