
विश्व बालश्रम विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो त बालश्रम?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने “बालश्रम” बालबालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक अथवा मानसिक श्रम हो । बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्ने, स्कुल जान पाउने जस्ता बालबालिकाको हक अधिकारमा अवरोध पुग्ने नियमित कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।

बालश्रममा संलग्न बालबालिकालाई सहयोग गर्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
“विश्व बाल श्रम विरुद्धको दिवस”को उद्देश्य
“विश्व बाल श्रम विरुद्धको दिवस”को प्रमुख उद्देश्य विश्वव्यापी स्तरबाटै बाल श्रम हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा सरोकारवालाहरूको ध्यान केन्द्रित गर्नु हो। हरेक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यो दिवस मनाइन्छ ।
नेपालमा बालश्रम
बालश्रम हरेक वर्ष लगभग एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका १० लाख भन्दा धेरै बालबालिका बालश्रममा छन् भन्ने अनुमान छ। तीमध्ये लाखौँ बालबालिका जोखिमपूर्ण काममा पनि संलग्न छन्। नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ। सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष सोचेजस्तो सफल हुन सकेको छैन ।
यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ । सबै ऐन, कानुनहरू र महासन्धिहरूको अक्षरशः पालना होस् । बालश्रम जरैबाट उखेल्न नेपाल सक्षम होस् । शुभकामना ।


प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।



आज मनमा लागेको कुरा पूरा गर्ने सोच बढ्नेछ। धेरै कुरा एकैपटक गर्नुभन्दा एउटा काम राम्ररी सकाउनु राम्रो हुनेछ। कसैको कुराले नयाँ तरिकाले सोच्न प्रेरणा दिन सक्छ। दिनभरि शान्त भएर अघि बढ्दा सजिलो महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।



