International Day for the Elimination of Racial Discrimination | अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस | २०७६ चैत ८ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Mar/Apr 2020
२०७६ चैत

शनिवार
Mar 21, 2020
Dwadashi
अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस ( International Day for the Elimination of Racial Discrimination )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस





संसार अनि सभ्यता अनौठो छ, शुरुशुरुमा ससाना समुह र समुदायमा बस्ने मान्छेहरुले क्रमशः समाज, सभ्यता, भाषा, कृषी, पेशा, शिक्षा, ब्यवसाय, मुद्रा अनि थुप्रैकुराहरु आविष्कार र प्रयोग गर्दै यो सभ्यता आजको २१सौ शताब्दीसम्म आईपुगेको कुरा जगजाहेर नै छ । तर यहि सभ्यताका क्रममा केही असमानता अनि गैरमानवीय चलनहरु पनि भित्रिएको छ, त्यस मध्य एउटा चलन अनि प्रयोग हो, रंगभेदि परम्परा ।

काला र गोराका विचमा हुने भेदभाव अनि दासप्रथाका केही बाँकी पारम्पारीक अवशेषहरुका विरुद्धमा आजभन्दा ५२ वर्ष अगाडिवाट हरेक वर्षको मार्च २१ तारीखका दिन जातीय भेदभाव विरुद्धको दिवस मनाईने गरिएको छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजकै दिन जातीय भेदभाव विरुद्ध निकालिएको शान्तीपूर्ण र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जना को निर्मम हत्या गरेको संझनामा आजको दिवस मनाईन्छ ।

संसार भरि विभिन्न र्याली, जनचेतनामुलक कार्यक्रम अनि कार्यशाला गरीदै यस दिवस मनाईन्छ । जात अनि जातीय विभेद आज पनि संसारभरिका देशहरुमा कुनै न कुनै रुप या तवरमा जरो गाडेर वसेको छ । आउनुहोस नेपालको सन्दर्भ हेरौ, अहिलेपनि वुवाआमाले छोराछोरीको लागी वरवधु खोज्दा प्रथम मापदन्ड हुन्छ, जातीय समानता । अन्तरजातीय विवाहलाई सहजै स्वीकार गर्ने नेपाली परिवारहरु कति छन्, के तपाई हाम्रो परिवारले अन्तरजातीय विवाहलाई सहज स्वीकार गर्दछ, मनन योग्य कुरा हो ।

आफ्नै जातमा स्वजातीय विवाह गर्नु नराम्रो त पक्कै हैन तथापि अर्को जातलाई आफ्नो परिवारमा सहर्ष स्वीकार गर्न नसक्नु भने विभेदको स्वरुप हो । गाँउगाँउमा अझै पनि आफ्नो जातकै कारणले छिछि दुरदुर सहन गरेर, संकुचीत काममात्रै गरेर, विभेद सहेर अनि आफू र आफ्ना परिवारलाई दोश्रो श्रेणीको नागरीक या अनागरीककै रुपमा बाँच्ने परिस्थितीमा रहेका परिवारजनहरु थुप्रै छन् ।

केही दशक यता आफ्ना समानताकालागी वोल्ने अनि पैरवी गर्ने सँस्कारको विकास भने हुँदै आएको छ । ईतिहास कोट्याँउदा नेपाल एकीकरण पछी कार्य विभाजन अनुरुप जातीय संरचना तैयार गरिएको थियो तर क्रमशः कार्यप्रति समान दृष्टि नभएर साना ठूला कार्य र साना कार्य गर्ने जातलाई निच ब्यवहार देखाउन थालेपछी जातीय उत्पीडनका श्रृखंलाहरु बढेका हुन् । राणा शासनको क्रममा यस्ता कुराहरुले अझ प्रश्रय पाएका उदहारणहरु प्रशस्तै छन् । एउटा तथ्य भने प्रष्ट छ, पेशा प्रतिको समान दृष्टि नहुन्जेलसम्म जातीय उत्पीडन कायम नै रहन्छ ।

विचार गरौँ न, एउटा फलामको काम गर्ने ब्यवसायीले आफ्नो शिल्पको प्रयोग गर्दै, पगालेर अनि ठोकेर त कहिले खुटाले थिचेर अनि हातले वनाएर तैयार गरेको भगवानको मुर्ती अन्नतः मन्दीरमा छिरेपछी त्यस्को निर्माणकर्ता अनि फलामका शिल्पकार सर्जक आँफै मन्दीर भित्र जानवाट रोकीन्छन् ।

के यो सही हो?  नेपालका चोक अनि चौराहमा रहेका यस्ता कैयन मन्दीर अनि मुर्तीहरु लाई पूजागर्न तिन्का सर्जक अनि उन्का पुस्ताहरुलाई रोक लगाईएका छन् । यी त केवल उदहारण मात्र हुन्, सिलाईएका कपडाहरुलाई लगाउन हुने तर सिलाउनेलाई विभेद गर्ने परम्परा, जुत्ता र छालाका सामग्री लाई सम्पन्नताको प्रतिक मान्ने तर त्यस्का सर्जकलाई विभेद गर्ने यस्ता धेरै पेशागत विभेदले जातीय असमानता र उत्पीडन निम्ताएको छ ।

अर्कोतर्फ जातीय विभेद भन्ने वित्तिकै विभेदकारी नेतृत्वका रुपमा बाहुन अनि क्षेत्री जातलाई बुझ्नु पनि एउटा प्रतिउत्पादक कदम हो, आर्थिक रुपमा सबल नभएका विभिन्न वा्रहमण अनि क्षेत्रिय लगायत अन्य जातीय समुदायहरु विभिन्न प्रकारको जातीय उत्पीडन र असमान सामाजिक मुल्य मान्यताको शिकार भएका छन् । यसअर्थमा जातीय उत्पीडन कमगर्न आर्थिक क्रान्तीको पनि जरुरत छ ।

सतीप्रथा, दासप्रथा हुँदै विस्तारै कमैया प्रथा, कमलरी प्रथा आदीको अन्त्य गर्दै आएको स्वतन्त्र अनि समान नेपाली समाजले जातीय उत्पीडनका मुद्धाहरुलाई जरैवाट फाल्न जरुरी छ ।

हरेक मानव आफ्नो जात, धर्म, पेशा या अन्य कुनै पहिचान वाहिर एउटा सर्वब्यापी र वृहद पहिचान, मानव पहिचानका रुपमा समान छ । कुनै पनि ब्यक्ति समाज, सरकार या समुहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरुको मर्यादा माथी आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका ईतिहासलाई समापन गर्दै नयाँ पानाहरु कोरौ । नेपाली समाजमा बिधमान रंगभेद या जातियभेद या अन्य जुनसुकै प्रकारको बिभेदहरुको अन्त्य गरांैं ।

आजको दिनको महत्व मनन गरौ, सबैको जय होस ।

हाम्रो पात्रोका लागी सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.