World Consumer Rights Day | विश्व उपभोक्ता अधिकार दिवस | २०७७ चैत २ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Mar/Apr 2021
२०७७ चैत

सोमवार
Mar 15, 2021
Dwitiya
विश्व उपभोक्ता अधिकार दिवस ( World Consumer Rights Day )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विश्व उपभोक्ता अधिकार दिवस





हरेक मान्छे उपभोक्ता हो, क्रय अनि विक्रय मानव सभ्यताका अपरिहार्य कारोवारहरु हुन् । परापूर्व कालदेखिनै हामीले क्रय विक्रय अर्थात खरिद र बिक्रि अनि वस्तु तथा सामानहरुको उपभोग गर्दै आएका छौ । प्रकृती हाम्रो सबैभन्दा ठूलो उपभोग श्रोत हो, श्वास फेर्ने हावा, पिउने पानी, आकाश, न्यानो घाम, चिसो वतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका कुराहरु हुन् जुन विना हाम्रो मानव अस्तित्वको अर्थ छैन र यस्ता प्राकृतीक उपभोगका लागी मानव धेरैहदसम्म स्वतन्त्र र निशुल्क उपभोत्ता हो ।

तर बजारमा पाईने विभिन्न वस्तु तथा सेवाहरुको क्रय अनि विक्रयसँगै उपभोक्ताका अधिकारका मुद्धा अनि तथ्यहरु आँउदछन् । यिनै उपभोक्ताका अधिकारका लागी पैरवीगर्नका लागी हरेक वर्षको १५ मार्चमा संसारभरिका देश, देशवासी अनि उपभोक्ताहरुले उपभोक्ता अधिकार दिवस मनाउने गर्दछन् । यस दिनले सन् १९६२ मा अमेरिकी राष्ट्रपती जोन अफ केनेडीले प्रथम पल्ट उपभोक्ता अधिकारका अवधारणा ल्याएको दिनको संझना गर्दछ ।

शुरुवात कालमा खोलाको किनारमा लाग्ने वजारहरुमा मान्छेहरुले सामान अनि सेवाहरुसँग सामान अनि सेवाहरु साटासाट गर्दथे, मकै भएकाले कोदो अनि आलुभएकाले धान साटासाट गर्दथे, भनाईको तात्पर्य यसरी वस्तु तथा सेवाको विनीमय गरिन्थ्यो जहाँ आफूसँग भएकासामानको साटो अन्य आफूसँग नभएका सामान विनिमय गरिन्थ्यो । सुस्तरी पैसा अर्थात मुदा्रको चलन आयो, अहिलेको संसार हाम्रो सामु छर्लगै छ ।

अब त सामान किन्न वजार पनि नगईकन घरवाटै ईन्टरनेटवाट हेरेकै भरमा सजिलै मगाउन सकिन्छ । यस्ता यूगान्तकारी उपभोग शैलीका परिवर्तन सँगै अवसर र चुनौती दुबै हाम्रो सामु आएको छ ।  स्मरण रहोस संसारका ४० प्रतिशत वासिन्दाहरु अहिले अनलाईन माध्यमहरुमा संलग्न रहेका विभिन्न विश्वब्यापी अध्यनहरुले देखाएको छ । नेपालमा भने अझै पनि भरपर्दो अनलाईन पेमेन्ट गेटवेहरु सबैसमक्ष परिचित छैनन, तर सुस्तरि अनलाईन वजार नेपालमा पनि वढ्दो क्रममा छ ।

आजको विश्व वजारमा उपभोक्ताहरु ठगीन सक्ने र अन्यायमा पर्न सक्ने प्रशस्तै खाडलहरु देखिएको छ, आजको दिन यसै विषयमा छलफल गर्दै एउटा फेयर ट्रेड अर्थात पारदर्शी ब्यवसायको पैरवी गरिन्छ । दुधमा पानी, घयूमा वनस्पती घयू, मरिचमा मेवाका सुकेका दाना, शिक्षामा विभिन्न अवास्तविक कुराहरुका शुल्क, खानामा आकासिँदो मुल्य र झर्दो गुणस्तर, स्वास्थ्य उपचारमा अपारदर्शी मुल्यहरु लगायत अन्य चरम उपभोक्ता अधिकारका हननहरु हामीले भोगीरहेका छौ । नेपालजस्तो विकासोन्मुख देशमा उपभोक्ता अधिकारको हरेक पटक खिल्ली उडिरहेको हुन्छ, उपभोक्ता अधिकारका त के कुरा ? पैसा तिर्छु भनेर सैयौ घन्टा लाईनमा उभिँदा समेत ईन्धन लगायत अत्यावश्यक कुराहरुनै नपाउनु हामी नेपालीको दिनचर्या नै भईसक्यो । औषधी नपाएर मृत्यू शैयाका विरामीहरु छपपटिएका देखि स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम नै देशब्यापी रुपमा प्रभावित भएका कुराले नेपाली अवस्था छर्लगं पारेकै छ । संसारभरि तेलको भाउ स्वातै घटेका बेला पनि हामी नेपालीहरु संसारकै गरिब मुलुकमध्य परेर पनि संसार भरिकै महँगो मुल्यमा तेल खरिद गर्दछौ त्यो पनि घन्टौ लाईनमा वसेर, आजको दिन सरकार अनि समुदाय नेपाली उपभोक्ताको यो हविगत प्रति संवेदनशील हुन जरुरी छ ।

दुधमा भएका कोलिफर्म, पुष्टकारी का कथा, सार्वजनिक यातायातका मनपरी भाँडा, स्कूलै पिच्छेको फरक चर्को शुल्क, अस्पतालका हृदय विदारक घटना अनि शुल्कका फेरिहिस्तहरुले उपभोक्ता अधिकार प्रति उदासिन नेपाली सरकार र नेपाली औसत जनमानसको कारुणीक अवस्थाको वयान गर्दछ । विदेश जाने नेपाली दाजुभाईहरुलाई यहाका कम्पनीले अनि विदेश पुगेपछी पनि ठगिने हविगतका साथै दिनहुँजसो काठका वाकसमा फर्केका निमुखा नेपालीहरुको दर्दनाक कथाले पनि वैदेशिक कामदारहरुको अधिकार र उनिहरुले एउटा वैदेशिक कामदार भएर जान चाँहदा सहजीकरणकालागी वसेका कम्पनीहरुको उनिहरु प्रतिको जवाफदेहिता र दिएको सेवाका्े जिम्मेवारीपना को ब्याख्या गर्दछ ।

अर्कोतर्फ हरेक विक्रेता क्रेता हो अनि हरेक क्रेता विक्रेता हो । हामीहरु कतै आफ्नो समय या सीप वेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्दछौ, यो एउटा वृत हो । क्रय र विक्रय दुबैमा पारदर्शीता जरुरी छ ।

किनेको सामानको या सेवाको चित्तपर्दो मुल्य र गुणस्तर नलागे विरोध गर्न नहिच्किचाऔ, वस्तु एवं सेवा खरिद पछी विल माग्न नभुलौ र कृही परेमा गुनासाहरु सरकारी संयन्त्र या समबन्धीत जिल्ला विकास कार्यलय या खाध गुणस्तर कार्यलयमा गरौ ।

विहन उठेर दाँत माझ्ने व्रश र पेस्ट देखि लगाएका लुगा, चढेका गाडी अनि हाल्ने ईन्धनसम्म अधिकांश विदेशी उत्पादन प्रयोग गर्ने नेपाली भुमीमा स्वदेशी उत्पादन अनि ब्यवसाय र उत्पादन मुखी अर्थतन्त्रको वकालत गर्दै दिघो विकासमा टेवा पूर्याउने संयन्त्रको परिकल्पना साकार होस् ।
हरेक उपभोक्ताहरुलाई शुभकामना

हाम्रो पात्रोकालागी सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.