Sombare Aunshi Wrata/International Day of Human Space Flight | सोमबारे औंसी व्रत/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस | २०७७ चैत ३० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2021
    २०७७ चैत
    ३०
    सोमवार
    Apr 12, 2021
    चैत कृष्ण औंसी
    सोमबारे औंसी व्रत/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस ( Sombare Aunshi Wrata/International Day of Human Space Flight )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सोमबारे औंसी व्रत | अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस




    सोमबारे औंसी व्रत विशेष अडियो सामग्री

    सोमबारे औंशीको एउटा प्रसंग गएर बिसं १९९० सालको माघ २ गतेको महाभुकम्पसंग गएर ठोकिन्छ, आउनुहोस् आज बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको सन्दर्भ जोडौं । बिसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टरस्केलको भुकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औंशी परेको थियो । त्यस दिन सोमबारे औंसी थियो। अनि त्यस दिन बेलुका मकरराशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।

    आज पनि सोमबारे औंसी हो। महाभुकम्प पछि सोमबारे औंशीलाई त्रास अनि भयका साथ पनि हरेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औंशीको महात्मय अनि महत्व शदियौं देखि अविछिन्न अनि अटुट छ ।

    यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन ूसोमबारे औंशीूको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे

    औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।


    पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरि कलीयूगको शुरुवात संगै धर्तिमा सोमबारे औंशीका तिथिहरु बढ्दो पर्न थाल्यो । कलीयूगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ । ल है यस सोमबारे औंशीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?

    जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी। तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ।

    हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ।


    अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस

    कुरा आज भन्दा लगभग ६० वर्ष अगाडिको हो । अन्तरिक्षयात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल ७ को संयूक्त राष्ट्र संघको महासभाको ६५औं संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेको हो ।

    रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रुपमा मनाउँदछ भनें पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।

    आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ । नेपालका हकमा यस वर्षको अन्तरिक्ष मानव विमान दिवसले नौलो महत्व बोकेको छ । यसै वर्ष नेपालका विधार्थीहरु मिलेर गरुडा नामक नेपाली रकेटको प्रक्षेपण जाँच सफल पनि भएको छ । यस रेकटको प्रक्षेपण अनि विकासका उपलव्धीहरु सहित नेपाली वैज्ञानीकका समुह अमेरिकामा हुने स्पेसस्पोर्ट अमेरिका कपमा पनि सहभागी हुनेछन् ।

    आकाश पन्चतत्वमध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्व हो । आकाश अनि अन्तरिक्षले मानवको मष्तिष्कमा धेरै कोतुहलता र प्रश्नहरु उत्पन्न गरेको छ । चन्द्र छुने ईच्छा, आकाश टेक्ने अनि बादलहरु माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सुत्रहरु, मानवले सँधै खोजिनैरहेको हुन्छ ।

    यसै गरि अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधीको सहायताले मानव आज मंगल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरुको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरु गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलव्धीहरुको चर्चाका साथै चुनौतिहरुको समीक्षा पनि गर्दछ ।

    यस दिवसको सबैलाई शुभकामना ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.