आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत २ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ७ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२६माघषट्तिला एकादशी १७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १८ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २० दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २२ दिन पछि
-
२फागुनप्रणय दिवस २३ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत (सरस्वती पूजा) २५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३२ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३८ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४० दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२५फागुनविजया एकादशी ४६ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४८ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५२ दिन पछि
-
९चैतजल दिवस ५९ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६२ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६५ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७२ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७३ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७६ दिन पछि
-
२९चैतघोडेजात्रा ७९ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८० दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८१ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८५ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८७ दिन पछि
-
२फागुनप्रणय दिवस ३८८ दिन पछि
साहित्य / ब्लग
- उडान
- जीवन बिताउन पनि
- आनन्द लिन्छु
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत
Ekadashi
कामिका एकादशी | कर्कट सक्रान्ति | लुतो फाल्ने दिन | दक्षिणायन आरम्भ

कामिका एकादशीको महात्मय श्रीकृष्णका शव्दमा
आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ ।
यूधिष्ठिरले कृष्णसंग प्रश्न गर्दै भनेको प्रसंग यहाँ छ । हे गोबिन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रतामृत कथा बताईदिन आग्रह गर्दछु ।
कृष्णको उत्तर यसप्रकार छ ।
ओहो राजा यूधिष्ठिर, सत्यवक्ता अनि महान साधु, अवश्य पनि म तपाँईलाई यस एकादशीको बारेमा सविस्तार सुनाँउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पापमोचन गरि मुक्ति पनि दिन्छ, आउुनहोस् बताँउछु ।
थोरै अर्को एउटा प्रसंग जोड् चाहन्छौं, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसंग छ । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठूलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौं, आफूभित्रै आफैसंग लडाँई गर्दछौं अनि पाखयडी स्वाभिमानको हाँसो हाँस्दछौं । यस एकादशीले वडो चित्ताकर्षक रुपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्तिमार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरि व्रत लिनेले पाँउदछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ ।
प्रातकालमा उठेर स्नान गरि तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ति, धुप आदि चढाउने अनि सूर्योदय पश्चात व्रतकथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैं यस एकादशी व्रतकथा चाँही विशेष पाइन्न, अमुक गाँउका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्दछ । ब्रह्महत्या अझ भनौं मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरुले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाँउदछन् ।
तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्यूको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदिनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।
यस एकादशी एउटा अद्भूत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।
कर्कट सक्रान्ति
असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।
श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।
यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।
तरार्इमा यो महिनाभरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउञ्जेल खुट्टामा चप्पल समेत नलगार्इ, चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राकोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धाम लगायतको बिभिन्न शिवालयहरुमा काँवरहरूको ठूलो घूँइचो रहने गर्दछ ।
श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।
यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।
श्रावणसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, श्रावणको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाँउघरका हिलो गोरेटोमा प्याट् प्याट् चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिडेको वाल्यकालका यादहरु पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !
लुतो फाल्ने दिन
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।
दक्षिणायन आरम्भ
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।
दक्षिणायनको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।
पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।
दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन। तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ।
दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरु पर्दछन् त्यसैकारण दक्षिणायनमा आकाशलाई बादलहरुले घेरेको पाइन्छ। व्रत एवं उपाशनाको लागि उत्तम मानिने यो समयमा सबैको भलो होस्।
------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको
आउँदा दिनहरु
-
११माघपुत्रदा एकादशी व्रत २ दिन पछि
-
१३माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४ दिन पछि
-
१५माघ
-
१६माघशहीद दिवस ७ दिन पछि
-
१८माघविश्व कुष्ठरोग दिवस ९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ११ दिन पछि
-
२२माघविश्व क्यान्सर दिवस १३ दिन पछि
-
२६माघषट्तिला एकादशी १७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस १८ दिन पछि
-
२९माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २० दिन पछि
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/कुम्भ संक्रान्ति २२ दिन पछि
-
२फागुनप्रणय दिवस २३ दिन पछि
-
४फागुनवसन्तपञ्चमी व्रत (सरस्वती पूजा) २५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस २८ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस २९ दिन पछि
-
११फागुनभीमा एकादशी व्रत ३२ दिन पछि
-
१२फागुनभिष्म द्वादशी ३३ दिन पछि
-
१५फागुन
-
१७फागुनशून्य भेदभाव दिवस ३८ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४० दिन पछि
-
२४फागुननारी दिवस ४५ दिन पछि
-
२५फागुनविजया एकादशी ४६ दिन पछि
-
२७फागुनमहा शिवरात्री / नेपाली सेना दिवस ४८ दिन पछि
-
१चैत
-
२चैतविश्व उपभोक्ता अधिकार दिवस ५२ दिन पछि
-
९चैतजल दिवस ५९ दिन पछि
-
११चैतविश्व क्षयरोग दिवस ६१ दिन पछि
-
१२चैतआमलकी एकादशी व्रत ६२ दिन पछि
-
१५चैतफागु पुर्णिमा (पहाडी जिल्ला बिदा) ६५ दिन पछि
-
१६चैत
-
२२चैतरविसप्तमी व्रत ७२ दिन पछि
-
२३चैतशीतलाष्टमी व्रत ७३ दिन पछि
-
२६चैतपापमोचनी एकादशी व्रत ७६ दिन पछि
-
२९चैतघोडेजात्रा ७९ दिन पछि
-
३०चैतसोमबारे औंसी व्रत ८० दिन पछि
-
३१चैततेल लगाउने र नीमको पात खाने दिन ८१ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ३८५ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति ३८७ दिन पछि
-
२फागुनप्रणय दिवस ३८८ दिन पछि
साहित्य / ब्लग
- उडान
- जीवन बिताउन पनि
- आनन्द लिन्छु
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- Maghe Sakranti | Uttarayan Aramva | Makar Snan aramva | Rashtriya Yog Diwas | Tol Lhosar
- कसैको साथ छैन
- सिउन सकिन कि?
- आफ्नै सोचाईमा हुन्छ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस
- National Earthquake Safety Day
- सुकुमवासी बनायौ
- वाह ! राष्ट्रियता
- औकात देखाउछन्
- पुत्रदा एकादशी व्रत
- Putrada Ekadashi : Story of the ancient king Suketuman
- Poushe Aunshi
- पौषे औंशी
- विकास र परिवर्तन हुनी
- खाडीबाट
- उ सोध्दै थियो
- Safala Ekadashi
- शहीद दिवस
- श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | नेपाल नर्सिङ्ग दिवस
- अन्तर्राष्ट्रिय भन्सार दिवस
- किन गर्छ विश्वास?
- मानिसकाे आफ्नै सोच हुन्छ
- अलपत्र
- शहर कति बेइमान छ
- हाम्रो मायामा
- डोरी बाटौं लाग्छ
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
- स्कुलका शिक्षक तथा विद्यार्थीहरुलाई नेपाल टेलिकमको CUG अफर
- डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
- शनिवार हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले
- राहु काल
- जलाइदै थियो
- दुर भए पछि
- ओखती सकियो
- पीडा
- विश्वास गर!
- छानीछानी भयाे
- कतिले पुग्छ तिम्लाई?
- नेपाल टेलिकमको जाडोमा न्यानो अफर
- हात समाइसकेछौ
- विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल
- नेपाल टेलिकमको जीएसएम पोस्टपेड बिलिङ प्रणाली
- सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
- अभाबता र अशिक्षाको पारदर्शी
- नेपाल टेलिकमद्वारा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
- मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
- पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक
- नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फाइबर टु द होम सेवा ल्याउँदै
- एकादशी व्रत कहिले लिने ?
- महालक्ष्मी "पूजा विधि"
- नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर
- Nhu Dan Nepal Samvat 1141 Seminar
- लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत

Liked by: