Eid Al Adha/World BreastFeeding Week | ईल उद अधा/विश्व स्तनपान सप्ताह प्रारम्भ | २०७७ साउन १७ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Jul/Aug 2020
२०७७ साउन
१७
शनिवार
Aug 01, 2020
Trayodashi
ईल उद अधा/विश्व स्तनपान सप्ताह प्रारम्भ ( Eid Al Adha/World BreastFeeding Week )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

ईल उद अधा | विश्व स्तनपान सप्ताह प्रारम्भ





'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।

आजको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाइहरूलाई डाँकेर मुस्लिम विशेषताले भरीएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् । वहूभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।

यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तूतिबाट खाली नहोस् भन्ने हो।

हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २।५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।

यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन "अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द" र यसको नेपाली अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्" भन्ने बुझिन्छ।

यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !

धर्मको जय होस्
अधर्मको नाश होस्
बिश्वको कल्याण् होस्
प्राणीम प्राण होस्
सबैको जय होस्


विश्व स्तनपान सप्ताह प्रारम्भ


 


लाजको समाज, स्तनपानकालागी पनि लजाउनुपर्ने, कहिलेसम्म ?

एउटा न्यूनतम आधारमा जिवन ब्यत्तितगरिरहेको नेपाली समाजमा धेरैप्रकारका लाज र धकका बिषयहरु पाइलैपिच्छे भेटिन्छन् र यस्ता लाज र धकका लागी एकतमासको शब्दकोषनै छ जस्तैकि शारीरीक लाज, सामाजिक लाज, लैङ्गिक छनौटको लाज, जात या धर्मको लाज, बाँझपनाको लाज अनि परिवर्तित परिपेक्ष्यमा अन लाइन लाज पनि ।

आज म चर्चागर्न चाहन्छु एउटा यस्तो लाज जुन नेपालमा मात्र हैन बरु संसारका सबैस्थान, शहर र गाँउमा लजाइने गरिन्छ, बालबच्चालाई स्तनपान गराँउदा लाग्ने लाज । यो लाजमा जित छैन र महिलाहरुले बालबच्चा पाएनन भने पुरुषको तुलनामा अझधेरै खिस्सीगर्ने गरिन्छ । बच्चापाएर बालबालिकालाई घरबाहिर स्याहारसुसार गरियोभनेँ पनि खिस्सी गरिन्छ र बिशेष यदि आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउदै हुनुन्छ भनेँ त त्यो झन खिसीको बिषय बन्न सक्छ ।

दुख्खदायी कुरा त त्यतिबेला हुन्छ कि यदि तपाई महिला हो तर बिभिन्न अन्य कारणहरु जस्तै स्तनबाट दुध नआएर या कार्यलय समयको कारणले या अन्यकुनै कारणले एउटी महिलाले आफ्नो शिशुलाई स्तनपान गनराउननपाएर अन्य श्रोतको दुध या पौष्टिकपुरक आहार या फर्मुला दुध खुवाउनुपर्दछ । यस्तो अवस्थामा झन आमाहरुलाई समाजमा ज्यादै लज्जीत गराउने गरिन्छ ।

बाटोको छेउमा मुत्रत्याग गर्दा चाँही सामान्य मान्ने समाजले महिलाहरुले आफ्नै तवर या परिस्थिती अनुरुप शिशुको स्याहारगर्दा भने खिस्सी र लाजको बिषय बन्नेगर्दछ । आमाहरुले खुल्लारुपमा आफ्ना शिशुलाई स्तनपान गराउन पाउनु कुनै रकेट साइन्स हैन तर यो जिवन र अझ भनौँ आउने पुस्ताकालागी एउटा स्वगातार्थ कदम हो ।

उदहारणको लागी एउटा शिशुको रुपमा आफूलाई परिकल्पना गर्नुहोस, आमाको छातीका टासेर सारीको सप्को या अन्य कपडाले छोपेर खाना खानु के त्यति खुल्ला र सामाजिक हुन्छ जति खुल्लारुपमा हुनेगर्दछ ? यो समाजले हामीलाई सदियौँदेखी स्तपानलाई एउटा नितान्त प्राइभेट र गोप्य बिषय बनाएको छ । वास्तवमा यो कुनै गोप्य कुरा हैन किनकि शिशु हुर्काउनु कुनै अपराध हैन र आमा बनेर शिशुको स्याहारगर्नु सम्पूर्ण मानवजगतकैलागी शानको बिषय हो । यी अनि यस्तै बिभिन्न सोच अनि कुप्रथाले गर्दा मातृत्वको समय अफठेरो र आमा बन्न असहज हुदै गएको छ । मातृत्वको समयमा आमाहरुलाई सामान्य जिवनयापन गर्न सजिलो बनाइदिनु हाम्रो कर्तब्य हैन र ?

यसो भन्दैमा आमाहरुले सार्वजनिक स्थानमा स्तन देखाँउदै हिड्नपर्छ भन्ने हाम्रो आशय हैन तर धेरै सार्वजनिक स्थलहरु जस्तै एयरपोर्ट, बसस्ट्यान्ड अनि धेरै नाम चलेका अन्तराष्ट्रियस्तरका रेष्टुरन्टहरुमा पनि बिशेषतः स्तनपानकालागी सुरक्षित, शान्त र सफा ठाउहरुको ब्यबस्था हुँदैन । अनि यदि आमाहरुले आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन अफ्ठेरो मानेर या ठाउ नपाएर आफ्ना बालबालिकालाई फर्मुला दुध खुवाएमा या स्तनपान नगराउदाको शिशुमा पर्ने असर र अपरच्यूनिटी कस्ट को क्यालकुलेशन कस्ले गर्ने ? स्वास्थ्य बिज्ञान र न्युट्रिसयनहरुले कम्तिमा शुरुका २ बर्ष सम्पूर्णरुपमा शिशुलाई स्तनपान गराउनपर्ने कुरा गरिरहँदा हाम्रो समाज कत्तिको यस बिषयमा संबेदनशील छ त ? फेरि स्तनपान गराउनाले सुन्दरतामा असर पर्छ भन्ने गलत धारणका कारणले आमाहरुले शिशुलाई स्तनपान नगराउने कुरा पनि आफ्नै ठाउमा छ ।

स्तनपानलाई सामान्य क्रियाकलाप बनाउन र यस्को महत्वको सामाजिक स्वीकारोक्तीकालागी धेरै कसरत गर्नुपर्ने देखिन्छ । अब अगस्त एक देखि ७ सम्म बिश्व स्तनपान सप्ताह मनाइदैँछ, यी कुराहरुपनि सम्बोधन हुन्, शुभकामना

राजन शाह
जनस्वास्थ बिज्ञ
ग्रुप फर टेक्निकल असिस्टेन्ट
धोबिघाट, ललितपुर



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.