आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस भोलि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ११ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानुन दिवस १६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) १८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २१ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २५ दिन पछि
-
६जेठसीता जयन्ती व्रत २७ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
११जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३४ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ३७ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ३९ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४१ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४३ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४४ दिन पछि
-
२७जेठबटसावित्री व्रत/शनि जयन्ती ४८ दिन पछि
-
२८जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
साहित्य / ब्लग
- Loktantra Diwas
- Kamada Ekadashi, which grants every desire.
- कामदा एकादशी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day- 2021
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा
Shasthi
छठपर्व व्रत | अन्तर्राष्ट्रिय बाल दिवस

दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। यसवर्ष छठ पर्वको हार्दिक शुभकामना छ !
वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।
विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।
तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।
छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।
चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा नहाई खाय, दोश्रो दिनलाई "खर्ना" भनिन्छ, तेश्रो दिनलाई "सँझिया अर्घ्य" छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई "विहनीया अर्घ्य" पारण भनिन्छ ।
अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाउँदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।
तेश्रो दिन "सँझिया घाट"अर्थात् साँझमा व्रतालुहरु खोला, नदी, तलाउ अथवा जलासयका पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ ।
छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलाई श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।
विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरु फिजाएर राखिन्छ र पानीमा पसेर एक एक सामाग्रिलाई बाँसको चोयाले बनेको अर्को पारम्परीक सामाग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान पनि सोहि अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सुर्यलाई अर्घ्य चढाइन्छ । छठको ब्रत बस्नेले एक महिना अघिदेखि नै लसुन प्याजका साथै मांसाहारी आनीबानी बन्द गर्नुपर्दछ ।
जनकपुरको गंगासागर, धनुसागर, बिरगंजको बिन्दबासीनी, काठमाडौको रानीपोखरी, कुपण्डोल बाग्मती, बोक्सीदह लगायत तराई अनि मध्यपहाडी भेकका अधिकांश् जलाशयहरु छठ का उपलक्ष्यमा बिशेष सजाइएका छन् । यद्धपी कोरोना जोखिमले यसवर्षको छठ पूजाको भेला र अर्चनालाई सहज र सुलभ भनें बनाएको छैन, सुरक्षित रहौं है ।
छठसंगै चाडपर्वका लावालस्करहरु केही महिना मत्थर हुन्छन् , अब धानवाली काट्ने, दाउनी गर्ने अनि अन्न भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्नलाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ ।
महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभावस्वरुप भएको जनउक्ति छ भने द्रौपदीले पनि छठको व्रत लिएको कुरा उल्लेखीत छ ।
प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई शुभकामना ! हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाका लागि सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरुले उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृती र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले शदियौंदेखि पूर्नपरिभाषीत गरिरहेको भान हुन्छ ।
यसवर्ष पनि अन्य वर्षहरु झैं पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीबाट उडेर जाने बाफहरु र बादलहरुले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली छाइरहोस् ।
जलचर थलचर सबैको कल्याण होस् ! प्राणीमा प्राण होस् अनि धर्मको जय होस् ! छठी माताले सबैको जय गरून् !
अन्तर्राष्ट्रिय बाल दिवस
निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु, शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ। त्यसैकारण नोभेम्बर २० तारीखको दिन संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय बाल दिवस मनाउने गरेको छ।
यस वर्षको बाल दिवसमा यस ग्रहमा धेरै कुराहरु परिवर्तन र रुपान्तरण भएको छ । कोरोना संक्रमणले खस्केको अर्थतन्त्र र श्रमजिवीहरुको जीवन र आयमा सबैभन्दा धेै बालबालिकाहरु नै पिल्सिएका छन् । बालबालिकाको अधिकार र उनिहरुप्रतिको जवाफदेहितामा यस वर्ष थप संवेदनशीलता थपिएको पक्कै हो ।
आजको दिन, हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्दछ। बालबालिकाहरुको महत्वको बारेमा विश्वभरी प्रभावकारी छाप छाड्नको लागि संयुक्त राष्ट्र संघले आजको दिन विश्वका विभिन्न स्थानहरुमा सन्देशमुलक कार्यक्रमहरुको आयोजना गर्दछ।
आजको दिनको मुख्य उद्देश्य भने एउटा यस्तो संसारको निर्माण गर्नु हो जहाँ प्रत्येक बच्चा विद्यालयमा छन,कुनै पनि किसिमको हानिबाट सुरक्षित छन, खुलेर सपना देख्न सक्छन र त्यसलाई पुरा गर्ने सम्भावना नि बोक्दछन भनिएको छ।
आजको दिन अन्तराष्ट्रिय बाल दिवस मनाइदै गर्दा हरेक बुवा-आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपाई-हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
१०वैशाख
-
११वैशाखलोकतन्त्र दिवस भोलि
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाख
-
१५वैशाख
-
१६वैशाखविश्व नृत्य दिवस ६ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ८ दिन पछि
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस १० दिन पछि
-
२१वैशाखभौमाष्टमी व्रत ११ दिन पछि
-
२३वैशाखविश्व हाँसाे दिवस १३ दिन पछि
-
२४वैशाखवरुथिनी एकादशी व्रत १४ दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस १५ दिन पछि
-
२६वैशाखकानुन दिवस १६ दिन पछि
-
२८वैशाखमातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) १८ दिन पछि
-
२९वैशाख
-
३१वैशाखअक्षय तृतीया व्रत/परशुराम जयन्ती २१ दिन पछि
-
१जेठ
-
२जेठ
-
३जेठ
-
४जेठगङ्गा सप्तमी व्रत २५ दिन पछि
-
६जेठसीता जयन्ती व्रत २७ दिन पछि
-
८जेठ
-
९जेठमोहिनी एकादशी व्रत ३० दिन पछि
-
११जेठनृसिंह जयन्ती ३२ दिन पछि
-
१२जेठ
-
१३जेठSEE प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३४ दिन पछि
-
१४जेठSEE -अनिवार्य नेपाली ३५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३६ दिन पछि
-
१६जेठSEE -अनिवार्य गणित ३७ दिन पछि
-
१७जेठ
-
१८जेठSEE -अनिवार्य सामाजिक अध्ययन ३९ दिन पछि
-
१९जेठ
-
२०जेठSEE -ऐच्छिक प्रथम ४१ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४३ दिन पछि
-
२३जेठअपरा एकादशी व्रत ४४ दिन पछि
-
२७जेठबटसावित्री व्रत/शनि जयन्ती ४८ दिन पछि
-
२८जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४९ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ५० दिन पछि
साहित्य / ब्लग
- Loktantra Diwas
- Kamada Ekadashi, which grants every desire.
- कामदा एकादशी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
- विश्व पृथ्वी दिवस
- World Earth day- 2021
- Ram Navami: The Ram Sita Conversation
- Chaitey Dashain | Bhaumasthami
- World Heritage Day
- लोकतन्त्र दिवस
- डडेलो
- पियारी
- थाहा छैन
- अभिनय गर्छन्
- गौरी व्रत
- Gauri Vrata
- वि.सं. २०७७ : मास्क भित्रको वर्ष
- अजिब दुख छ
- बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३" हिन्दीमा डब हुँदै
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- वार्षिक राशिफल २०७८
- मन लाग्दैन
- चाहियो रे !!
- डोको
- खै मानव अनि त्यो मानवता?
- “Finding Rajamati”
- भेटेछ गुलियो कतै
- सांस्कृतिक पहिचान
- लेख्छु म मेरो कविता !
- तस्बिरहरू भेटिए
- केही खास थियो
- जानु पर्नेछ!
- कहाँ हुन्छ र?
- हिलो बिर्सियो
- सन्नाटा र समयको दौंतरी
- लाज मानेकी छु
- उत्कर्ष
- ठिक्क समय मिल्नुपर्छ
- मेरै कमि छ
- के कुरा गर्नु ?
- वसन्त बनेर आइदिनु
- पर्देशी हु म
- नाम थर थाहा छ
- उनकै बढी चासो
- रुन्छु
- बाध्य भए
- तिम्रो साथ थियो
- के मतलब
- प्रमाण देखाइदिनु
- बच्ने कसरी हो ?
- Samrakshak Samuha Nepal urge for TAXFREEPAD
- २०७८ का मुख्य चाडपर्व तथा तिथिहरु
- यो प्रणय दिवस कुन राशिलाई कस्तो रहनेछ?
- एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
- यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
- थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा
- अध्ययन कक्षको लागि ११ वास्तु टिप्स, जसले विद्यार्थीलाई पढ्न मन लगाउँछ
- खाडीबाट
- के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?
- नेपाल टेलिकमले आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने
- सन् २०२० लाई फर्केर हेर्दा

Liked by: