आउँदा दिनहरु
-
२३पुष
-
२४पुष
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६ दिन पछि
-
३०पुषषट्तिला एकादशी ७ दिन पछि
-
१माघ
-
२माघ
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती १२ दिन पछि
-
८माघतिलकुन्द चौथी १५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस १८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस १९ दिन पछि
-
१३माघद्रोण नवमी २० दिन पछि
-
१५माघभीमा एकादशी व्रत २२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत २३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत २५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस २६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस २८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ३२ दिन पछि
-
२६माघगोरखकाली पूजा ३३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ३८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ४२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ४५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ५३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ५६ दिन पछि
-
२४फागुननारी दिवस ६० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ६३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ६८ दिन पछि
-
३चैतपाहाँचःह्रे ६९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
उधौली पर्व | तमु ल्होसार | योमरि पुन्हि | धान्य पूर्णिमा | ज्यापु दिवस
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक 'मन्धुम'मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।
पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ ।
"सोई साई ला एएएए~~~~~"
'हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?' भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आ उँछ आउँछ । महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।
किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ । आजको दिन पवित्र भुमी पूजाका रुपमा पनि लिईन्छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलार्इ धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।
यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिंदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।
सम्पूर्ण नेपालीहरुको प्रिय मोबाईल सहयात्री अनि प्रविधीमार्फत नेपालीपनलाई एकसूत्रमा हरपल बाँधि राख्ने मोबाईल एप्लीकेशन 'हाम्रो पात्रो' को तर्फबाट सम्पूर्ण नेपालीहरुलाई उधौंलीको शुभकामना । नेपाली माटो अथवा भनाै भूमी प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरुमार्फत सिक्न सक्नुपर्नेछ । अन्य वर्षहरु झैं यस वर्ष भेला हुने र सामुहिक कार्यक्रमहरु हुन सहज नहोला तर आँउदा वर्षहरुमा हाम्रा चाडवाडहरुको सामुहिक रौनक कायम रहनेछ भन्ने हामीलाई वलियो आशा छ । जतिसुकै विकास अनि प्रविधी भएपनि पृथ्वीको अस्तित्वसंगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौं, सबैमा शुभकामना !
तमु ल्होसार
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत हुँदैछ । आशा छ गाईको वर्षमा गत वर्ष संसारले भोगेका हरेक विषमताहरु हटेर जानेछ । तमु ह्यल छोंजधि गुरुङ राष्ट्रिय परिषद्मा को मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो तर यस वर्ष भनें कोरोना संक्रमणको त्रासका कारण उक्त भेला आयोजना नहुने भएको छ । यद्धपी तमु गायन अनि तमु आइडल प्रतियोगीताको निर्णायक कार्यक्रम भनें यसै दिन हुने बताइएको छ । यी प्रतियोगीताहरु भर्चुअल्ली नै गरिएका हुन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ, तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार ।
किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! "हे! तमु मै तमु ल्होसार खै मु ... रमाइलो तमु ल्होसार !"
स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने तमु वर्षमा यस वर्ष गाईको (ल्वों ) वर्ष रहनेछ । विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बाैद्धिष्ट र केही क्रिस्चीयन अनि हिन्दूहरु रहेको तथ्याङ्क छ । संस्कार, सभ्यता अनि हिन्दू र वौद्ध संस्कारको अनुपम समिश्रण यो समुदायमा पाईन्छ ।
विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।
मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदार्इ गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको 'ल्हो' अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात 'ल्हो' को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।
तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।
प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ नि ।
काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।
"पे म्ह्स्या,छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु" शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ ।
आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन् ।
देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई आज हाम्रो पात्रोले न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ । तमु ल्होसारको शुभकामना ।
योमरि पुन्हि | धान्य पूर्णिमा | ज्यापु दिवस
त्यसै गरि आज काठमाण्डाै उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ ।

योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।
योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिअाैंदेखि चलि आएको हो ।
नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः
य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....
यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ । योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।
योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर आउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।
साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा अायोजना हुने ज्यापु दिवस अाज काठमाण्डाैको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथी हाकु पटासी अनि ज्यापु लः अर्थात ज्यापु लुगाले त झन जात्रा हेर्नलायकको देखिन्छ । यस १५औं ज्यापु दिवस् ज्यापु दिवस ११३९ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि आएको छ ।
यसवर्षका चाडवाडहरुमा कोरोना संक्रमण जोखिमका कारणले सामुहिक भेटघाट र भोज लगायतका कुराहरु हुन गाह्रो छ । आँउदा वर्षका चाडहरुमा पहिलेजस्तै अवस्थामा मनाउन सक्ने वातावरण तयार होस्, आजको दिनके सबैलाई शुभकामना।
एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा हरुको बिशेष आजको दिनले नेपालको बिभिदताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ । आजको दिनको सबैलाई फेरि पनि शुभकामना, सबैको जयहोस्
हाम्रो पात्रोकालागी सुयोग ढकाल
आउँदा दिनहरु
-
२३पुष
-
२४पुष
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ६ दिन पछि
-
३०पुषषट्तिला एकादशी ७ दिन पछि
-
१माघ
-
२माघ
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती १२ दिन पछि
-
८माघतिलकुन्द चौथी १५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस १८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस १९ दिन पछि
-
१३माघद्रोण नवमी २० दिन पछि
-
१५माघभीमा एकादशी व्रत २२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत २३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत २५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस २६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस २८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ३२ दिन पछि
-
२६माघगोरखकाली पूजा ३३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ३८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ४२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ४३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ४४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ४५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ४८ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस ५३ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ५६ दिन पछि
-
२४फागुननारी दिवस ६० दिन पछि
-
२७फागुनगोरखकाली पूजा ६३ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ६८ दिन पछि
-
३चैतपाहाँचःह्रे ६९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन