आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish hamropatrojyotish of nepal
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
फागुन कृष्ण चतुर्दशी
महाशिवरात्रि | नेपाली सेना दिवस | सिलाच:ह्रे
हाम्रो वैदिक सनातन संस्कारमा वर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरूले त होला पश्चिमाहरू पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरू जीवन जिउनका विभिन्न कारणहरू अनि उदेश्यहरु प्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
कति चाडपर्वहरू ऐतिहासिक घटनाको सम्झनाका लागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्य हरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि बीजहरू छर्ने आदिजस्ता विषयवस्तुसँग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यी सबै चाडपर्वहरू अनि तिनका सरल ब्याख्याका साथ नेपाली यादहरूको कोसेली लिएर वर्ष दिनभरि यहाँहरू समक्ष आउनेक्रममा आज हामी महाशिवरात्रिको शुभकामना लिएर यहाँको मोबाइल स्क्रिनमा आई पुगेका छौँ ।
चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ ।
अझ नेपाल त झन् इतिहासले पनि आफ्नो दस्ताबेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि । आज पशुपतिनाथमा विशेष घुइँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतिमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमण कालागि आउने गर्दछन् । फर्कने बेला उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारिक बिदा दिने चलन पनि छ ।
आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ती भगवान् जसको आकार छैन, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज ।
शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट आउँछ त्यसैमा विलीन हुन्छन् भनी अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ । यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन् ।
यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरू, पलाएका पालुवादेखि छरिएको विजले माटोमा अङ्कुरण गर्ने स्वरूपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिति छ । धर्म अनुसार नाम फरक होला, व्याख्या फरक होला तर शिवतत्वका सृजनाका रुपमा हामी रहेका छौँ । के बालक के वृद्ध अनि के वयस्क ? आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरू भरिएका हुन्छन्, हामी मध्य धेरैले शिवलाई गाँजा भाङ धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रूपमा अपव्याख्या या अल्पसङ्ख्या गरिरहेका हुन सक्छौँ तर शिवका यी सम्पूर्ण बानीभित्र सृष्टि अनि समाजको गहिराई लुकेको छ ।
शिव तिनै हुन् जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गरेका थिए, त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो ।
आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ । योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुन् जसले योग शिक्षा सप्तऋृषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि स्वास्थ्य रहन कालागि धेरैले अनुसरण गर्ने गर्दछन् । यी प्रात कालका नायक अनि आदिकालदेखिका आदि गुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् !
यस वर्ष त कोरोनाले थिलथिलो पारेको मानव सभ्यता र समाजलाई शिवतत्वको धेरै नै आवश्यकता छ ।
संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्त्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सच्चा मान्छे हुन अहम् त्यागेर त्यागी बन्न सकौँ । गाँजा भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौँ, यो शिवरात्रिमा रिस, राग अनि अहङ्कारको त्याग गरौँ अनि जीवनको साँचो पथतर्फ लम्कदै जाँऔ ।
यस वर्ष त कोरोनाले थिलथिलो पारेको मानव सभ्यता र समाजलाई शिवतत्वको धेरै नै आवश्यकता छ ।
शुभकामना !
नेपाली सेना दिवस
एसियाका दुई विशाल सभ्यताहरू अनि विश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भूगोल सम्पूर्ण कुराहरूको अनुपम सङ्गम हो । विश्वको शिर सगरमाथाको उचाइबाट तल तराईका समथर फाँटहरू सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ ।
पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन् । नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ । पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे । रेकर्डहरू केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरू भेटिन्छ । उति वेला तिब्बत र भारत दुवैतर्फमा राज्यहरूमा आआफ्नै सेना खडा भइसकेका थिए। लिच्छवि बशंको शासन ताका सेनाको संस्थागत प्रयास नेपाली भूमिमा सुरु भएको इतिहास भेटिन्छ । राजाहरू मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुवर्मा का प्राचीन शोध र तथ्यहरू लगायत शिलालेखमा यी कुराहरू उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरू यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास सुरुवात भएको मानिएको छ ।
नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारम्भिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरू देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरू लाई विभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाना हिसाबले संवेदनशील ठाउँमा राख्न थालिएको हो । किल्लाका कमान्डर लाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुने गर्दथे, उनैको नेतृत्वमा सैनिकहरू खटाइएका हुन्थ्यो । मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल वंशहरूलाई काठमाडौँका मल्लहरूले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरू सँग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौँ मल्लहरूको रणनीतिक अनि आधुनिक रण कौशल अघि उनीहरू सहजै हारेका थिए । यस समयमा नेपाल विभिन्न राजा रजौटाहरूमा बाँडिएको थियो, सेनाहरू राजा, युवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौँ र डोटी लगायतमा त भारतीय सेनाहरूको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औँ शताब्दीमा युरोपबाट एसिया र अफ्रिकामा उपनिवेशवाद को लर्को सुरु भयो तब विदेशी सेना अनि घुस पैठी लगायत राज्यहरूमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठुलो चुनौती खडा भयो ।
इस्ट इन्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कब्जा गर्दै गर्दा यता नेपालका राजारजौटाहरु लाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको सुरुवात र संस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्त्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतीय भूमिसँग नाता गाँसेर युद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का सुरुवाती दिनहरू त्यही वाट सुरु भएको हो ।
ब्रिटिसहरूले गोर्खाली सेनाका विरुद्धमा विभिन्न युद्धहरू लडेका ब्रिटिसहरूले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यस कारणले पनि नेपाली सेनालाई विदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट सुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।
सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । विश्वयुद्ध देखि गृहयुद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भूकम्प होस् या कुनै दुर्घटना या अन्य प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगिदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्ता वाट पनि सेनामा समायोजन गरिएको छ ।
हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कूटनैतिक कौशल सप्तरीको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सकुन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शी र अनुशासित संस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस वर्षको महाशिवरात्रिको सेना दिवसको सकल नेपालीलाई शुभकामना ।
सिलाच:ह्रे
बाग्मती किनारको सभ्यताका रूपमा नेवा सभ्यता र समाजलाई लिन सकिन्छ । शिवरात्रिका दिन नेवा समुदायले शिलाचह्रे मनाउने र पूजा गर्ने गर्दछन् । टोलका मान्छेहरू बाटोमा भेला भएर आज बाटामा चल्ने बटुवा र गाडीहरूसँग केही शुल्क लिने चलन छ । यसरी लिएको शुल्कबाट साँझमा मठ मन्दिरमा पूजा गर्ने र प्रसाद वितरण गर्ने चलन छ ।
नेपाल सम्वतको शिला महिना अत्यन्त पवित्र मानिन्छ, यस वर्षको शिला महिनाको पुजा मा यहाँहरू सबैलाई स्वागत छ । शिलाचह्रेको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish hamropatrojyotish of nepal
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
Liked by: