Tel Lagaune Ra Nimko Pat Khane Din | तेल लगाउने र नीमको पात खाने दिन | २०७८ चैत १९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2022
    २०७८ चैत
    १९
    शनिवार
    Apr 02, 2022
    चैत शुक्ल प्रतिपदा
    तेल लगाउने र नीमको पात खाने दिन ( Tel Lagaune Ra Nimko Pat Khane Din )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    तेल लगाउने र नीमको पात खाने दिन




    नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्रि र बाहिरी दुबै तर्फ स्वास्थकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।



    नयाँ वर्ष २०७९ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेकन तरिकाहरु छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ ।

    जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०७९ औं संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौं । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरु । बस मानिस–मानिसबीचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ ।

    कुनै पनि चाड शुरु हुन अगावै तेल लगाएर उक्त चाडको शुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरुमा पनि एक दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक शुरुवात गरिन्छ ।

    नीमलाई तीतो अमृतका रुपमा चिनिन्छ । नयाँ वर्ष शुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आँउदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रुपमा बुझाउँछ ।

    अर्कोतर्फ नैरोग्यताको प्रतिकका रुपमा नीम खाने चलन पनि चल्दै आएको छ ।

    नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रुपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाँउदा स्वास्थलाई धेरै फाइदा हुने हुदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा र गुणहरुका बारेमा हामी थोरै जानकारी दिन चाहन्छौं ।

     नीममा भएको एन्टी इंफ्लेमेट्री तत्‍वले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
    नीमको पातहरुको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ ।

    यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्रि र बाहिरी दुबै तर्फ स्वास्थकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।

    पौराणिककालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहुप्रयोगका अनेकन किस्सा र आर्युवेदीय दृष्टान्तहरु पाइन्छ । नीमको पात खानाले पेटका रोगहरु हरण हुने र तेल लगाउनाले शरीर थप मजबूत हुने र मुलायम हुने विश्वास छ । आँउदो नयाँ वर्षले सबैलाई मजबुती र स्वस्थकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.